२१ आश्विन २०८१ सोमबार
image/svg+xml

तुइनमा झुण्डिएको सुदूर: महाकालीमा बग्दै सपना

दार्चुलाको राप्लास्थित दुम्लिंग, माल, रिठान, सुन्सेराको बर्तीबगड मलघट, मडगाउँ, धौलाकोटको स्याकु, डोकट, स्पागधा र हुतीको कालागाड गरेर ९ स्थानमा महाकाली नदीमाथि तुइन सञ्चालनमा छन्।

तुइनमा झुन्डिएको जिन्दगी

दुई वर्षभित्र तुइन विस्थापन गर्ने घोषणा गरेका केपी शर्मा ओली अहिले पनि बहुमतको सरकारका प्रधानमन्त्री छन् तर तुइन विस्थापनको विषय भने सेलाएको छ।

पुरानो तुइनको ठाउँमा झोलुङ्गे पुल निर्माण गरिनेः मन्त्री फुयाँल

वाग्मती प्रदेशको भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले पुरानो तुइनको ठाउँमा झोलुङ्गे पुल निर्माण गर्ने प्रदेश सरकारको प्रतिबद्धता रहेको बताएका छन्।

तत्कालै तुइन काटिन्छ : मुख्यमन्त्री पौडेल

वाग्मती प्रदेशको राजधानी हेटौडा उपमहानगरपालिकाको बजारक्षेत्र नजिक रहेको तुइन तत्कालै काटिने प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बताएका छन्। उनका अनुसार दुई दिनभित्र नै तुइन काट्न कर्मचारी खटाइएको हो ।

तुइन चढ्न पटकैपिच्छे सय रुपैयाँ

एकपटक तुइन तरेको प्रतिव्यक्ति सय रुपैयाँ तिर्नुपर्छ। त्यस्तै सामाग्री वारवार गरेबापत थप ५० रुपैयाँ लाग्छ। पुरानो भइसकेकाले तुइन निकै जीर्ण छ। त्यो जुनसुकै बेला चुँडिन सक्छ।

एक सय रुपैयाँ तिरेर तुइनमा जोखिमपूर्ण यात्रा

सरकारले नेपाललाई तुइनमुक्त बनाउने अभियान थालेको चार वर्ष वितिसक्दा पनि कर्णालीका दुर्गम जिल्लामा तुइन तर्न रुपैयाँ तिर्नु पर्ने अवस्थाबाट मुक्ति मिलेको छैन्।

तुइन हटाएर झोलुङ्गे पुल निर्माण

जिल्लाको बन्दीपुर गाउँपालिका–६ र देवघाट गाउँपालिका–३ जोड्ने खहरेस्थित सेती नदीमाथिसमेत झोलुङ्गेपुल केही समय अघि निर्माण गरिएको छ। तुइन विस्थापित भएपछि सर्वसाधारणले जोखिमयात्रा गर्नबाट छुटकारा पाएको गैसस समन्वय समितिका महासचिव राजेश्वर हड्खलेले बताए।

तुइनरहित भयो तनहुँ

तनहुँ जिल्ला तुइनरहित भएको छ। जिल्लाका विभिन्न आठ ठाउँमा रहेका तुइन विस्थापित गरी झोलुङ्गे पुल निणर्मा गरिएपछि तनहुँ तुइनरहित भएको हो।

हट्दै कर्णालीमा तुइनको कहर

तुइन हटाउन गत वर्ष प्रदेश सरकारले २० वटा झोलुंगे पुल निर्माण सुरु गरेको थियो भने यस वर्ष ३६ वटा झोलुंगे पुल निर्माण गर्ने योजना रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।

एक सय एक्काइस तुइन विस्थापन

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको गत आर्थिक वर्षमा १३४ मध्ये १२१ तुइन विस्थापन गरेको छ। सरकारले तुइन विस्थापन गर्ने योजनाअनुसार १२१ वटा तुइन विस्थापन गरिएको मन्त्रालयका प्रवक्ता भूपाल बरालले जानकारी दिए।

‘तुइनेबाजे’ले पाए घर

२० वर्षदेखि तुइनको लठ्ठा समाउँदै हजाराैंलाई वारपार गराइदिने ‘तुइनेबाजे’को नामले चिनिने शुक्रबहादुर चेपाङले घर पाएका छन्।

अझै तुइनकै भर

नलगाड नगरपालिका–१, ठूलाबगरका पठवीर पुनले तुइनमा झुन्डिएर यात्रा गर्न थालेको वर्षाैं भयो। वर्षात्का बेला मात्र होइन, अरूबेला पनि भेरी तर्न तुइनकै भर पर्नु उनको बाध्यता हो। २०७२ असोजमा पहिलोपटक प्रधानमन्त्री हुँदा प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका तुइन विस्थापन गर्ने घोषणा गरेका थिए। त्यो खबर सुनेर पुन निकै खुसी भएका थिए। तर तीन वर्षसम्म पनि त्यो वाचा पूरा हुन सकेको छैन। तुइनकै सहाराले बजार, मेलापात र सदरमुकामसम्म जानुपर्ने भएपछि उनी थप निरास बनेका छन्। ‘कहिले होला यो तुइनबाट छुटकारा पाउने ?’ उनले दुखेसो पोख्दै प्रश्न गरे, ‘कुन नेता र सरकारले तुइन चल्ने ठाउँमा गतिलो पुल बनाइदेलान् ?’

प्रधानमन्त्रीलाई गिज्याउने तुइन यात्रा

प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्रीको पद समाल्दा ०७२ असोजमा देशमा भएका सबै तुइनहरु विस्थापन गर्ने घोषणा गरेको खबर सुनेर पठवीर निकै खुसी भएका थिए, अब पुल र गतिलो सडकमा यात्रा गर्न पाइने भयो भनेर। प्रधानमन्त्रीले वाचा गरेको तीन वर्षसम्म पनि तुइनकै सहाराले बजार, मेलापात र सदरमुकामसम्म जानुपर्ने भएपछि भने उनी निरास बनेका छन्। त्यसो त मंगलबार संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकभरको तुइन विस्थापन गरेर झोलुङ्गे पुल निर्माण गर्ने कार्यक्रमलाई तीव्रता दिइएको बताएका छन्।

जब नदी बढ्छ, अनि आउजाउ टुट्छ

हिमाली जिल्ला मुस्ताङका केही गाउँका बासिन्दा वर्षाैंदेखि एकैखाले पीडाबाट पीडित छन्। कालीगण्डकी नदीमा एउटा पुल नबन्दा त्यहाँका बासिन्दा वर्षाैंदेखि नदी वारपार गर्न नसक्ने अवस्थामा छन्।

जनप्रतिनिधि पनि तुइनमा तुर्लुंङ

सरकारले तुइनमुक्त देश बनाउने घोषणा गरे पनि हुम्लाका सबै ठाउँमा कर्णाली नदी वारपार गर्न तुइनमै झुन्डिनु परिरहेको छ । पालिकाको केन्द्रमा आज्यानको बाजी लगाएर तुइनकै भरमा कर्णाली नदी तर्नुपर्ने दिनचर्या नै बनेको छ हुम्ला खार्पुनाथ गाउँपालिकाका जनप्रतिनिधिहरुको। जनप्रतिनिधि मात्र नभई स्थानीयले पनि खेतबारीको कामसँगै घाँस, दाउरा पनि तुइनबाटै तार्नुपर्ने बाध्यता रहेको खार्पुनाथ–३ की महिला सदस्य धना शाही बताउँछिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्