६ आश्विन २०८१ आइतबार
image/svg+xml

अरुबेला सधैं सास्ती, कोरोना खोपमा भाग्यमानी

सबैखाले सुविधाबाट बञ्चित दुर्गम गाउँका बासिन्दाले कोरोना विरुद्धको खोपमा भने सहज पहुँच राख्न सकेका छन। बरु, सदरमुकाम क्षेत्रका बासिन्दाले कोरोना विरुद्धको खोप नपाउँदा ती दुर्गम गाउँका बासिन्दाले सहजै खोप लगाउन पाए। त्यसको गतिलो उदाहरण बनेका छन, गोरखाको चुमनुब्री, मुस्ताङको साङता र म्याग्दीको गुर्जा । ती गाउँका बासिन्दाले सबैखाले असुविधा भोगिरहँदा खोपमा भने सास्ती खेप्नुपरेन, बरु अरुतिर भन्दा छिटो लगाउन पाए।

भारतमा ६७ हजार बढी संक्रमित थपिए, अहिलेसम्मकै बढी रुसमा

अहिलेसम्मकै सबैभन्दा बढी कोरोनाभाइरसका संक्रमित रुसमा देखिएका छन् भने नेपालको छिमेकी देश भारतमा पनि थप ६७ हजारभन्दा बढी संक्रमित भएका छन्।

दक्षिण कोरियामा बुस्टर डोज लगाउने अवैधानिक मजदुरको जरिवाना मिनाहाः प्रवेशाज्ञा प्रतिबन्ध पनि फुकुवा गर्ने

आगामी अक्टोबर १२ तारिखदेखि डिसेम्बर ३१ तारिखसम्मको अवधिमा खोपको तेस्रो बुस्टर डोजसमेत पूरा गरेको प्रमाण पेश गरी स्वदेश फर्किन चाहनेलाई यो योजना प्रदान गर्न लागिएको हो।

कोरोनाबाट थप १४ जनाको मृत्यु

नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार २४१ पुगेको छ। संक्रमित २९ हजार ११७ जनाको होम आइसोलेसन र ११ सय २४ जनाको संस्थागत आइसोलेसनमा उपचार भइरहेको छ। गम्भीर समस्या भएका २४२ जना आइसियु र ४२ जना भेन्टिलेटरमा छन्।

सरकारी सेवा सुविधा विरलै पुग्ने बस्तीमा सबैले लगाए कोरोनाविरुद्धको खोप

कुनै सीप र रोजगार नभएका कारण ती समुदायको दैनिकी सञ्चालनमा सकस त छ नै, शिक्षा र अर्थिक अभावका कारण उनीहरूको दैनिकी थप कष्टकर बन्दै गएको छ।

कोरोना संक्रमण दर १३.८ प्रतिशत

गत चौबिस घण्टामा नेपालमा कोरोना संक्रमणको कारण थप १३ जनाको मृत्यु भएको छ। यीसहित नेपालमा तेस्रो लहरयता मृत्यु हुनेको संख्या दुई सय १६ पुगेको छ।कोरोनावाट मृत्यु हुनको कुल संख्या ११ हजार ८ सय ३८ पुगेका छ।

कोरोना संक्रमण १३.८ प्रतिशत

पछिल्लो २४ घन्टामा परीक्षण भएका कुल ११ हजार ३ सय ६५ वटा नमुनामध्येमा एक हजार ५ सय ७० जनामा कोरोना पुष्टि भएको छ। थप संक्रमितसहित नेपालमा सक्रिय संक्रमितको संख्या ४० हजार १ सय ११ जना पुगेका छन्।

कोरोना संक्रमणले रोकिए पर्यटन प्रवर्द्धनका गतिविधि

पर्यटन क्षेत्र उकास्नका लागि गरिने प्रवर्द्धनात्मक गतिविधिमाथि कोरोना भाइरस संक्रमणले अन्योलता थपिदिएको छ। पर्यटन क्षेत्रले वार्षिक रुपमा गर्दै आएका प्रवर्द्धनात्मक गतिविधि संंक्रमणका कारण रोकिएका छन्। तत्काल प्रवर्द्धनात्मक गतिविधि गर्न व्यवसायीले आँट पनि गरेका छैनन्।

प्रदेश १ मा १ सय ४४ जनामा कोरोना संक्रमण

२ सय २२ जनाको पीसीआर परीक्षण गर्दा ६२ र ३ सय ७७ जनाको एन्टिजेन परीक्षण गर्दा ८२ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

दक्षिण कोरियामा एक दिनमा सबैभन्दा धेरै सङ्क्रमित

स्वास्थ्य अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा दक्षिण कोरियामा ३६ हजार ३६२ जना नयाँ सङ्क्रमित भएका छन्। अघिल्लो दिन २७ हजार ४४३ जना नयाँ सङ्क्रमित थपिएका थिए।

कोरोनाबाट थप १४ जनाको मृत्यु

नेपालमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ७ सय ९४ पुगेको छ। गत २४ घण्टामा नेपालमा कोरोना संक्रमणदर २२.८ प्रतिशत रहेको छ।

मधेस प्रदेशका चार जिल्लाका ३२ हजारलाई घरघरमा कोरोना खोप

कोरोना भाइरसका विरुद्ध सरकारले थालेको खोप अभियानअन्तर्गत मधेस प्रदेशका रौतहट, सर्लाही, महोत्तरी र धनुषामा घरघरमा खोप दिइने कार्यक्रमको आज यहाँ उद्घाटन गरिएको हो।

रुसमा एकैदिनमा भएका कोरोना सङ्क्रमितको संख्या अहिलेसम्मकै धेरै

रुसमा गएको २४ घन्टायता एकै दिनमा भएको कोरोना भाइरस सङ्क्रमण दर सबैभन्दा धेरै भएको बताइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्