६ आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

कोरोना संक्रमण दर १३.८ प्रतिशत

नेपालमा कोरोना संक्रमण दर १३.८ प्रतिशतमा आएको छ। गत गत चौबिस घण्टामा परीक्षण गरिएका ११ हजार तीन सय ६५ वटा नमुनामध्ये १५ सय ७० जनामामा संक्रमण पुष्टि भएका हो।

यीसहित नेपालमा सक्रिय संक्रमित संख्या ४० हजार १ सय ११ पुगेको छ। तीमध्ये ३४ हजार ९ सय ८३ जना होम आइसोलेसनमा छन् भने १२ सय २८ जनाको संस्थागत आइसोलेसनमा उपचार भइरहेको छ। जटिल समस्या भएका दुई सय ५५ जनाको आइसियुमा र ४२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

गत चौबिस घण्टामा नेपालमा कोरोना संक्रमणको कारण थप १३ जनाको मृत्यु भएको छ। यीसहित नेपालमा तेस्रो लहरयता मृत्यु हुनेको संख्या दुई सय १६ पुगेको छ।कोरोनावाट मृत्यु हुनको कुल संख्या ११ हजार ८ सय ३८ पुगेका छ। 

मंगलवार नेपालमा कोराना संक्रमण दर सोमबारकै जति दरमा रहेको छ। मंगलबार अमेरिकी सहयोग नियोगले नेपालमा कोभिड १९ विरुद्ध लड्नको लागि १ करोड खोप कार्ड, ४ सय भ्याक्सिन बक्स र चार हजार सूइ सहयोग गरेको छ।

प्रकाशित: २६ माघ २०७८ ०१:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App