२३ असार २०७९ बिहीबार
अन्तर्राष्ट्रिय

भारतमा थप ७१ हजार संक्रमित, १२ सयको ज्यान गयो

पछिल्लो एक दिन भारतमा कोरोनाभाइरसका कारण थप ७१ हजारभन्दा बढी संक्रमित भएका छन्।

सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार गत २४ घण्टामा ७१ हजार ३५६ जना नयाँ संक्रमित भएका हुन्। संघीय स्वास्थ्य मन्त्रालयले सोही अवधिमा अरु एक हजार २१७ जनाको ज्यान गएको जनाएको छ। 

यससँगै भारतमा अहिलेसम्म कुल ज्यान गुमाउनेको संख्या पाँच लाख पाँच हजार २७९ पुगेको छ। नयाँ संक्रमितहरुको संख्या निकै कम हुँदै गएपछि अहिले भारतमा संक्रमित अवस्थामै रहेकाहरुको संख्या आठ लाख ९२ हजार ८२८ पुगेको छ।  

सोही अवधिमा एक लाख ७२ हजार २११ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन्। यससँगै अहिलेसम्म संक्रमणमुक्त भएकाहरुको कुल संख्या चार करोड १० लाख १२ हजार ८६९ पुगेको छ।

प्रकाशित: २६ माघ २०७८ १४:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App