१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

कोरोनाबाट थप १४ जनाको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा देशभरिमा थप १४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनाएको छ। थपसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ८५२ पुगेको छ। जसमध्ये २२० जनाको कोरोनाको तेस्रो लहर सुरु भएपछि मृत्यु भएको हो।

गत २४ घण्टामा नेपालमा औसत संक्रमणदर १४.७ प्रतिशत रह्यो। यो अघिल्लो दिन मंगलबारको तुलनामा १ प्रतिशत बढी हो। नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार २४१ पुगेको छ। संक्रमित २९ हजार ११७ जनाको होम आइसोलेसन र ११ सय २४ जनाको संस्थागत आइसोलेसनमा उपचार भइरहेको छ। गम्भीर समस्या भएका २४२ जना आइसियु र ४२ जना भेन्टिलेटरमा छन्। काठमाडौं उपत्यकामा १ हजार १७ जना संक्रमित थपिएका छन्। जसमध्ये काठमाडाैँमा ८९०, ललितपुरमा १०२ र भक्तपुरमा २५ जना छन्।

हालै भारतको इन्स्टिच्युट अफ जिन सिक्वेन्सिङ एन्ड इन्टिगेरेटेड बायोलोजीले परीक्षण गरेका नमुनामा ओमिक्रोन भाइरस फेला परेको छ। नेपालबाट परीक्षणका लागि लगिएका ७८ नमुनामध्ये ८२ प्रतिशतमा ओमिक्रोनको बिए.२ उत्परिवर्तन फेला परेको हो। हालसम्म विश्वभरि देखापरेका ओमिक्रोनका चारवटा उत्परिवर्तनमध्ये नेपालमा बिए.२ पाइएको हो।

भाइरसमा उत्परिवर्तन हुनेक्रम जारी रहेकाले जोखिम कायमै रहेको स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्रले बताइन्। उनले भनिन्, ‘जोखिम कायमै छ, सुरक्षा मापदण्ड कायम राख्नुपर्छ।’

प्रकाशित: २७ माघ २०७८ ००:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App