पैसा तान्न ब्याज बढाउने होडमा बैंक
लगानीयोग्य पुँजीको अभाव तरलता हुन थालेपछि बैंकहरुबीच ब्याजदर बढाएर निक्षेप तान्ने होडबाजी चलेको छ । एक साताअघि मुद्दती निक्षेपमा १० प्रतिशत ब्याज दिने योजना ल्याएका बैंकले एक सातापछि साढे ११ प्रतिशत ब्याज भुक्तानी गर्ने गरी निक्षेप तानिरहेका छन् ।