१२ कार्तिक २०८१ सोमबार
image/svg+xml

कपिलवस्तुमा दुई संचारकर्मी सहित नौ जना कोरोना संक्रमित थपिए

कपिलवस्तुमा दुई संचारकर्मी सहित नौ जना कोरना संक्रमित थपिएका छन्। यससंगै जिल्लामा कोरोना संक्रमितको संख्या ६९ पुगेका छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार बिहान पुष्टि गरेका कपिलवस्तको नौ जना मध्ये बाणगंगा नगरपालिकाका पाँच, मायादेबी गाउपालिकाका तीन र कपिलवस्तु नगरपालिकाका एक जना हुन्।

भक्तपुर नगरपालिकामा 'जनप्रतिनिधिहरुको ३ वर्ष'

भक्तपुर नगरपालिकाले कोरोना संक्रमण न्यूनीकरणका लागि हालसम्म विभिन्न संघसंस्थाहरुबाट १२ लाख बढी नगद र अन्य जिन्सी सामान प्राप्त भएको जनाएको छ । २०७४ बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित भई कार्यभार सम्हालेको तेश्रो वर्ष पूरा भएको अवसरमा बुधबार गरेको भक्तपुर नगरपालिकामा जनप्रतिनिधिहरुको तीन वर्ष विषयमा भएको कार्यक्रममा यो तथ्यांक दिइएको हो ।

पिसिआर पोजिटिभ‘पुनः संक्रमण’ होइन

नेपालमा कोरोना भाइरस (कोभिड–१९) निको भइसकेका केही व्यक्तिमा पुनः यसको संक्रमण देखिएको समाचार आएका छन्।

उदयपुरमा थप १ महिलामा काेराेना संक्रमण पुष्टि

शनिबार विहान मात्र ३ जना महिलामा काेराेना संक्रमण पुष्टि भएको उदयपुरमा साँझ थप १ जनामा संक्रमण भएको खुलेको छ । बुधबार त्रियुगा नगरपालिका ३ भुल्केका ३ सय ३१ स्वाब पठाइएकामा रिपोर्ट आउन बाँकी २५ मध्येकी ४३ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो ।

कपिलवस्तुका कोरोना संक्रमित भारतबाट चोर नाका हुँदै फर्केका थिए

कपिलवस्तुमा थप ३ जना कोराेना संक्रमित भेटिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा शनिबार जिल्लाको मायादेबी गाउँपालिकाका २ र सुद्धोदन गाउँपालिकाका एक जना संक्रमित भेटिएका हुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डाक्टर समिरकुमार अधिकारीले शनिबार निकालेको विज्ञप्तीमा कपिलवस्तुसहित ३ जिल्लामा सात जना नया संक्रमति फेला परेका हुन ।

वीरगञ्जमा यसरी फैलियो संक्रमण

बैशाख १ गत्ते वीरगंज महानगरपालिका–३ छपकैया मुस्लिम बस्तीका ३६ वर्षीय पुरुषमा कोभिड–१९ पोजेटिभ पुष्टि भयो। उनलाई तत्काल नारायणी अस्पताल वीरगंजको आइसोलेसन कक्षमा भर्ना गरेर निगरानीमा राखियो। तर, उनको नजिकको सम्पर्क व्यक्ति अर्थात परिवारलाई तत्काल परीक्षणको दायरामा ल्याइएन।

लकडाउन पछिको अर्थतन्त्र उकास्ने उपाय

कोरोना संक्रमणका कारण गरिएको लकडाउनले विश्वकै अर्थ–व्यवस्था खलबलिएको छ। विश्वको पर्यटन व्यवसाय, होटल तथा रेस्टुरेन्ट, यातायातजस्ता उद्योगमा त नकारात्मक चक्र सुरु भइसकेको छ।

संक्रमण फैलिनुको कारण खोजिँदै

विज्ञटोलीले नेपालगन्जमा कोरोना भाइरसको संक्रमण एकैपटक धेरै व्यक्तिमा फैलिनुको कारण पत्ता लगाउन अध्ययन सुरु गरेको छ।

समयमै नचेत्दा समुदायमा संक्रमण

संक्रमितको संख्या थपिँदै जाँदा पनि रोकथाम तयारी भने सुस्त देखिएको छ। ६ वटा कोभिड अस्पताल सञ्चालनमा ल्याउने निर्णय अझै कार्यान्वयन हुन सकेको छैन।

थप १७ जनालाई कोरोना संक्रमण, दुई महिने शिशु पनि संक्रमित

नेपालमा थप १७ जनालाई कोरोना संक्रमण भएको छ। उनीहरुमध्ये एक जना दुई महिने शिशु पनि रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए। उनीहरु सबै पर्साका हुन्। ७ जना महिला र १० जना पुरुष छन्। यो सँगै संक्रमितको संख्या ९९ पुगेको छ।

एउटै टोलमा यसरी फैलियो कोरोना संक्रमण

विपन्न परिवारका ६० वर्षिय संक्रमित नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ बेहना टोलका स्थायी बासिन्दा हुन् । तर, उनी नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ महेन्द्र पार्कस्थित जोलहनपुर्वामा रहेको अन्सारियन मस्जिदमा बढी समय बिताउथ्ये । त्यहाँ उनले बिहान बेलुका नमाज पढ्ने र बालबालिकालाई उर्दु शिक्षा दिने । जोलहनपुर्वास्थित मदरसा इस्लामिया फैजुल उलुमका शिक्षक रहेका उनी स्थानीय बालबालिकालाई घरमै पुगेर ट्युसन पढाउँथ्ये ।

संक्रमित युवासँग सम्पर्कमा आएकालाई संक्रमण देखिएन

रुपन्देहीका कोरोना संक्रमित युवाको प्रत्यक्ष सम्पर्कमा आएकाहरूमा कारोना नभएको पुष्टि भएको छ ।

नेपालगञ्जमा थप ६ जनामा संक्रमण पुष्टि, आजै १५ भेटिए

आज (आइतबार) नेपालगञ्जमा थप ६ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि नौ जना भेटिएको नेपालगञ्जमा थप ६ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

१ सय ८५ जनामा दादुरा संक्रमण

देशका विभिन्न जिल्लामा गरी १ सय ८५ जनामा दादुरा संक्रमण फैलिएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्