१३ आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

नेपालगञ्जमा थप ६ जनामा संक्रमण पुष्टि, आजै १५ भेटिए

काठमाडौं- आज (आइतबार) नेपालगञ्जमा थप ६ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि नौ जना भेटिएको नेपालगञ्जमा थप ६ जनामा कोरोना पुष्टि भएको  मन्त्रालयले जनाएको छ ।

‘आज भेरी अस्पताल, नेपालगञ्जको प्रयोगशालामा भएको परीक्षण अनुसार नयाँ पुष्टि भएको संख्या ६ भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताएका छन्। ‘जो नेपालगञ्ज–०८ निवासी १६, २१, ३४ वर्षका पुरुषहरु हुनुहुन्छ भने ४०, ५५, ६० वर्षका महिलाहरु हुनुहुन्छ।’

योसहित देशभर संक्रमितको संख्या ७५ पुगेको छ। यसअघि आइतबार नेपालगन्जमा ९ र पर्सामा १ गरी १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

मन्त्रालयका अनुसार नेपालगन्जको प्रयोगशालामा पाँच पुरुष र ४ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो।

प्रकाशित: २१ वैशाख २०७७ १४:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App