१२ कार्तिक २०८१ सोमबार
image/svg+xml

थप ६ जनामा काेराेना, संक्रमितकाे संख्या ६८२

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप सात जनामा काेराेना संक्रमणभएको पुष्टि गरेको छ । बर्दियामा तीन जना, बारामा दुइ जना, अछाममा एक जना गरि ६ जनामा र दिउँसाे मृत्यु पछि पर्साकाे एक जनाब्यक्तीमाकाेराेना पुष्टि भएकाे हाे ।

भारतबाट फर्केका थप २३ जना कोरोना संक्रमण

महागढीमाई नगरपालिका र आदर्शकोतवाल गाउँपालिका गरि दुई स्थानको क्वारेन्टिनमा रहेका २३ जना कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको छ ।

प्रिमियर लिगमा परीक्षण, थप दुईमा कोरोना पोजेटिभ

प्रिमियर लिगमा खेलाडी र क्लब पदाधिकारी गरी कोरोना संक्रमित हुनेको संख्या ८ पुगेको छ । यसअघि गत साता मंगलबार गरिएको परीक्षणमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

भारतबाट नेपाल भित्रिनेक्रम रोकिएन, संक्रमणको झनै जोखिम

नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितमध्ये ९५ प्रतिशतभन्दा बढीमा भारतबाट आएकाहरुबाट सरेको पाइएको छ । पहिलो चरणमा भुल्केका ३२ सहित उदयपुरका ३३ संक्रमित या पर्सा र बाँके वा कर्णाली र सुदुरपश्चिमका सबैमा भारतबाट आएकाबाटै भाईरस सरेको पुष्टि भएको छ ।

रोकियो जोरपाटी–सुन्दरीजल सडक विस्तार

गोकर्णेश्वर नगरपालिका–४ मा कोरोना संक्रमित भेटिएपछि जोरपाटी–सुन्दरीजल सडक विस्तारको काम रोकिएको छ।

आठ दिन पहिले निधन भएका ब्यक्तिमा कोरोना पुष्टि

वीरगन्ज १५ भेंडियाहीस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आठ दिन पहिले निधन भएर अन्तिम संस्कार पनि गरिसकिएका एक ब्यक्तिमा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । बारा करैया गाउँपालिका–७ घर भएका विरामीको दोस्रो परीक्षण कोभिड–१९ रिपोर्ट पनि पोजेटिभ भएको आएको छ।

बाँकेमा थपिए चार जना नयाँ संक्रमित

बाँकेमा चार जना नयाँ कोरोना संक्रमित थपिएका छन्। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला गरिएको परीक्षणका क्रममा बाँके राप्तीसोनारी र डुडुवा गाउँपालिकाका २÷२ जना पुरुषमा कोरोना संक्रमण देखिएको प्रतिष्ठानका कामु रजिष्ट्रार कैलाश प्रसाद देवले जानकारी दिएका छन्।

थप पाँच जनामा संक्रमण पुष्टि, संक्रमित संख्या ६०८ पुग्यो

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पछिल्लो कोराना परीक्षणमा बर्दियाका एक र बाँकेका चार गरी पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रतिष्ठानले साँझ विज्ञप्ति प्रकाशित गरी कोरोना पुष्टि भएकाे जानकारी दिएकाे छ ।

भारतबाट फर्कनेको ओइरो, रित्ता क्वारेन्टिन भरिए

भारतका विभिन्न सहरसहित स्वदेशभित्रकै विभिन्न जिल्लाबाट अहिले गण्डकी प्रदेशमा धमाधम सर्वसाधारण भित्रिन थालेका छन्। यसले प्रदेशभित्र सुस्त रहेको कोरोना संक्रमणको जोखिम बढेको छ।

बाँकेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमा पनि संक्रमण

बाँकेमा कोरोना संक्रमण रोकथामका लागि अग्रभागमा खटिएका स्वास्थ्य र सुरक्षाकर्मीमा पनि संक्रमण देखिएको छ।

नेपालका ४१ जिल्लामा कोरोना संक्रमण, संक्रमितको संख्या ५९१ पुग्याे (अपडेट)

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेमा २७, सर्लाहीमा १३, कपिलवस्तुमा ११, रूपन्देहीमा ११, बैतडीमा ४, सुर्खेतमा ३, दाङ,काठमाडौं, चितवन, बारा, बर्दिया र झापा जिल्लामा १/१ जना गरि शनिबार मात्र ७५ जना नयाँ संक्रमित भेटिएका छन् ।

६६ वर्षीय क्यान्सर विरामीले कोराेनालाई जितेर घर फर्के

कोभिड १९ को संक्रमणमा परेका उनी एक हप्ताको अस्पताल बसाईपछि उनी आज डिस्चार्ज भएका छन् । कोरोना भाइरस संक्रमित उनको एकहप्ताको वसाईपछि रिपोर्ट नेगेटिभ आएपछि आज डिस्चार्ज भएका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

कर्णालीमा थप दुई जनामा कोरोना संक्रमण

कर्णालीमा थप दुई जनामा कोरोना संक्रमण देखिएको छ। कोरोना संक्रमण देखिएका दुबै जना बिहीबार भारतबाट कर्णाली भित्रिएका हुन्। कर्णाली प्रदेशको मुख्य प्रवेशद्वार बबईमा -यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गरिएका मध्ये दुई जनाको पोलिमेरीज चेन रियाक्सन (पीसीआर) गर्दा कोरोना संक्रमण देखिएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रमालयले जनाएको छ। कर्णालीमा पहिलो कोरोना संक्रमित दैलेखमा फेला परेका थिए।

खोटेहाङको क्वारेन्टिन रित्तिदै

खोटाङको खोटेहाङ गाउँपालिकाको क्वारेन्टिन रित्तिदै गएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि जिल्ला बाहिर तथा विदेशबाट आएका व्यक्तिलाई राख्नका लागि बनाइएको क्वारेन्टिनमा बस्नेको संख्या न्यून हुँदै गएको हो ।

बाराका ६ संक्रमित भारतबाट आएका थिए

सिम्रौनगढ नगरपालिकाको क्वारेन्टिनमा रहेका ६ जना कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको छ। शुक्रबार पुष्टि गरिएको ६ जनासँगै जिल्लामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ११ पुगेको छ । यस अघि पाँच जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्