२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

कर्णालीमा थप दुई जनामा कोरोना संक्रमण

कर्णालीमा थप दुई जनामा कोरोना संक्रमण देखिएको छ। कोरोना संक्रमण देखिएका दुबै जना बिहीबार भारतबाट कर्णाली भित्रिएका हुन्। कर्णाली प्रदेशको मुख्य प्रवेशद्वार बबईमा -यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गरिएका मध्ये दुई जनाको पोलिमेरीज चेन रियाक्सन (पीसीआर) गर्दा कोरोना संक्रमण देखिएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रमालयले जनाएको छ। कर्णालीमा पहिलो कोरोना संक्रमित दैलेखमा फेला परेका थिए।

बिहीबार भारतबाट आएका कर्णालीका १६ सय नागरिक मध्ये बबईमा सात सय ४० जनाको आरडीटी गरिएको थियो। आरडीटीमा १५ जनाको पोजेटिभ देखिएको थियो। ‘आरडीटीमा कोरोना देखिएपछि उहाँहरुको स्वाब संकलन गरेर पीसीआर गरेका थियौं,’ सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण  तिवारीले भने, ‘पीसीआरमा पोजेटिभ देखिएका दुबै जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ।’ महाशाखा प्रमुख तिवारीले थप परीक्षणका लागि कोरोना संक्रमण देखिएका दुबै जनाको स्वाब शनिबार विहान नेपालगञ्ज पठाइएको बताए। कोरोना संक्रमण देखिएका दुबैको स्वास्थ्य अवस्था सामान्य छ। कोरोना संक्रमण देखिएका दुई जना मध्ये एक महिला हुन्। महिलामा संक्रमण देखिएपछि उनका श्रीमान र चार वर्षीय बालकलाई पनि निगरानीमा राखिएको छ।

प्रकाशित: १० जेष्ठ २०७७ ०३:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App