२ मंसिर २०८१ आइतबार
image/svg+xml

कोरोना जोखिम कम गर्न डोटीमा सहायता कक्ष

नोवेल कोरोना भाइरस (कोभिड–१९)को जोखिम कम गर्न डोटीमा चार ठाउँमा सहायता कक्ष स्थापना गरिने भएको छ। विश्वभर महामारीको रुपमा फैलदा यसको जोखिम कम गर्न जिल्लाका चार ठाउँमा सहायता कक्ष स्थापना गर्न लागिएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ।

सार्क देशका उच्च नेतृत्वलाई मोदीको प्रस्ताव : कोरोना भाइरसविरुद्ध मिलेर लडौं

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्ध एकजुट भएर सशक्त रणनीति बनाउन सार्क देशका उच्च नेतृत्वलाई प्रस्ताव राखेका छन्। उनले सार्कका सदस्य राष्ट्रका प्रमुखहरुले भिडियो कन्फ्रेसिङमार्फत यस क्षेत्रका नागरिकहरुलाई स्वस्थ राख्न उपायहरुबारे छलफल गर्न सकिने प्रस्ताव पनि ट्विटमा उल्लेख गरेका छन्।

अनअराइभल भिसा दिन बन्द

सरकारले प्रवेस विन्दुबाट दिइने भिसा (अनअराइभल भिसा) ३० अप्रिलको लागि बन्द गरेको छ। अध्यागमन विभागले एक विज्ञप्ति जारी गर्दै शनिबारदेखि यो प्रावधान लागु हुने बताएको छ।

पोखरा आगमन आधा घट्यो

कोरोना भाइरस संक्रमणको असरले पोखरामा विदेशी आगमन घटेको छ। यो सिजनमा अघिल्ला वर्ष आगमन बढ्ने गरे पनि यसपटक घटिरहेको पोखरा विमानस्थलको तथ्यांकले पुष्टि गरेको छ।

भारतबाट फर्किएका दुई युवक प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसनमा

भारतको अहमदाबादबाट मजदुरी गरी पर्केका दुई युवकलाई प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसनमा राखिएको छ। कोरोना प्रभावित क्षेत्र हिँडडुल गरी आएका उनीहरुलाई आइसोलेसनमा राखेर परिक्षणबाट कोरोनाको संक्रमण नभएको पूर्ण पुष्टि गरिसकेपछि मात्र घर फर्काइने छ।

भिसा रोकेका ८ देशबाट ३४ हजार आए

अध्यागमन विभागले नोवेल कोरोना भाइरस संक्रमणलाई आधार मान्दै अन अराइभल भिसामा रोक लगाएका आठ देशबाट ३४ हजारभन्दा बढी पर्यटक नेपाल आएका छन्।

भारतमा कोरोनाका कारण एकको मृत्यु

कोरोना भाइरस (कोविड १९) का कारण भारतमा एक जनाको मृत्यु भएको छ। कर्नाटकको कलबुर्गीमा ७६ वर्षिय एक व्यक्तिको निधन भएको बीबीसीले जनाएको छ। उनी हालै साउदी अरबबाट फर्किएका थिए।

‘संक्रमणबाट बच्न नमस्ते गरौं’

संसारभर फैलिएको कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन बलिउड कलाकारहरूले नमस्ते गरेर अभिवादन गर्न आग्रह गरिरहेका छन्। बलिउड अभिनेता सलमान खान, अक्षय कुमार, अनुपम खेर र हास्य कलाकार कपिल शर्मालगायतका कलाकारहरूले नमस्ते गर्न सल्लाह दिएका छन्।

युभेन्टसका रुगानीलाई कोरोना संक्रमण

कोरोना भाइरस संक्रमीत युभेन्टस र इटालीका डिफेन्डर ड्यानियल रुगानीले आफ्ना समर्थकलाई आफू ठिक रहेको सन्देश दिएका छन्।

चीनमा सवारी साधनको बिक्री ७९ प्रतिशतले घट्यो, जनजीवन सामान्य बन्दै

कोरोना भाइरस (कोभिड–१९)को त्रासले माग घटेपछि चीनमा गत फेबु्रअरीमा सवारीसाधनको बिक्री ७९ प्रतिशतले घटेको छ। चीनमा एकै महिनामा यति ठूलो गिरावट आएको पहिलो पटक हो।

कोरोना रोकथाम र नियन्त्रण रणनीति सार्वजनिक

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रण रणनीति र योजना सार्वजनिक गरेको छ।

देशको कुनै क्षेत्रमा कोरोना देखिए 'लक डाउन' गरिने

देशको कुनै क्षेत्रमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएमा सरकारले पकेट एरिया 'लक डाउन’ गर्ने बताएको छ। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकाश देवकोटाले कुनै क्षेत्रमा संक्रमण देखिए अत्यावश्यक बाहेक बन्द गर्ने र पकेट एरिया लक डाउने गर्ने योजना सरकारले बनाएको बताए।

सीमा नाकामा स्क्रिनिङ डेस्क स्थापना गर्ने

विश्वव्यापी बनेको कोरोनाको सम्भावित संक्रमण रोक्न तथा संक्रमण देखापरिहाले उपचारको प्रबन्ध गर्न प्रदेश १ सरकारले योजनाबद्ध तयारी थालेको छ। कोरोनाको रोकथाम, उपचार र प्रतिरक्षाका लागि सरकारले एकीकृत कार्ययोजना तयार पारेको हो।

सांसदले भने : 'कोरोनाको रोकथामका लागि सरकारको पूर्व तयारी सन्तोषजनक छैन'

सत्तारुढ र प्रतिपक्षी दलका सांसदहरुले कोरोना भाइरस (कोभिड-१९) रोकथामको लागि सरकारको पूर्वतयारी सन्तोषजनक नभएको बताएका छन्। संघीय संसदबाहिर पत्रकारहरुसँग कुराकानी गर्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद शेरबहादुर तामाङले सरकारी व्यवस्थापन नपुगेको बताए।

कोरोनाविरुद्ध हातेमालो गरौं

यो मानव जातिका लागि एउटा परीक्षा मात्र हो। अहिलेसम्म जुनसुकै समस्या आइपरे पनि मानव जातिले समाधानको उपाय निकालेको छ। अहिलेको यो कठिनाइ परास्त गर्न पनि हामी अवश्य सफल हुनेछौं।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्