सर्लाहीका आठवटै सीमानाका खुला
कोरोना महामारीका कारण बन्द रहेका सर्लाहीका नेपाल–भारत सीमानाका खुला गरिएको छ। कोरोना महामारी नियन्त्रण गर्न भन्दै जारी गरिएको निषेधाज्ञाका कारण विगत करिब डेढ वर्षदेखि सीमानाका बन्द भएका थिए।
कोरोना महामारीका कारण बन्द रहेका सर्लाहीका नेपाल–भारत सीमानाका खुला गरिएको छ। कोरोना महामारी नियन्त्रण गर्न भन्दै जारी गरिएको निषेधाज्ञाका कारण विगत करिब डेढ वर्षदेखि सीमानाका बन्द भएका थिए।
कोरोना भाइरसको महामारीका कारण गत चैतदेखि बन्द विद्यालय धमाधम खुल्न थालेका छन्। जिल्लामा भक्तपुर र चाँगुनारायण नगरपालिकाका विद्यालय भौतिक उपस्थितिमै सञ्चालन भएका छन् भने मध्यपुरथिमि र चाँगुनारायण नगरपालिका विद्यालय दशैँ तिहारपछि मात्रै सञ्चालनमा आउने भएका छन्।
प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३ सय २७ जनामा कोरोना संक्रमण भएको छ। १ हजार १ सय ४१ जनाको पीसीआर परीक्षण गर्दा २ सय २६ र ३ सय ५४ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय १ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ८१ जनाको पिसिआर र ३ हजार ४०७ एन्टिजेन परीक्षण गर्दा १ हजार २८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।
कोरोना भाइरस संक्रमणले ठप्प रहेको पर्यटन क्षेत्र ब्युताउँन पर्यटन व्यवसायीले विश्व पर्यटन दिवसका अवसरमा सोमबार (आज) लेकसाइडमा एकदिने सडक महोत्सव आयोजना गरेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५ सय ८९ पीसीआर परीक्षण गर्दा ७३० जना र ५ हजार १४७ एन्टिजेन परीक्षण गर्दा १ सय ४ गरी ८३४ जनामा कोरोना पुष्टि भएको हो।
कोरोना संक्रमणका कारण बन्द रहेको पर्यटन क्षेत्र अब सुरक्षित रहेको सन्देश दिन नेपालस्थित विभिन्न देशका कूटनीतिक निकायका उच्च पदाधिकारीलाई पोखरा र आसपास क्षेत्र भ्रमण गराइने भएको छ। पर्यटन प्रवर्द्धनका लागि कूटनीतिक निकायका पदाधिकारीको एक समूहलाई पोखरा घुम्न निम्त्याइएको हो। उनीहरू आइतबार आउँदैछन्।
चीनको क्लोभर बायोफर्मास्युटिकलले उत्पादन गरेको खोप प्रभावकारी रहेको परीक्षणबाट पुष्टि भएको हो।
जुम्लामा १८ वर्षमाथिका ४१ हजार नागरिकलाई कोरोनाविरुद्धको खोप दिन लागिएको छ। शनिबारदेखि यहाँका १८ वर्षमाथिका ४१ हजार ६७६ जनालाई खोप लगाउने लक्ष्य रहेको बताइएको छ।
पर्यटन क्षेत्र धरायसी हुँदा होटलमा काम गर्ने वेटरदेखि हिमालमा बाटो देखाउने शेर्पासम्मको रोजीरोटीमा धक्का पुगेको छ। हजारौलाई गन्तव्य देखाउने पथप्रदर्शन आफै गन्तव्यविहीन बनेका छन्। दैनिक व्यवहार चलाउन अप्ठेरो परेको बताउँदै पदयात्राको पर्यटनलाई खुला गर्नुपर्ने आवाज उठ्न थालेको छ।
पिसिआर र एन्टिजेन दुवै परीक्षणबाट पनि ८.१ प्रतिशतमा कोरोना संक्रमणदर देखिएको छ। थप संक्रमितसहित नेपालमा कुल संक्रमित संख्या ८ लाख ७८ हजार ६ सय ७६ पुगेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाखसम्म सबैलाई कोरोनाविरुद्धको भ्याक्सिन लगाइसक्ने सरकारको योजना रहेको बताएका छन्।
कोरोनाको संक्रमण घटेसँगै प्रदेश २ को अस्थायी राजधानी जनकपुरसहित तराई मधेसका सिमावर्ती क्षेत्र उच्च जोखिममा पर्नसक्ने आँकलन गरिएको हो।
पछिल्लो २४ घण्टामा देशभर १ हजार २३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
मेसिन गोदाममा थन्किँदा कोरोना भाइरसको परीक्षणका लागि यहाँका नागरिक काठमाडौँ, सिन्धुली, काभ्रेको धुलिखेललगायत ठाउँ धाउनुपर्ने बाध्यता छ।