७ आश्विन २०८१ सोमबार
image/svg+xml

तिहारको चौथो दिनः आज गोवर्द्धन, बलि, गोरु र हली पूजा

भगवान् विष्णुले बलि राजालाई यमपञ्चकका पाँच दिन मत्र्यलोकको शासन गर्ने अधिकार दिएको विश्वासका आधारमा आज बलि राजाको पनि सम्झनास्वरूप पूजा आराधना गरिन्छ। यसैकारण तिहारमा देउसी भैलो खेल्नेले हामी त्यसै आएनौँ बलि राजाले पठाए भनेर भट्याउने चलन चलेको हो।

नेवार समुदायले आज म्हपूजा पर्व मनाउँदै

नेवार समुदायले तिहारको चौथो दिन आज न्हूँ दँया भिन्तुना (नयाँ वर्षको शुभकामना) जनाउँदै बिहान नेपाल संवत् र साँझ घरघरमा म्हपूजा पर्व मनाउँदै छन्।

यमपञ्चकको चौथो दिन आज गाई पूजा

कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ।

आज नै धनधान्य एवं ऐश्वर्यकी देवी लक्ष्मी पूजा गरिँदै

यमपञ्चकअर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ।

मंगलदीप पुजा अगरबत्तीकाे दशैं तिहार लक्षित आकर्षक प्याकहरु बजारमा

नेपालकै अग्रणी व्यवसायिक संस्था सूर्य नेपाल प्रा.लि.ले नेपालीहरुको महान चाड दशैं, तिहार तथा छठलाई लक्षित गरि आफ्नो उत्कृष्ट उत्पादन मंगलदीप पूजा अगरबत्तीको विभिन्न “फेष्टिभ प्याकहरू” बजारमा सार्वजनिक गरेको छ।

बडादशैँको तेस्रो दिनः चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

बडादशैँ एवं नवरात्रको तेस्रो दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ।

आज विश्वकर्मा दिवस मनाइँदै

कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडहरुले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदै छ।

मधेसमा चन्द्रमाको पूजा गरी चौरचन पर्व मनाईदै

मधेसलगायत प्रदेशमा आज चौरचन पर्व श्रद्धापूर्वक मनाइदै छ। मंगलबार साँझ चन्द्रमालाई पूजा गरी चौरचन पर्व उल्लासपूर्वक मनाइदै छ।

पाटन कृष्ण मन्दिरमा दर्शनार्थीको घुइँचो (फोटोफिचर)

मध्यराति १२ बजे कृष्णको नित्यपूजा गरी मन्दिरको ढोका खोलेसँगै भक्तजनको प्रवेश गराइएको हो। मन्दिरका मूल पुजारी रुपनशर्मा राजोपाध्यायका अनुसार दर्शनार्थीले बिनाझन्झट पूजाआजा गरिरहेका छन्। कृष्ण मन्दिरभित्र मोबाइल तथा क्यामेरा लैजान निषेध गरिएको छ।

आज श्रीकृष्ण जन्माष्टमी

कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ पवित्र ग्रन्थ मानिन्छ। छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ। बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ।

बनेपामा एक सय २० वर्षदेखि कन्याको पूजा

रजस्वला नभएका तथा बेल–विवाह नगरिएका कन्यालाई पुज्ने व्यक्ति निरोगी भई ‘मनले चिताएको’ पुग्ने मान्यता छ।

चौरासीको खर्चले विद्यालयमा अक्षयकोष

अक्षयकोष स्थापना घोषणा कार्यक्रममा बोल्दै खनालले चौरासी पूजा भन्दा अध्यक्षकोष स्थापना गरेर कुनै विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनु पूण्य हुने लागेर अक्षयकोष स्थापना गरेको बताए।

गोल्मढीमा नयाँं बो सिंह राखी गरियो क्षमापूजा

भक्तपुर नगरपालिका वडा नं. ७ गोल्मढीको गःहिटी (ढुंगेधारा) को दायाँ र बायाँमा राखिएको नयाँ बो सिंह (उडने देवता) प्रति बिहीबार क्षमापूजा गरिएको छ।

छठ पूजामा दुई समुदायबीच झडपः ८ जना घाइते, एकको अवस्था गम्भीर

कलैया उपमहानगरपालिका २५ को ईनरवारीमा छठ पूजामा पटाका पट्काएको बिषयमा हिन्दु र मुस्लिम समुदायबीच झडप भएको छ।

यस्तो देखियो विराटनगरमा छठ

दुई दिन गरिने छठ पूजाको पहिलो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिने र दोस्रो दिन उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पूजा सम्पन्न हुन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्