तराईमा मनाइने पर्वमध्ये छठ पर्व पनि एक हो। तराईबासीका लागि छठ पर्व महत्वपूर्ण रहेको छ।
विशेष गरेर तराईबासीले मात्रै मनाउँदै आएको छठ पर्व पछिल्लो समय पहाडी क्षेत्रमा समेत मनाउन थालिएको छ । दुई दिन गरिने छठ पूजाको पहिलो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिने र दोस्रो दिन उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पूजा सम्पन्न हुन्छ। विराटनगरमा सिंघिया खोला, नहर र केसलिया खोलालाई सिंगारेर पूजाआजा गरिन्छ। यसै क्रममा विराटनगरमा गरिएको छठ पूजा।
प्रकाशित: २४ कार्तिक २०७८ १४:५१ बुधबार