१२ मंसिर २०८१ बुधबार
image/svg+xml

वाम गठबन्धनले मुख्यमन्त्री चयन गर्दै

राष्ट्रियसभा सदस्य निर्वाचन, प्रदेश सरकार र संसद्को जिम्मेवारीबारे गृहकार्य गर्न गठित एमाले–माओवादी केन्द्रको संयुक्त कार्यदललाई दुवै पार्टीका अध्यक्षले सामूहिक निर्देशन दिएका छन् ।

उम्मेदवार चयनमा महिला सञ्जालको आपत्ति

प्रदेशसभा र प्रतिनिधिसभाका लागि पहिलो चरणको निर्वाचनमा ठूला दलहरुले नै ऐनअनुसार महिला उम्मेदवार नदिएकामा अन्तरपार्टी महिला सञ्जालले आपत्ति जनाएको छ । राजधानीमा शुक्रबार पत्रकार सम्मेलन गरी सञ्जालले सो आपत्ति जनाएको हो।

केन्यामा राष्ट्रपति चयनका लागि पुनः निर्वाचन

केन्यामा राष्ट्रपति चयनका लागि पुनः हुन लागेको चुनावलाई मध्यनजर गर्दै सैनिक व्यवस्था कडा बनाइएको छ। गत अगस्ट ८ मा भएको राष्ट्रपतिको निर्वाचन असंवैधानिक भएको भन्दै चुनावको नतिजा बदर भएको घोषणा केन्याको अदालतले गरेको थियो। उक्त नतिजा बदर भएको घोषणा गर्दै अक्टोबर भित्र पुन राष्ट्रपतिको निर्वाचन गराउने फैसला अदालतले गरेको थियो।

उम्मेदवार चयनमा ध्यान दिनुपर्ने पक्ष

राजनीतिक दलले पुरानै अनुहारका नेतालाई फेरि पनि सांसदको उम्मेदवारका रुपमा दोहो¥याउन खोज्नु नयाँ नेतृत्वको विकासक्रमलाई रोक्नु हो । सधैं एउटै व्यक्तिलाई दोहो¥याइरहने वा अवसरको केन्द्रीकरणमात्रै गरिरहने हो भने राजनीतिमा नयाँ नेतृत्व विकास हुन सक्दैन । त्यसैले पनि यो पक्षमा ध्यान दिँदै राजनीतिक दलले उम्मेदवारी चयन गर्न आवश्यक छ ।

समानुपातिक उम्मेदवार चयन झन्झटिलो

समानुपातिक सूचीका लागि प्रतिशतका आधारमा दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारू, मुस्लिमको अनिवार्य प्रतिनिधित्व हुनेगरी बन्दसूची तय गर्नुपर्ने बाध्यताले दलहरूलाई ठूलै कसरत गर्नुपर्ने देखिन्छ ।

संघीय फोरमद्वारा उम्मेदवार चयन, को कहाँबाट उम्मेदवार? (सूचिसहित)

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले प्रदेश नम्बर २ अन्तर्गतको  निर्वाचनका लागि सिराहा, राैतहट र पर्सा जिल्लाका लागि उम्मेदवार चयन गरेको छ। असोज २ गते तेस्रो चरणमा हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि संघीय फोरमले ती जिल्लाहरुमा उम्मेदवार छनौट गरी नामावली सार्वजनिक गरेको हो।

राजपामा उम्मेदवार चयन गर्न उच्चस्तरीय समिति

दुई नम्बर प्रदेशका एक सय ३६ स्थानीय तहमा उम्मेदवार बन्न शीर्ष तहका नेताहरूले आकांक्षी छन्। एउटा तहमा र पदमा चारजनासम्म पदाधिकारीले आकांक्षा राखेका छन्।

विराटनगर महानगर: उम्मेदवार चयनमा ढिलाइ

-राजनीतिक दलहरूले एकअर्काको उम्मेदवारी कुर्दा विराटनगर महानगरपालिकामा मेयर र उपमेयरको उम्मेदवार टुंग्याउन ढिलाइ भएको छ ।

प्रधानमन्त्री चयन प्रक्रिया अवरुद्ध

प्रमुख प्रतिपक्ष एमालेले व्यवस्थापिका संसद्  बैठक अवरुद्ध गरेकाले बिहीबार नयाँ प्रधानमन्त्री चयन प्रक्रिया अघि बढ्न सकेन । दलीय सहमतिमा प्रधानमन्त्री चयन हुन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतीय प्रक्रिया सुरु गर्न संसद्लाई पत्र पठाए पनि एमाले अवरोधले नयाँ प्रधानमन्त्री चयन प्रक्रिया अघि बढ्न नसकेको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ १० गते पदबाट राजीनामा दिएका थिए । दाहालले सरकार छोडेलगत्तै राष्ट्रपति भण्डारीले ११ गते सबै दलको सहमतिमा सरकार गठन गर्न सात दिन समय दिएकी थिइन् । राष्ट्रपतिले सहमतीय सरकार बनाउन दिएको समय बुधबार सकिएको थियो ।

एमाले उम्मेदवार चयन १२ सम्म

प्रमुख प्रतिपक्षी एमालेले स्थानीय तहको निर्वाचनका लागि आगामी मंगलबारसम्म उम्मेदवार छनोट गर्ने भएको छ। एमालेमा वडा अध्यक्ष र सदस्य उम्मेदवारको छनोट जिल्ला कमिटीले र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र नगरपालिकाका मेयर र उपमेयर उम्मेदवार छनोटको जिम्मेवारी प्रदेश कमिटीले गर्नेछ।

एमालेले तोक्यो उम्मेदवार चयन मापदण्ड

स्थानीय तह निर्वाचनमा उम्मेदवारको मापदण्ड निर्धारण गर्दै प्रमुख प्रतिपक्षी दल एमालेले पार्टीका सबै कार्यक्रम चुनावकेन्द्रित बनाउने निर्णय गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बिहीबार बसेको स्थायी कमिटी बैठकले गाउँ/नगरपालिकामा उम्मेदवारी तोक्ने अधिकार मातहतका कमिटीलाई प्रदान गरेको छ।

हिमालय टाइम्स प्रतिष्ठानमा नयाँ कार्यसमिति चयन

नेपाल पत्रकार महासंघ हिमालय टाइम्स शाखा प्रतिष्ठानमा नयाँ कार्यसमिचि चयन गरिएको छ। महासंघका केन्द्रीय सदस्य सुरज आचार्यको उपस्थितिमा सोमबार सम्पन्न अधिवेशनले दीपक बरालको अध्यक्षतामा नयाँ कार्यसमित निर्विरोध चयन गरेको हो।

लेखा समितिको नेतृत्व चयन आज

संसदको सार्वजनिक लेखा समितिमो सभापति छान्न सोमबार निर्वाचन हुने भएको छ। लेखा समिति सात महिनादेखि सभापतिविहीन छ। समितिमा सभापति जनार्दन शर्मा गत साउनमा ऊर्जामन्त्री भएपछि सो पद खाली भएको हो।

भागबण्डाका आधारमा तरुण दलको नेतृत्व चयन

नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको अध्यक्ष जितजंग बस्नेतलाई बनाउन शीर्ष नेताबीच सहमति भएको छ। शनिबारदेखि पोखरामा जारी चौथो महाधिवेशमा शीर्ष नेताहरुबीच पदीय भागबण्डको आधारमा तरुण दलको भागबण्डा गरिएको हो। जसअनुसार सभापति शेरबहादुर देउवाले आफू निकट बस्नेतलाई सभापति बनाएका हुन्।

तरुण दलमा सर्वसम्मत नेतृत्व चयन गर्न गृहकार्य

तरुण दलको नयाँ नेतृत्व सर्वसम्मतिबाट चयन गरिने भएको छ। पोखरामा जारी महाधिवेशनबाट नयाँ नेतृत्व सहमतिमा चयन गर्न पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलबीच सहमति बनेको छ।  सभापति देउवा पक्षले दलको अध्यक्ष र नेता पौडेल पक्षले महासचिव लिने र अन्य पदमा पनि मिलाएरै लैजाने सहमति बनेको एक नेताले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्