१६ आश्विन २०७७ शुक्रबार

भागबन्डा मिलेपछि तीन विश्वविद्यालयले उपकुलपति पाए, कसको भागमा कुन?

नेपाल संस्कृत विश्वविद्यालयमा प्रधानमन्त्री ओलीनिकट यादव लामिछाने, कृषि तथा वन विश्वविद्यालयमा नेकपा अध्यक्ष दाहालनिकट पुण्यप्रसाद रेग्मी र पोखरा विश्वविद्यालयमा कांग्रेस सभापति देउवा निकट प्रेम अर्याललाई उपकुलपतिमा नियुक्त गरिएको छ ।

लमजुङमा विद्यालय खोल्न थालिएपछि कार्बाही गर्ने चेतावनी

जिल्लाका कतिपय सामुदायिक तथा संस्थागत विद्यालयले प्रत्यक्ष रूपमा पढाउन थालेको भन्दै लमजुङ जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी सचेत गराएको हो।

सात महिनापछि जब विद्यार्थी विद्यालय पुगे..(फोटो फिचर)

बन्द भएको सात महिनापछि काठमाडौंको कागेश्वरी मनोहरास्थित त्रिकोण पब्लीक स्कुलले पठनपाठन सुरु गरेको छ। सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर पठनपाठन सञ्चालन गरिएको विद्यालयले जनाएको छ।

सञ्चालनमा रहेका विद्यालय पुनः बन्द

कोरोना सङ्क्रमणका कारण एक जनाको मृत्यु भएपछि बैतडीको पुर्चौडी नगरपालिका क्षेत्रलाई अनिश्चितकालका लागि सिल गरिएको छ। नगर उपप्रमुख जानकी ऐर(बम)को अध्यक्षतामा आइतबार बसेको आकस्मिक बैठकले अर्को व्यवस्था नहुँदासम्म नगरपालिका क्षेत्र सिल गर्ने निर्णय गरेको हो।

नेपाली सेनाद्वारा विद्यालय भवन निर्माण

चन्दननाथ नगरपालिका–२ स्थित कर्णाली माध्यमिक विद्यालय अनामनगरमा नेपाली सेनाले भवन निर्माण गरिदिएको छ।

असोज १६ देखि काठमाडौं गोकर्णेश्वरका सबै विद्यालय खुलाइने, यस्ता छन् ६ सर्त

आइतबार सूचना जारी गर्दै नगरपालिकाले स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको जानकारी दिएको हो।

विद्यालयमा कोरोना फैलियो भने रोक्न कठिन हुन्छ, खोल्न हतार नगरौं : शिक्षामन्त्री

शिक्षालयमा सङ्क्रमण देखिएमा त्यसलाई नियन्त्रण गर्न कठिन हुने भएकाले हाललाई सूचना, सञ्चार र प्रविधिमा आधारित वैकल्पिक प्रणालीमा जोड दिन आग्रह गरेका हुन्।

सिरहा मिर्चैयाका विद्यालय भोलिबाट यसरी सञ्चालन गरिँदै

कोरोना महामारीका कारण लामो समयदेखि रोकिएको पठनपाठन नगरपालिकाको निर्णयअनुसार असोज ११ गतेदेखि नगर क्षेत्रका निजी तथा सामुदायिक विद्यालय सञ्चालन गरिने भएको हो।

६ महिना पछि दाङमा सुरु भयो पढाइ

सरकारले सिकाइ निर्देशिका २०७७ जारी गरेसँगै सामाजिक दूरी कायम राखेर विद्यालय सञ्चालन गर्न अनुमती दिएपछि दाङमा पठनपाठन सुरु हुन थालेको छ।

स्वायत्त विश्वविद्यालय सेवा आयोग

औसत मापनका आधारमा शिक्षक छनोट प्रक्रियामा सत्यता वा विश्वसनीयता नहुने हुँदा योग्यता नै विश्वविद्यालयमा शिक्षक छनोटको नीति हुनुपर्छ।

त्रिवि आंशिक प्राध्यापक संघ आन्दोलनमा

त्रिभुवन विश्वविद्यालयले यसै शैक्षिक सत्रदेखि कार्यान्वयनमा ल्याएको त्रिवि अतिरिक्त कक्षा व्यवस्थापनको निर्देशिका २०७७ खारेजीको माग गर्दै त्रिवि आंशिक प्राध्यापक संघ आन्दोलनमा उत्रेका छन्।

महामारीले बदलिएका सरकारी शिक्षक

गुल्मीको चन्द्रकोट–५, ग्वाघास्थित माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रकाश थापा हिजोआज कम्प्युटरका ‘किबोड’सँग निकै खेलिरहेका छन्। अर्थात् उनी ‘टाइपिङ’ सिकिरहेका छन्। कोरोना महामारीका कारण विद्यालय बन्द भएपछि उनको दिनचर्या फेरिएको हो।

निजी विद्यालयमा छोराछोरी पढाएका शिक्षक र जनप्रतिनिधिलाई कारबाही नगर्न अन्तरिम आदेश

निजी विद्यालयमा छोराछोरी पढाएका शिक्षक र जनप्रतिनिधिलाई कारबाही गर्ने दैलेखको गुराँस गाउँपालिकाको निर्णय तत्काल कार्यान्वयन नगर्न/नगराउन उच्च अदालत सुर्खेतले अन्तरिम आदेश दिएको छ । जनप्रतिनिधि र सामुदायिक विद्यालयका शिक्षकका बालबालिकाहरु निजी विद्यालयमा पढाउन नपाउने गरी शिक्षकलाई जरिवाना तोकी कारबाही गरिएको गाउँँपालिकाको निर्णयविरुद्ध परेको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै अदालतले उक्त निर्णय तत्काल कार्यान्वयन नगर्नरनगराउन अन्तरिम आदेश दिएको हो ।

शुल्कमा निजी विद्यालयको मनपरी

कोरोना संक्रमणका कारण पाँच महिनादेखि विद्यालयका सबै शैक्षिक कार्यक्रम ठप्प छ । तर पनि निजी विद्यालयहरूले अभिभावकसँग मनपरी शुल्क असुलीको लिस्ट पठाइरहेका छन् ।

लुम्बिनी बौद्ध विश्वविद्यालयले परीक्षा सञ्चालन गर्ने

लुम्बिनी बौद्ध विश्वविद्यालयले यही भदौ २८ गतेबाट स्नातक र स्नातकोत्तर तहको परीक्षा सञ्चालन गर्ने भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्