५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

७ बुँदे सहमतिपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे ओपिडी सुचारु

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकहरु अस्पताल प्रशासनसँग सात बुँदे सहमति गरेर काममा फर्किएका छन् । चिकित्सकलाई हातपात गरेको आरोप लागेका एक व्यक्ति पक्राउ परेपछि मंगलबार बिहान अस्पताल प्रशासन र जुनियर रेजिडेन्स वेल्फेयर सोसाइटी, मेडिकल एण्ड डेन्टल फ्याकल्टी सोसाइटीबीच भएको छलफलमा सहमति भई अस्पतालमा ओपिडी सेवा सुचारु भएको हो ।

सडक सुचारु नहुँदा स्याउ कृषक चिन्तामा

लामो वर्षाका कारण गमगढी  नाग्म सडक खण्ड ठाउँ ठाउँ भत्किए पछि जिल्लामा उत्पादन भएको स्याउ कुहिनेमा स्थानीय कृषक चिन्तामा परेका छन्।

नयाँ ट्रयाक खोलेर कोशी राजमार्ग सुचारु

पहिरोले सडक बगाएपछि अवरुद्ध बनेको कोशी राजमार्ग अन्तर्गत धरान भेडेटार सडक खण्डमा सवारी आवागमन सुचारु भएको छ।

दुहवी ग्रीडको पानी घट्दै, विद्युत सेवा मंगलवारबाट सुचारु हुनसक्ने

लगातारको भारी बर्षाले जलमग्न भएको नेपाल विद्युत प्राधिकरणको दुहवी ग्रीडको पानीको सतह निरन्तर कम भइरहेको छ। भारी बर्षाले प्राधिकरणको दुहवी ग्रीडमा पानी जम्दा शुक्रवार रातीदेखि पूर्व क्षेत्रमा विद्युत सेवा अवरुद्ध छ।

पुनःनिर्वाचन एमालेलाई अस्विकार्य, मतगणना सुचारु गर्न माग

आइतबार मध्यरातमा मतपत्र च्यातिएको विवादपछि स्थागित भएको भरतपुर महानगरपालिकाको मतगणना तत्काल सुरु गर्न नेकपा (एमाले) चितवनले माग गरेको छ। एमालेले सो कार्य माओवादी केन्द्रका नेताको निर्देशनमा उक्त पार्टीका द्रोणबाबु सिवाकोटी, मधु न्यौपानले लगायतको संलग्नतामा भएको बताएको छ।

चाँगुनारायणको मतगणना पुनः सुचारु गर्न छलफल

चाँगुनारायण नगरपालिकामा विवादका कारण मतगणना रोकिएपछि पुनः मतगणना सुरु गर्ने विषयमा सहमति गर्नाका लागि सर्वपक्षीय बैठक सुरु भएको छ।

भरतपुरमा अझै सुचारु हुन सकेन मतगणना, रुखमा खसेको मत गणना गर्ने तयारी

शुक्रबार राति ८ बजेदेखि अवरुद्ध भएको भरतपुर महानगरपालिकाको मतगणना शनिबार बिहानसम्म पनि सुरु हुन सकेको छैन। वडा नं. ९ को मतगणनाको विषयलाई लिएर काँग्रेस माओवादीले विवाद झिकेपछि मतगणना स्थगित भएको हो।

पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक सुचारु

नारायणगढ मुग्लिन सडक खण्डको चार किलो भन्ने ठाउँमा आज बिहानदेखि सुख्खा पहिरो खसेपछि अवरुद्ध बनेको सो सडक तीन घन्टापछि सञ्चालनमा आएको छ ।

दुई सातापछि लोकमार्ग सुचारु

सुख्खा पहिरोका कारण अवरुद्ध भएको मध्यपहाडी लोकमार्ग दुई सातापछि खुलेको छ। जिल्लाको रिघा—७ मा फागुन २२ गते बिहान ५:३० बजे झरेको पहिरोले अवरुद्ध सडक शनिबारदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको प्रहरी चौकी खर्बाङका प्रहरी नायव निरीक्षक भोजबहादुर बानियाँले बताए।

महोत्तरीको ७ गाउँपालिकामा बोर्ड झुण्डयाउन अवरोध, कामकाज सुचारु हुन सकेन

सरकारले स्थानीय तह पुनसंर्चना गरे अनुसार महोत्तरीमा तोकिएको स्थानीय तह अन्तर्गत ३ नगरपालिका र १२ गाउँपालिका कार्यान्वयन तर्फ अगाडि बढाए संगै ७ वटा गाउँपालिमा विरोध भएको छ ।

डाइर्भसन गरि बिपी राजमार्ग सुचारु

गत आइतबार राती ११ बजे सुनकोसीमा बिपी राजमार्ग खसेपछी अरुद्ध सडक मंगलबार बिहानैबाट सुचारु भएको छ। राजमार्गलाई पुरानै ट्रयाक सडकबाट डाइर्भसन गरेपछि सवारी आवातजावत सुरु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी उमाशंकर पञ्जियारले बताए।

प्रमुख तीन दलबीच संसद सुचारु गर्ने सहमति

एक महिनादेखिको जारी संसदको गतिरोध हट्ने भएको छ। मंगलबार सभामुखले बोलाएको शीर्ष नेतासहितको कार्यव्यवस्था परामर्श समितिको बैठकमा संसद सुचारु गर्ने विषयमा सहमति भएको छ। सर्वोच्च अदालतले संसदीय प्रक्रियामा रहेको विषयमा सांसदहरुले आफ्नो दृष्टिकोण प्रयोग गर्न नपाउँदै न्यायापालिकाबाट प्रक्रिया नै रोक्ने गरी आदेश गर्न उचित नहुने फैसला गरेपछि प्रमुख प्रतिपक्ष संसदमा दर्ता भएको संशोधन प्रस्ताव प्रक्रियामा लैजान सहमत भएको हो।

संसद् सुचारु गर

तीन तहका निर्वाचनको तयारी, संविधान संशोधन, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमान सिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावमाथि छलफल यतिखेर संसद्का प्रमुख 'बिजनेस' हुन्। तर, दलहरूबीच उत्पन्न नयाँ धु्रवीकरणले यी कुनै पनि कार्यभार पूरा हुन सकिरहेका छैनन्।

हिमाल साउथ एसिया सुचारु गर : आइएफजे

नेपालका नियमनकारी निकाय र राज्यको  असहयोगका कारण २९ वर्ष पुरानो हिमाल साउथ एसिया बन्द भएको सम्बद्ध निकायले बताएका छन्। अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे) र नेपाल प्रेस युनियनले जतिसक्दो चाँडो प्रकाशन सुचारु गराउन सरकारले पहल गर्नुपर्ने माग राखेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्