४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

यस्तो ठग, जसको फन्दामा परे जेलरदेखि सर्वसाधारणसम्म

विभिन्न तरिकाबाट ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाले आफू सशस्त्र प्रहरी बलको प्रहरी नायब उपरीक्षक भएको र स्वास्थ्य मन्त्रालयमा जागिर लगाउन सक्ने भन्दै ठगी गर्ने तारकेश्वरका ४५ वर्षीय राजकुमार चापागाईंलाई पक्राउ गरेको हो।

वृद्धभत्ता ठगी गरेको आरोपमा एक जना पक्राउ

कपिलवस्तुको शिवराज नगरपालिकाको चन्द्रौटामा एक वृद्धासँग वृद्धभत्ता रकम ठगेर लगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिवराज नगरपालिका–४ चनइ बस्ने ४५ वर्षीय अमिन मिया रहेका छन् । मियाले ३ दिनअघि शिवराज–६ सुगानगर की ७८ वर्षीया तिर्था यादवको १२ हजार वृद्धाभत्ताको रकम ठगेर लगेका थिए ।

प्रहरीमा भर्ना गरिदिने भन्दै ठगी गर्ने एक पक्राउ

नेपाल प्रहरीको जवानमा भर्ना गरिदिने भन्दै पैसा असुल्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। दुल्लु नगरपालिका-६ चरेखेतका ३१ वर्षिय प्रेमबहादुर विकलाई प्रहरीमा भर्ना गरिदिने भनेर पैसा असुलेको उजुरीका आधारमा पक्राउ गरिएको हो।

ठगीको आरोपमा बाबुछोराविरुद्ध उजुरी

रोजगारीका लागि विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा सप्तरीका दुईजनालाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालयले पक्राउ पुर्जी जारी गरेको छ।

ठगी उजुरीविरुद्ध अनमोलको खण्डन

अभिनेता अनमोल केसीले आफूमाथि लागेको ठगी आरोपविरुद्ध खण्डन गरेका छन्। दुई साता महानगरीय प्रहरी परिसर काठमाडौंमा उनीविरुद्ध पाँच लाख रूपैयाँ ठगी गरेको अभियोगमा उजुरी परेको थियो।

अनमोलविरुद्ध ठगीको उजुरी

अभिनेता अनमोल केसीविरुद्ध प्रहरीमा ठगीको उजुरी परेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंमा उनीविरुद्ध पाँच लाख रूपैयाँ ठगी गरेको अभियोगमा उजुरी परेको हो।

वैदेशिक रोजगारीमा ठगी, प्रहरीमा उजुरीको चाङ

सुनसरीका शम्भु मण्डल आजकाल नबिराई श्रम तथा रोजगार मन्त्रालय पुग्छन्। त्यहाँ उनी चउरमा बस्छन्। मोबाइल, डायरी र एउटा फोटो अगाडि राख्छन्। कोही नयाँ मान्छे देख्दाबित्तिकै उनी त्यो फोटो देखाउँछन् र आफ्नो कहानी सुनाउँछन्। सात महिनाअघि धन कमाउने सपना बोकेर मेनपावर कम्पनीमार्फत उनका छोरा सञ्जयकुमार मण्डल साउदी उडेका थिए।

ट्रायल पास गराइदिन्छु भनी ठगी गर्ने पक्राउ

लाइसेन्स बनाइदिन्छु भनेर ठगी गर्दै हिँडेका श्रेष्ठबारे ठगी मुद्दा दर्ता गरेर अनुसन्धान शुरु गरिएको गिरीले बताए।

अमेरिका भिजा लगाइदिने भन्दै ठगी गर्ने दुई पक्राउ

अमेरिका जान भिजा पक्रिया मिलाइदिने प्रलोभनमा पारेर ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

ओरियन्सको ठगीमा परेका किशोरकिशोरी सिलिगुडीमा बन्धक

नेपाल र भारतबीच खुला सिमानाको लाभ लिएर मानव तस्करी र अन्य गैरकानूनी कारोवार चलिरहेको खबर नौलो होइन। नेपालीलाई विभिन्न प्रलोभनमा पारेर भारत लगी मिर्गौला झिक्ने वा वेश्यालय पु-याउने काम वर्षैदेखि चलिआएको छ।

ठगी मुद्दामा आइटी अफिसर पक्राउ

रौतहटको गरुडा नगरपालिकाका आइटी अफिसर भूपनारायण यादव ठगी मुद्दामा पक्राउ परेका छन्। गरुडा नपा ८ बसबिटी जिंगडियाका शेख कादिरले दिएको उजुरीको आधारमा नगरपालिका कर्मचारी यादव पक्राउ परेका हुन्।

इन्जिनियरको ठगीबारे छानबिन गर्न समिति

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इलेक्ट्रिकल इन्जिनियरिङ विभागका अधिकृत तेजनारायण साहले विद्युत् महसुल उठाई ठगी गरेको आरोपबारे छानबिन गर्न समिति गठन गरिएको छ।

'बल्ने ढुंगा' छ भन्दै ५० लाख लुट्ने गिरोहका ६ पक्राउ

विभिन्न अलौकिक वस्तुहरुको प्रलोभन देखाएर लुटपाट तथा डकैतीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। काठमाडौं उपत्यका भित्र अलौकिक चिजवस्तुहरु बल्ने ढुंगा, बनझाँक्रिको हड्डी, गौलोचन, एकमुखे रुद्राक्ष, दाहिने शंख, नक्कली सुन र डलर लगायतका चिजवस्तुहरु आफुसँग रहेको भन्दै खरिदका लागि एकान्तमा बोलाइ लुटपाटमा संलग्न ६ जनालाई प्रहरी पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्