४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रहरीमा भर्ना गरिदिने भन्दै ठगी गर्ने एक पक्राउ

दैलेख– नेपाल प्रहरीको जवानमा भर्ना गरिदिने भन्दै पैसा असुल्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। दुल्लु नगरपालिका-६ चरेखेतका ३१ वर्षिय प्रेमबहादुर विकलाई प्रहरीमा भर्ना गरिदिने भनेर पैसा असुलेको उजुरीका आधारमा पक्राउ गरिएको हो।

प्रेमले दुल्लु नगरपालिका १० गमौडी घर भएकी २० वर्षकी रामकला नेपालीलाई प्रहरी जवानमा भर्ना गरिदिने भन्दै पैसा लिएका थिए। प्रेमले राकमला नेपालीका बुवा प्रेम दमाईबाट पटक पटक गरी नगद ३ लाख १० हजार रुपैयाँ असुलेका थिए। उजुरीका आधारमा प्रहरीले प्रेमबहादुर बिकलाई बिहीबार पक्राउ गरि दैलेख जिल्ला अदालतमा म्याद थपका लागि अनुमती मागेको छ।

प्रहरी जवानमा भर्ना गरिदिन्छु भनेर पैसा असुलेको उजुरीका बारेमा पक्राउ गरि अनुसन्धान भईरहेको दैलेख प्रहरी प्रमुख हरि ओलीले बताए।

प्रकाशित: ८ चैत्र २०७६ ०८:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App