२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

खर्च विवरण बुझाउन आलटाल

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सकिएको डेढ महिना बितिसक्दा उम्मेदवारहरुले चुनावी खर्च विवरण बुझाउन आनाकानी गरिरहेका छन् । निर्वाचन कार्यालय जुम्लाका अनुसार निर्वाचन परिणाम घोषणा भएसँगै अधिंकाश उम्मेदवारहरु राजधानीमा भएकाले चुनावी खर्च विवरण बुझाउन आलटाल गरिरहेको जानकारी गराएको छ ।

विस्तारित सेवा सुरु गर्न आलटाल गर्दै क्यान्सर अस्पताल

भरतपुर क्यान्सर अस्पतालका चिकित्सक सो अस्पतालको समय बाहेक भरतपुरका चौबिस कोठी क्षेत्रका निजी अस्पतालमा सेवा दिन जान्छन् । ती अस्पतालमा क्यान्सर अस्पतालका चिकित्सकहरूको लगानी पनि रहने गरेको छ ।

सम्पत्ति विवरण सार्वजनिक गर्न आलटाल

प्रधानमन्त्री शेरबहादुर देउवासहित मन्त्रिपरिषद्का अन्य सदस्यले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्न आनाकानी गरेका छन् ।

मापदण्ड विपरीत भवन कारबाहीमा आलटाल

हनुमानढोका दरबारसँगै निर्माणाधीन व्यापारिक प्रायोजनको भवन मापदण्डविपरीतको भए पनि सरोकारवाला निकायले कारबाहीको चासो दिएका छैनन् । भवनको मपदण्ड अध्ययन गर्न खडा भएको समितिले मापदण्डविपरीत भएको भन्दै प्रतिवेदन बुझाइसक्दा पनि कारबाहीको प्रक्रिया थालिएको छैन ।

साझा प्रकाशनका सञ्चालकको राजीनामा स्वीकृत गर्न शिक्षामन्त्रीको आलटाल

साझा प्रकाशनको अनियमिततामा मुछिएका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मासहित चारजना मनोनीत सदस्यले पदबाट दिएको राजीनामा स्वीकृत गर्न उपप्रधानमन्त्री एवम् शिक्षामन्त्री गोपालमान श्रेष्ठले आलटाल गरिरहेका छन् ।

कारबाही गर्न मन्त्रीको आलटाल

उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले बेथितिको आरोप लागेका साझा प्रकाशनका अध्यक्ष डोलिन्द्रप्रसाद शर्मालाई कारबाही गर्न छानबिन समितिले दिएको प्रतिवेदन कार्यान्वनयमा आलटाल गरेका छन्।

अनशनको २२औं दिन : मागमा सरकारको आलटाल

२२ दिनदेखि अनशनरत डा. गोविन्द केसीका मागमध्ये संसद्सँग जोडिएका माग एमाले अडानका कारण जटिल बने पनि सरकारले टुंग्याउनसक्ने मागमा समेत आलटाल गरेको छ। अघिल्लो अनशनकै क्रममा भएका सहमति उल्लंघन भएपछि यसपटकसमेत माग बनेका आइओएमका खोसिएका अधिकार फिर्ता गर्ने, सहायक डिनको पूर्णकालीन नियुक्तीलगायतका मागमा सरकारी पक्ष गम्भीर देखिएको छैन।

छानबिनमा आलटाल, दोषी जोगाउने प्रयास

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एनआइडिसी डेभलपमेन्ट बैंकमा भएको अनियमितता र रकम घोटाला प्रकरण छानबिनमा आलटाल गरेको छ। सरकारी स्वामित्वको उक्त बैंकमा सञ्चालकले अनियमितता गरेको तथा करोडौं रकम घोटाला गरेको उजुरी आधारमा राष्ट्रिय सतर्कता केन्द्रले अनुसन्धान गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्