साउने संक्रान्ति राँको बालेर लुतो फालियो
जुम्लामा यस वर्ष पनि स्थानीयले घरको छत, आँगन र ओटालोमा राँको बाल्दै संक्रान्ति मनाएका हुन्।
जुम्लामा यस वर्ष पनि स्थानीयले घरको छत, आँगन र ओटालोमा राँको बाल्दै संक्रान्ति मनाएका हुन्।
एक महिना काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भई रमाइलो गरेर मनाउँछन्।
एउटाले वरपरका अन्यगाउँठाउँलाई‘लुतो लैजा’ भन्दै चारै दिशामा अगुल्टा फालिन्छ। यसरी लुतो फालिसकेपछि त्यस वर्ष घाउ, खटिरा, लुतो, पिलोले नसताउने लोकविश्वास छ। लुतो नफाल्ने वर्ष लुतो, पिलो आउँछ भन्ने विश्वास पनि पाइन्छ। पूजाका समयमा राखिएको तोरी र मास त्यही दुनामै उम्रिए घरका सम्पूर्ण सदस्यलाई राम्रो हुने लोकविश्वास छ।