५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

पातारासीमा पाँच सय घरधुरीका महिलालाई निःशुल्क प्याड

पातरासी गाउँपालिकाअन्तर्गतको महिला तथा बालबालिका शाखाले पाँच सय घरधुरीका महिलालाई निःशुल्क प्याड वितरण गरेको छ।

दुई मोटरेबल पुल निर्माणपछि चार हजार घरधुरी लाभान्वित

चालु आर्थिक वर्षमा तनहुँमा दुईवटा मोटरेबल पुल निर्माण भएपछि म्याग्दे गाउँपालिकाका चार हजार एक सय ४० घरधुरी प्रत्यक्ष लाभान्वित भएकाे पूर्वाधार विकास कार्यालयले जनाएको छ।

बैतडीमा ४८ हजार बढी घरधुरी सूचीकृत

राष्ट्रिय जनगणनाको लागि बैतडीमा ४८ हजार बढी घरधुरी सूचीकृत भएका छन्। घरपरिवार सूचीकरण कार्यक्रम अन्तर्गत ४८ हजार ८ सय ६७ घरधुरी अनलाइनमा दर्ता भएका जिल्ला जनगणना अधिकारी सुरेन्द्रप्रसाद पन्तले जानकारी दिए।

३६ हजार भन्दा बढी घरधुरी बाढीको जोखिममा

बर्षायाममा पानी पर्दा नदीहरुमा बाढी आउनु स्वभाविक मानिन्छ । तर, पूर्वमा सप्तकोशी, बुढी खोला, सुनसरी खोला, सेरालगायतका नदीमा पानीको बहाव बढ्नासाथ आसपासका बासीन्दालाई भने ठूलै चिन्ताले सताउने गर्छ ।

दूधकोशी जलविद्युत आयोजनाबाट एक हजार घरधुरी प्रभावित हुने

खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने दूधकोशी नदीमा सञ्चालन हुने दूधकोशी जलाशय युक्त जलविद्युत आयोजनाबाट एक हजार एक सय ५० घरधुरी प्रभावित हुने भएका छन्।

जेलिएको पुनर्निर्माण

२०७२ बैशाष १२ र २९ को भूकम्पले अति प्रभावित १४ जिल्लाहरु मध्ये एक हो सिन्धुली। घरधुरी सर्वे गरिएका कुल ६२,९०३ घरधुरी मध्ये ५०,८६२ घरधुरी लाभग्राही सुचीमा परेका छन् भने २,४०८ घरधुरी प्रवलिकरण लाभग्राही सूचिमा परेका छन्। पूर्ण लाभग्राही सुचीमा परेका मध्ये ३३,५७७ लाभग्राहीहरुले सम्झौता गरेका छन भने ३३,५५७ घरधुरीले पहिलो किस्ता प्राप्त गरेका छन्। दोश्रो किस्ता प्राप्त गर्न सकेका घरधुरी २६,०८६ छन्।

एक हजार घरधुरी असुरक्षित

रसुवा - गत वर्ष जिल्लाको नौकुण्ड गाउँपालिका–२, युब्रास्थित बस्ती पहिरोले जोखिममा परे पनि स्थानीय गाउँ छाड्न तयार भएनन्।

घर निर्माण गर्न भारतकाे हिमाञ्चलबाट १५ घरधुरी गाउँ फर्किए

रसुवाको नौकुण्ड गाउँपालिका–२ यार्साका शेरलामा थोक्राको परिवार भारतको हिमाञ्चलमा बस्छन्। विगत २६ वर्षदेखि उनको परिवार त्यहाँको जेभी कम्पनीमा काम गर्दै आएका छन्। थोक्रा अहिले तीन वर्षअघि गएको भूकम्पले पूर्ण क्षति गरेको घर निर्माण गर्दै छन्। घर निर्माणका लागि थोक्राको श्रीमती पनि नेपाल आएकी छिन्।

विपन्न समुदायका १५ घरधुरीलाई घर निर्माण

नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) को कावासोती नगरपालिका–१५ अमलटारी गाउँका अति गरिब र विपन्न समुदायका लागि घर निर्माण गरिएको छ।

नागार्जुनमा घरधुरी सर्वेक्षण सुरु

नागार्जुन नगरपालिकाले वडागत घरधुरी सर्वेक्षण सुरु गरेको छ ।नगरपालिकासँग आफ्नै क्षेत्रको यकिन तथ्यांक नभएकाले सर्वेक्षण सुरु गरिएको जनाएको छ । वडा नम्बर ८ बाट सर्वेक्षण सुरु गरिएको वडाध्यक्ष शुक्रबहादुर तामाङले बताए । प्रकृति रिसोर्सेस सेन्टरको प्राविधिक सहयोगमा सर्वेक्षण सुरु भएको हो ।

३५ लाख घरधुरीमा पुग्यो वैकल्पिक ऊर्जा

प्रत्येक घरपरिवारमा स्वच्छ ऊर्जाको पहुँच पुर्‍याउने नीति अनुसार सरकारले गत आर्थिक वर्षसम्ममा ३५ लाख घरधुरीमा वैकल्पिक ऊर्जा पुर्‍याएको छ। विभिन्न वैकल्पिक तथा नवीकरणीय ऊर्जा प्रविधिबाट उक्त घरपरिवार लाभाविन्त भएका हुन्।

बाढीले कुलो बगाएपछि साढे पाँच सय बढी घरधुरी अन्धकारमा

वर्षासँगै आएको बाढीले लघु जलविद्युत आयोजनाको कुलो बगाएपछि तेह्रथुमको खाम्लालुङ र सम्दुका साढे पाँच सय घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन् । स्थानीय खुङ्ग्रिङ खोलामा आएको बाढीले सडकमा लगाएको ग्याभिन बगाएपछि सम्दु–सक्रान्ति सडक खण्ड समेत अवरुद्ध भएको छ ।

मुगुका ११ घरधुरी आगलागी पीडितलाई नेपाली सेनाको सहयोग

गत मङ्सिरको २० गते दिउँसो मुगुस्थित खमाले गाविस–९ चाकपाडे गाउँमा आगलागी हुँदा पीडित बनेका ११ घरधुरीलाई आज नेपाली सेनाले राहत सामग्री वितरण गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्