९ आश्विन २०८१ बुधबार
image/svg+xml

बेलिब्रिज निकाल्ने तयारीसँगै खाद्य एबं निर्माण सामग्री ढुवानीको हतारो

सुनकोसीस्थित फोक्सिङटारको अस्थायी बेलिब्रिज निकाल्ने तयारीसँगै खोटाङका विभिन्न स्थानीय तहले उपभोग्यवस्तु एबं निर्माण सामग्री ढुवानीको तयारी थालेको छ । खोटाङ र उदयपुर जोड्ने सुनकोसीस्थित फोक्सिङटामा लगाइएको अस्थायी बेलिब्रज बर्षा सुरु भएसँगै निकाल्न लागिएको अवस्थामा दिप्रुङ चुईचुम्मा गाउँपालिका र खोटेहाङ गाउँपालिकाले सो बेलिब्रज निकाल्न अगावै उपभोग्यवस्तु एबं निर्माण सामग्री भित्र्याउने तयारी थालेको हो ।

सेनाले ढिलाइ गर्दा दाता गुहार्दै सरकार

सेनाले समयमै स्वास्थ्य सामग्री उपलब्ध नगराएपछि किट अभाव भएर कोरोना भाइरस पत्ता लगाउन गरिने पिसिआर परीक्षण बन्द हुने अवस्था आएको छ।

प्रदेश सरकारले परीक्षणको दायरा बढाउँदै

कोभिड–१९ को प्रभाव नेपालगञ्जमा बढी देखिएकाले प्रदेश सरकारले परीक्षणको दायरा बढाउन आवश्यक किट, स्वास्थ्य सामग्री, औषधिलगायत सामग्री उपलब्ध गराउने भएको छ।

ब्यक्तिगत खर्चमै टोलटोलमा स्वास्थ्य सामग्री वितरण

उद्योग बाणिज्य संघ दैलेखका अध्यक्ष तथा समाजसेवी कुलबहादुर विकले ब्यक्तिगत खर्चमा ५ लाखको स्वास्थ्य सामाग्रीहरु टोलटोलमा वितरण गरेका छन् । दैलेख बजारमा सुनचाँदी ब्यवसाय गरेका विकले कोरोना भाइरसबाट बच्नका लागि स्वास्थ्य सामाग्रीहरु किनेर वितरण गरेका हुन् । उनले समुदायदेखी वडा कार्यालयसम्म पुगेर स्वास्थ्य सामाग्री हस्तान्त्ररण गरेका छन् ।

पिपिई र अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण

सेभ द चिल्ड्रेनले नेपाल सरकारलाई कोभिड–१९ (कोरोना भाइरस)को संक्रमण रोक्न सघाउने उद्देश्यले १ हजार ७ सय ४३ सेट व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) र अन्य अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

कोराना प्रभावित क्षेत्रमा पिपिइ पुर्‍याउँदै राज्यमन्त्री गजमेर

दुई जना व्यक्तिमा कोरोना पोजेटिभ भेटिएको झापा जिल्लामा स्वास्थ्यकर्मीका लागि प्रदेश नं १ का सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले व्यक्तिगत स्वास्थ्य सामग्री प्रदान गरेकी छिन्।

दुई अन्तराष्ट्रिय गैर सरकारी संस्थाद्वारा १६ लाख बढी मूल्यको स्वास्थ्य सामग्री

कोरोना संक्रमणविरुद्ध अग्रभागमा खटिने ताप्लेजुङका स्वास्थ्यकर्मीका लागि २ वटा अन्तराष्ट्रिय गैर सरकारी संस्थाले करिव १६ लाख मूल्य बराबरको उपकरण तथा व्यक्तिगत सुरक्षा सामग्री प्रदान गरेका छन् । एक्सन फर नेपाल र वन हर्ट वल्ड वाईडमार्फत उक्त मूल्य बराबरको सामग्री आउन लागेको कोरोना नियन्त्रण तथा व्यवस्थापन जिल्ला समितिका सचिव एवम् प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए ।

ओम्नीसँग साँठगाँठ

ओम्नीले आपूर्ति गरेका सामानको गुणस्तरमा प्रश्न उठिरहेका बेला स्वास्थ्य मन्त्रालयका अधिकारीहरु तिनै सामान प्रयोग गरेर भुक्तानी दिने कसरतमा छन्।

बागमती सेवा समाजले दियो ५ जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री

सर्लाहीको हरिवन नगरपालिकास्थित बागमती सेवा समाज नेपाल नामक गैर सरकारी संस्थाले ५ वटा सरकारी जिल्ला अस्पतालका लागि स्वास्थ्य सामग्री प्रदान गरेको छ । मंगलबार ५ वटै जिल्लाका सदरमुकामस्थित सरकारी जिल्ला अस्पताललाई फिवर क्लिनिक सञ्चालनका लागि इन्फ्रारेड थर्मोमिटर तथा टेण्ट सहयोग स्वरुप प्रदान गरिएको संस्थाका कार्यकारी निर्देशक निरज भण्डारीले जानकारी दिए ।

वीरेन्द्रनगरले बाँड्यो दुई करोड रुपैयाँ राहत

वीरेन्द्रनगर नगरपालिकाले लकडाउन अवधिभर झण्डै दुई करोड रुपैयाँको राहत सामग्री वितरण गरेको छ।

रेडक्रसद्वारा गैरखाद्य सामग्री सहयोग

नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीले जिल्लाका १० वटै स्थानीय तहलाई गैरखाद्य र सरसफाइ सामग्री सहयोग गरेको छ । स्थानीय तहका क्वारेन्टाइनमा प्रयोग गरिने गैरखाद्य सामग्री सहयोग गरिएको रेडक्रस बैतडीका सभापति भीमदत्त पाण्डेयले जानकारी दिए । रेडक्रस केन्द्रीय कार्यालय र पश्चिम विपद् पूर्वतयारी परियोजनाको सहयोगमा जिल्लाका सबै स्थानीयमा निर्माण भइरहेका पालिकास्तरिय क्वारेन्टाइनका लागि उक्त सामग्री हस्तान्तरण गरिएका हुन् ।

पत्रकारहरूलाई स्वास्थ्य सामग्री प्रदान

जिल्ला विपद् व्यवस्थापन समिति रसुवाले जिल्लामा कार्यरत सम्पूर्ण पत्रकारहरूलाई  कोरोना भाइरसबाट बच्नका लागि स्वास्थ्य सामग्री प्रदान गरेको छ।

रसुवामा दैनिक उपभोग्य सामग्रीको मूल्य निर्धारण

लकडाउनको समयमा मूल्य वृद्धि भएको जनगुनासो आएपछि रसुवामा दैनिक उपभोग्य सामग्रीको मूल्य निर्धारण गरिएको छ । उपभोक्ताहरूलाई दैनिक गुजारा गर्न कठिन भइरहेको अवस्थामा खाद्यान्न सामग्रीमा कालोबजारी हुन नदिन मूल्य निर्धारण गरिएको हो ।

मन्त्री नेम्वाङद्वारा स्वास्थ्य सामग्री सहयोग

भौतिक योजन तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङले गृह जिल्ला पाँचथरमा स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् । मन्त्री नेम्वाङको पहलमा कोरोना भाइरस (कोभिड-१९) बाट बच्न तथा उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएका हुन ।

मजदुर परिवारलाई दोस्रो चरणको ‘दैनिक उपभोग्य सामग्री’ वितरण सुरु

रसुवाको कालिका गाउँपालिकाले मजदुरी गरेर जीवनयापन गर्ने परिवारलाई दोस्रो चरणको दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन सुरु गरेको छ । पहिलो चरणमा वितरण गरिएको सामग्री सकिएकाले दोस्रो चरणमा केही थप परिवारसहितलाई कुपन दिन थालिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले सूचीकृत भएका परिवारलाई आइतबारदेखि सामग्री उपलब्ध गराउन सुरु गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्