९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

पत्रकारहरूलाई स्वास्थ्य सामग्री प्रदान

रसुवा - जिल्ला विपद् व्यवस्थापन समिति रसुवाले जिल्लामा कार्यरत सम्पूर्ण पत्रकारहरूलाई  कोरोना भाइरसबाट बच्नका लागि स्वास्थ्य सामग्री प्रदान गरेको छ।

जिल्लामा बसेर विभिन्न सञ्चार माध्यममा काम गरिरहेका पत्रकारहरू रिपोर्टिङको सिलसिलामा विभिन्न स्थानमा जान पर्ने र यसले पत्रकारलाई जोखिम हुने भएकाले सामग्री प्रदान गरिएको समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए।

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को जोखिमलाई मध्यनजर गर्दै शनिबार नेपाल पत्रकार महासंघ रसुवा मार्फत सामग्री प्रदान गरिएको हो। समितिले फेस मास्क ४ सय ५०, ग्लोब्स ३०, स्यानिटाइजर २४, एन–९५ मास्क २४ र मेडिकल हब्स (बुटी) ६० वटा प्रदान गरेको छ।
 
समितिले दिएको सामग्री महासंघ रसुवाका अध्यक्ष हेमनाथ खतिवडाले सदरमुकाम धुन्चेमा रहेका पत्रकारहरूलाई सोही समयमा प्रदान गरेका थिए। सदरमुकाम बाहिर रहेका पत्रकारलाई अध्यक्ष खतिवडा र सदस्य विस्वास नेपालीले सम्बन्धित स्थानमा नै पु¥याउने काम गरेका छन्।

प्रकाशित: १३ वैशाख २०७७ १३:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App