१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

एकीकृत समाजवादीको सचिवालय बैठक जारी

पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बैठक जारी छ। बैठकमा मेची-महाकाली जागरण अभियानको समीक्षा गर्ने बताइएको छ।

मुग्लिन पोखरा सडक: डुम्रे–छिर्कने खण्डमा कालोपत्र गर्न थालियो

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको डुम्रे–छिर्कने खण्डमा कालोपत्र थालिएको छ।

भूकम्प पीडितलाई पर्वतारोहण सङ्घबाट ३१ लाख सहयोग

नेपाल पर्वतारोहण सङ्घले भूकम्प पीडितलाई सहयोग पुर्‍याउने उद्देश्यले रु ३१ लाख ११ हजार एक सय ११ रुपैया सहयोग गर्ने निर्णय गरेको छ।सङ्घको आज सम्पन्न केन्द्रीय कार्यकारी बोर्ड बैठकले भूकम्पपीडितलाई सो सहयोग उपलब्ध गराउने निर्णय गरेको हो।

कोसीको मन्त्रीपरिषद् विस्तार

कोसी प्रदेशको मन्त्रिपरिषद् बिस्तार गरिएको छ । आज कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीपरिषद् बिस्तार गरेका हुन् ।

लेकाली खेतीका रूपमा परिचित फापर बाली घट्दै

लेकाली खेतीका रूपमा परिचित फापर बाली घट्दै गएको छ। बागलुङको ग्रामीण क्षेत्रमा बढी उत्पादन हुने यो बाली पछिल्लो केही वर्षयता कम हुँदै गएको छ।

सेना बढुवामा सधैं लफडा

नेपाली सेनाका उच्च अधिकृतहरूको बढुवाका बेला सधै शैक्षिक योग्यता, नागरिकतालगायतका विषयमा विवाद हुने गरेको छ।

रग्बी टोली दोहा प्रस्थान

नेपाली पुरुष रग्बी टोली एसियाली रग्बी सेभेन्स प्रतियोगितामा प्रतिस्पर्धा गर्न बुधबार कतारको दोहा प्रस्थान गरेको छ।

नेपाली पर्वतारोही पाण्डेले गरे अफ्रिकाको सर्वोच्च शिखर किलिमन्जारोको सफल आरोहण

नेपाली युवा पर्वतारोही प्रकाशराज पाण्डेले अफ्रिकाको सर्वोच्च शिखर किलिमन्जारोको सफल आरोहण गरेका छन्।

हिमाली भूमिको मोहनी र महायात्रा

म आधुनिक हिमाली पर्वतारोहणसँगै हुर्केबढेको मान्छे हुँ । नेपालको पर्वतारोहण र पदयात्रालाई आरम्भकालदेखि नै देखे–भोगेको र डोर्याएको छु । तर, म आफूलाई ‘बुढो भएको’ भन्न रुचाउन्नँ ।

विभाग भन्छ: ‘निर्मल पुर्जाले अनुमति लिएनन, पुर्जाको कम्पनी भन्छ,सबै अनुमति सुरक्षित छन्।’

कम्पनीका कर्पोरेट डाइरेक्टर एजिस पोखरेल आफूहरुले मन्त्रालयबाट अनुमति लिएर ‘स्काई-डाइभिङ गरेको बताए।

एनएमएले स्थापना दिवस मनाउने

नेपाल पर्वतारोहण महासंघ (एनएमए)ले ५० औं स्थापना दिवस मनाउने भएको छ। महासंघले यही कात्तिक १५ गते विभिन्न कार्यक्रम गरेर स्थापना दिवस मनाउन लागेको हो।

हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको तार तान्ने काम धमाधम

विसं २०८० देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत् व्यापारका लागि निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा चार सय केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको तार तान्ने काम धमाधम भइरहेको छ।

हिमाल आरोहण अनुमतिबाट साढे पाँच करोड दस्तुर संकलन

पर्यटन विभागको तथ्याङ्क अनुसार ४२ वटा हिमालबाट सरकारले पाँच करोड ७७ लाख रूपैयाँ हिमाल आरोहण अनुमतिबापत संकलन गरेको हो।

मुख्यमन्त्री कार्की विश्वासको मत लिँदै, यस्तो छ हिसाबकिताब

सत्तारुढ गठबन्धनको निर्णय विपरित विद्रोह गरेर कोशी प्रदेशको मुख्यमन्त्री बनेका कार्कीले विश्वासको मत पाउने लगभग निश्चित छ।

सेनापतिको रोलक्रममा पाण्डे

प्रधानसेनापति प्रभुराम शर्माको एक वर्ष कार्यकाल बाँकी हुँदै गर्दा उनीपछिको रोलक्रममा सैनिक जंगी अड्डाले पाण्डेलाई बढुवा सिफारिस गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्