७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

रग्बी टोली दोहा प्रस्थान

नेपाली पुरुष रग्बी टोली एसियाली रग्बी सेभेन्स प्रतियोगितामा प्रतिस्पर्धा गर्न बुधबार कतारको दोहा प्रस्थान गरेको छ।

१२ खेलाडीसहित १५ सदस्यीय टोली कतार प्रस्थान गरेको हो । खेलाडीहरूमा विक्रम पुरी, यदु अधिकारी, नवीन गिरी, काल्भिन जोशी, नवीनबहादुर मगर, कपिल सापकोटा, पुजन फेवाली, रमितबहादुर मल, सुरोज राणा, सविन महत, मनोज मगर र महेश सुनार रहेका छन् ।

प्रशिक्षकमा श्रीलंकाली विजेलाथ सन मार्क विजेसिंघे, व्यवस्थापकमा टंकराज गिरी र फिजियोमा देवान थापा छन् । प्रतियोगितामा १५ राष्ट्रको सहभागिता रहेको नेपाल रग्बी संघका सचिव विजय मोक्तानले जनाएका छन् ।

नेपालले पहिलो खेल शुक्रबार पाकिस्तानसँग खेल्नेछ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, प्रदेश खेलकुद परिषद्, गण्डकीका सदस्यसचिव श्रीधर पौडेल र नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटाले बुधबारै एक कार्यक्रमबीच बिदाइ गरेका थिए ।

प्रकाशित: १६ कार्तिक २०८० ०३:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App