१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

पाकिस्तानको जुनियर क्रिकेट लिग कुशलले खेल्ने

यस लिगमा विश्वका यू–१९ टिमका खेलाडीहरुले खेल्ने छन्। १९ वर्षमुनिका खेलाडी सहभागी हुने पाकिस्तान जुनियर लिग क्रिकेटमा छ टिमले प्रतिस्पर्धा गर्ने छन्। यी टिमले ६६ जना पाकिस्तानीसहित २४ विदेशी खेलाडीलाई अनुबन्ध गरेका छन्। ती २४ मध्येमा कुशल पनि एक हुन्।

कम्युनिष्टलाई लोकतन्त्रप्रति प्रतिबद्ध गराउन गठबन्धन आवश्यकः राठौंर

‘यो देशका कम्युनिष्टरु विकासको पक्षधर हुन सकेनन्, कम्युनिष्ट भन्नेहरुलाई जनताको विकास, उन्नति, प्रगति र पक्षमा बोल्न लगाउनुछ, त्यसकारण यो गठबन्धनको आवश्यकता भएको हो, लोकतन्त्रप्रति प्रतिबद्ध गराउनका लागि गठबन्धन आवश्यक छ।’

प्रचण्डलाई ऋषि कट्टेलको प्रश्न- काँग्रेससँग भाग मागेर मुक्ति हुन्छ?

'आज तपाईको पार्टी, सुरेशको पार्टी, नेपाली जनक्रान्तिको दिशामा, नेपालको उत्पीडित वर्ग, समुदायको मुक्तिको दिशामा, नेपालको राष्ट्रिय स्वाधिनताको रक्षाको दिशामा कुन ठाउँमा छ? तपार्इंहरुले मूल्यांकन गर्नुस्। आफ्ना पाटोहरुलाई ठिक ढंगले मूल्यांकन गरिएन भने शहीदप्रतिको श्रद्धा, श्रद्धा हुँदैन। त्यसकारण म अनुरोध गर्छु, तपार्इंहरुको पार्टी तपाई जतिसुकै फुँदा गाँस्नुस्। अहिले प्रचण्डजीले भन्दा त स्वर्ग पारिदिनु हुन्छ अहिले नै मलाई थाहा छ।'

युरोपियन आकाशमा नेपाली जहाज उड्ने अध्यक्ष तिमिल्सिनाको विश्वास

'युरोपियन आकाशमा नेपाली वायुसेवा उड्न पाइरहेको छैन, यहाँहरूमार्फत समन्वय गरेर नेपाली जहाज उड्ने वातावरण बन्नेछ भन्ने विश्वास गरेको छु', उनले भने। भेटमा फ्रान्स नेपाल संसदीय मैत्री समूहका अध्यक्ष साल्मोनले नेपालमा गरिएको आतिथ्यका लागि आभार व्यक्त गरे।

गठबन्धनका कारण काँग्रेस अप्ठ्यारोमा नपरोस्: नेता कोइराला

एमालेले संविधानलाई प्रहार गरेपछि त्यसलाई बचाउन गठबन्धन गरिएको उनले स्पष्ट गरे। नेता डा. कोइरालाले भने, 'यो गठबन्धन पवित्र हो कि अपवित्र त्यो निर्वाचनपछि मात्र थाहा हुन्छ।'

सरकारले अन्तर्राष्ट्रिय हवाई उडान सुदृढीकरणका लागि भारतसँग छलफल सुरु गरेको छः पर्यटनमन्त्री

उनले सरकारले महेन्द्रनगर, नेपालगञ्ज र भैरहवा प्रवेश बिन्दु खुला गराउनका लागि भारतसँग छलफल सुरु गरेको बताए। मन्त्री श्रेष्ठले नेपालले सिमित आकाश प्रयोग गर्दा अन्तर्राष्ट्रिय हवाई बिन्दु एउटामात्र भएका कारण एयर कनेक्टिभिटी सहज हुन नसकेको बताए।

यु-१५ महिला टिमको मुख्य प्रशिक्षकमा भगवती रानामगर

बंगलादेशमा आयोजना हुने यू-१५ महिला साफ च्याम्पियनसिपका लागि एन्फाले भगवतीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो। रानाले पहिलो पटक उमेर समूहको प्रशिक्षककाे जिम्मेवारी लिएकी हुन्।

काँग्रेस रामराम भन्ने अवस्थामा आइसकेको छः रामवरण यादव

काँग्रेसीमा त हुनैपर्ने हो। हामी कोहीमा छैन। काँग्रेसी त्यस्तो पुर्खा भएर पनि अहिले अंशबण्डा गरिरहेका छौँ हामी। जनताको बीचमा जानपनि अरु पार्टीसँग मिलेर अंशबण्डा गरिरहेको छ। राम, राम, राम। काँग्रेसको बारेमा राम, राम भन्ने बेला भइसकेको छ। उहाँले भन्नुहुन्छ जय नेपाल स्वीकार गर्नुस्, एक जनाले पनि स्वीकार गर्नुभएन। चित्त दुखेर नबोलेका हुन्।’

सन्दिपलाई पक्राउ गर्न अदालतको अनुमति

घटनाबारे अनुसन्धानका लागि प्रहरीले जिल्ला अदालत काठमाडौँसँग अनुमति माग गरेको थियो। नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने अहिले क्यारेबियन मुलुक सेन्ट लुसियामा छन्।

गठबन्धनले काँग्रेसलाई एक सय सिट छाड्नुपर्छः नेता कोइराला

जनकपुरमा आज प्रेस युनियनको कार्यक्रममा बोल्दै कोइरालाले बहुमत ल्याउन पनि कांग्रेसले १०० सिट लिनुपर्ने बताएका हुन्। कांग्रेस केन्द्रीय समितिले बहुमत ल्याउन र पाँच वर्ष सरकार चलाउन गठबन्धन गर्ने निर्णय गरेको थियो।

अन्तर्राष्ट्रिय साक्षरता दिवसः १६ जिल्ला साक्षर घोषणा हुन बाँकी

हालसम्म ६१ जिल्ला साक्षर घोषणा भइसकेको छ भने मधेस प्रदेशका सबै जिल्ला (सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा), लुम्बिनी प्रदेशको कपिलवस्तु, कर्णाली प्रदेशको मुगु, जुम्ला, हुम्ला, कालीकोट, डोल्पा, सुदूरपश्चिम प्रदेशको कञ्चनपुर र डोटी साक्षर जिल्ला घोषणा हुन बाँकी रहेको छ।

मधेस प्रदेश: कांग्रेसमा उम्मेदवार सिफारिसको विवाद उत्कर्षमा

मंसिर ४ गते हुने आमनिर्वाचनका लागि मधेस प्रदेशका जिल्लामा नेपाली कांग्रेसले गरेको उम्मेदवार सिफारिसमा विवाद देखिएको छ।

चीनले माग्यो रोकिएका गाडीको विवरण

चीनले एक पक्षीय रूपमा नेपालसँगका दुई नाका बन्द गरेको विषयमा आलोचना भएपछि नाका सञ्चालन गरेर रोकिएका गाडी पठाउन सकारात्मक देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्