२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रचण्डलाई ऋषि कट्टेलको प्रश्न- काँग्रेससँग भाग मागेर मुक्ति हुन्छ?

फाइल तस्बिर।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले नेपाली काँग्रेससँग भाग मागेर मुक्ति प्राप्त नहुने बताएका छन्।

बिहीबार शहीद सुरेश वाग्ले (वासु) स्मृति प्रतिष्ठान, नेपालले काठमाडौंमा आयोजना गरेको २४ औँ शहीद सुरेश वाग्ले (वासु) र भीमसेन पोखरेल (बैरागी) स्मृति दिवस तथा स्मृति ग्रन्थ सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै  उनले नेकपा (माओवादी केन्द्र) सर्वहारा वर्गको मुक्ति र राष्ट्रिय स्वाधिनताको सम्बन्धमा गलत बाटोतिर गइरहेको टिप्पणी समेत गरेका हुन्।

उनले उत्पीडित वर्ग, समुदायको मुक्ति र राष्ट्रिय स्वाधिनताको रक्षाको बाटो स्पष्ट नभएसम्म शहीदप्रति सम्मान नहुने बताए। नेपाली काँग्रेससँग भाग मागेर मुक्ति प्राप्त नहुने उनको भनाइ छ।  

उनले भने, ‘आज तपाईको पार्टी, सुरेशको पार्टी, नेपाली जनक्रान्तिको दिशामा, नेपालको उत्पीडित वर्ग, समुदायको मुक्तिको दिशामा, नेपालको राष्ट्रिय स्वाधिनताको रक्षाको दिशामा कुन ठाउँमा छ? तपार्इंहरुले मूल्यांकन गर्नुस्। आफ्ना पाटोहरुलाई ठिक ढंगले मूल्यांकन गरिएन भने शहीदप्रतिको श्रद्धा, श्रद्धा हुँदैन। त्यसकारण म अनुरोध गर्छु, तपार्इंहरुको पार्टी तपाई जतिसुकै फुँदा गाँस्नुस्। अहिले प्रचण्डजीले भन्दा त स्वर्ग पारिदिनु हुन्छ अहिले नै मलाई थाहा छ। तर नेपालको जनक्रान्तिको दिशामा, नेपाली सर्वहारा वर्गको मुक्तिको दिशामा, नेपालको राष्ट्रिय स्वाधिनताको दिशामा एउटा गलत बाटोतिर गइरहेको छ। यसलाई सच्याउन म अनुरोध गर्छु। सुरेशको सम्मान जबसम्म नेपालको उत्पीडित वर्ग, समुदायको मुक्ति र देशको राष्ट्रिय स्वाधिनताको रक्षाको बाटो क्लियर हुँदैन तबसम्म सम्मान हुँदैन। अब काँग्रेससँग भाग मागेर मुक्ति हुन्छ? त्यसकारण यो बाटोमा अलि गम्भिरतापूर्वक सोच्न म यो बेलामा अनुरोध पनि गर्छु।’

उनले माओवादी केन्द्र गलत बाटोमा गइरहेको भन्दै सच्चिन आग्रह समेत गरे। माओवादीले आफूलाई स्वमूल्याकन गर्नुपर्ने उनले बताए।

प्रकाशित: २३ भाद्र २०७९ १२:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App