१६ वैशाख २०८१ आइतबार
image/svg+xml

विश्वराज अधिकारीको बज्जिका संस्मरण लोकार्पण

अमेरिकामा रहेका साहित्यकार विश्वराज अधिकारीको बज्जिका भाषामा लेखिएको संस्मरण संग्रह 'कहाँ गेल ऊ लोग'को एक समारोहबीच विमोचन गरिएको छ।

राष्ट्रपति भण्डारीद्वारा 'उत्तराध्ययन सूत्र' को लोकार्पण

नेपालमा जन्मेर भारतमा शिक्षादीक्षा प्राप्त गरेका र नेपाल केशरीको समेत उपाधि पाएका डा. मणिभद्रद्वारा भगवान् महावीरको वाणी तथा उनको निर्वाणको २५४८ वर्षपछि नेपाली भाषामा अनुवाद गरिएको हो। श्री श्वेताम्बर स्थानकवासी समाज तथा मानव मिलन नेपालले काठमाडौंमा बुधबार आयोजित एक समारोहमा उक्त पुस्तकको लोकार्पण गरिएको हो।जैन आगमको यो प्रथम नेपाली अनुवाद हो।

‘सपनाको देश’ पुस्तक लोकार्पण

अभिनव साहित्य समाजले साेमबार २९ गते २०७ औं भानु जयन्ती विशेष कार्यक्रम सम्पन्न गरेको छ । प्रजातान्तित्रक जन गणतन्त्र कोरियाका नेपालका लागि महामहिम राजदूत श्री चो यो मानको प्रमुख आतिथ्य र प्रतिनिथि सभाका माननीय सांसद श्री कृष्ण राई, वागमती प्रदेशका सांसद श्री छिरिंग दोर्जे लामाको विशेष आतथ्यिमा वेदमणि घिमिरेद्वारा उत्तर कोरिया भ्रमणमा आधारित भएर लेखिएको ‘सपनाको देश’ नामक पुस्तकको लोकार्पण भयो ।

बज्जिका व्याकरणको पहिलो लोकार्पण

नेपालमा बज्जिका भाषामा लेखिएको पहिलो व्याकरणलाई लोकार्पण गरिएको छ । राष्ट्रिय जनगणना २०६८ का अनुसार देशको सातौँ ठूलो मातृभाषा र प्रदेश नम्बर २ को तेस्रो ठूलो मातृभाषाको रुपमा रहेको बज्जिका भाषाको पहिलो व्याकरण रौतहटमा लोकार्पण गरिएको हो ।

‘अल्टिमेटम आकाश’ लोकार्पण

जनमत प्रकाशनले प्रकाशनमा ल्याएको सो कृतिका लेखक सन्तोष लामिछाने हुन्। यसअघि अमेरिका र बेलायतमा यसको अङ्ग्रेजी संस्करणमा लोकार्पण भइसकेको छ।

पुस्तकमा नेपालकाे उदारवाद प्रयोग र परिणाम

पूर्वसचिव तथा महालेख परीक्षक भानुप्रसाद आचार्यद्वारा लिखित पुस्तक नेपालमा उदारवाद : प्रयोग र परिणामको लोकार्पण गरिएको छ। सोमबार पूर्वराष्ट्रपति रामवरण यादवले उक्त पुस्तकको विमोचन गरेका हुन्।

स्रष्टालाई कमलराज रेग्मी स्मृति पुरस्कार

बुद्ध शान्ति फाउन्डेसनद्वारा आइतबार राजधानीमा आयोजित कार्यक्रममा राजनीतिज्ञ एवं साहित्यकार तथा समाजसेवी स्व. कमलराज रेग्मीका तीन कृतिहरू ‘कमलराज रेग्मीका कविताहरू’, ‘संस्मरणका छालहरू’ र ‘सदाबहार कमलको सुवास’ लोकार्पण गरियो।

सोनु निगमद्वारा मुम्बईमा बसन्त चौधरीको पुस्तक लोकार्पण

प्रसिद्ध कवि एवं गीतकार बसन्त चौधरीको नयाँ काव्य कृति ‘चाहतो के साये मे’ मुम्बईमा लोकार्पण गरिएको छ। बलिउडका लोकप्रिय गायक सोनु निगम तथा प्रसिद्ध गीतकार समीरले मुम्बईको जुहुस्थित जे. डब्लु मेरोइटमा आयोजित एक सांगीतिक कार्यक्रमका बीच पुस्तकलाई लोकार्पण गरेका हुन्।

सुविनको ‘फूलबारी’ लोकार्पण

सुविन रिमाल ‘प्रशान्त’द्वारा लिखित ‘फूलबारी’ बालकविता संग्रहको लोकार्पण गरिएको छ । नुवाकोट साहित्य प्रतिष्ठानले १२ वर्षे रिमाल अध्ययन गर्दै आएको जगतप्रकाशजंग शाह संस्कृत माध्यमिक विद्यालयमा कविता संग्रहको लोकार्पण गरिएको हो।

हिन्दी दिवसमा कविता र पत्रिका लोकार्पण

विश्व हिन्दी दिवसको अवसर पारेर राजधानीमा तीन कविता संग्रह तथा हिन्दी पत्रिकाको लोकार्पण गरिएको छ ।

लण्डनमा ‘सरसर्ती संसार’ को लोकार्पण

गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष जीबा लामिछानेद्वारा लिखित पुस्तक सरसर्ती संसारको आइतबार लण्डनमा एउटा भव्य समारोहबीच लोकार्पण गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्