१० पुस २०८१ बुधबार
image/svg+xml

जनपद र सशस्त्रका आइजिपी एकैदिन किन गए अमेरिका ?

नेपाल प्रहरी र सशस्त्र प्रहरीका आइजिपी सर्वेन्द्र खनाल र शैलेन्द्र खनाल अमेरिका प्रस्थान गरेका छन्।

फुली लगाएपछि आइजिपी खनाललाई हेडक्वाटरमा भव्य स्वागत (फोटो फिचर)

नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाललाई गृहसचिव प्रेम कुमार राईले विहीबार दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

सर्वेन्द्रले गरे आइजिपी, एआइजी र डिआइजीको विदाई (फोटो फिचर)

तीस बर्ष सेवा अवधि पुरा गरी सेवानिवृत्त भएका प्रहरी महानिरीक्षक प्रकाश अर्याल, प्रहरी अतिरिक्त महानिरीक्षकहरु तथा प्रहरी नायव महानिरीक्षकलाई बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित बिशेष समारोहबीच बिदाई गरिएको छ। उनीहरुलाई नवनियुक्त प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले फूलमाला लगाई विदाई गरे।

सशस्त्र आइजिपी श्रेष्ठको विदाई

अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक सिंह बहादुर श्रेष्ठलाई सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा बुधबार आयोजित विशेष समारोहका बीच विदाई गरिएको छ। आइजिपी श्रेष्ठसँगै अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय प्रेम कुमार शाही र प्रकाश ओझालाई समेत विदाई गरियो।

पूर्व आइजिपी शाह भन्छन्– आइजिपी लुते होइन, बलियो देखिनुपर्छ

नेपाल प्रहरीका पूर्व महानिरीक्षक रवीन्द्रप्रताप शाहले बलियो आइजिपी नियुक्त गर्न सरकारलाई सुझाव दिएका छन्। संगठनका लागि योग्य र बलियो आइजिपी आवश्यक रहेको भन्दै उनले आफूहरुको चाहना पनि यही भएको उल्लेख गरेका छन्।

को बन्ला आइजिपी ?

नेपाल प्रहरीको नेतृत्व फेरिन एक साता मात्र बाँकी छ । चैत २९ मा ३० वर्षीय सेवा अवधिका आधारमा प्रकाश अर्याल अवकाशमा जाँँदैछन् । २६ औं आइजिपीका लागि प्रतिस्पर्धीबीच यसपालि २५ औं आइजिपी चयनताका दाबेदार बीचझैँ ‘लाजमर्दो’ प्रतिस्पर्धा छताछुल्ल भएको छैन। मौकाको ताकमा रहेका ‘दलाल’ पनि केही मुर्झाएका छन् तर आकांक्षी मौन र सरकारले निर्णय गरेअनुसार भनेर निस्क्रिय भने छैनन् ।

प्रहरीलाई आइजिपीको निर्देशन : दलपछि लागेर संगठनलाई बदनाम नबनाऊ

प्रतिनिधिसभा र प्रदेशसभामा प्रहरी संगठनका सदस्यको निष्पक्ष भूमिकाबारे आशंका बढिरहेको बेला प्रहरी महानिरीक्षक प्रकाश अर्यालले उपत्यका र प्रहरी प्रधान कार्यालयका प्रहरी कर्मचारीलाई बोलाएर कुनै दलको पक्षमा नलाग्न निर्देशन दिएका छन् ।

आइजिपीविरुद्धको मानहानि रिटको पेशी सर्‍यो

सर्वोच्च अदालतको बाध्यात्मक आदेश कार्यान्वयन नगरेको भन्दै प्रहरी महानिरीक्षक प्रकाश अर्यालविरुद्ध दर्ता भएको मानहानि रिटको पेशी बुधबार सरेको छ। प्रधान न्यायाधीश गोपाल पराजुलीले पेशी सारेर शुक्रबारका लागि तोकेका हुन्।

आइजिपीविरुद्ध मानहानि मुद्दा

सर्वोच्च अदालतको बाध्यात्मक आदेश कार्यान्वयन नगरेको भन्दै प्रहरी महानिरीक्षक प्रकाश अर्यालविरुद्ध मानहानि मुद्दा दर्ता भएको छ।

सुरक्षामा नअल्मलिन आइजिपीको निर्देशन

प्रहरी महानिरीक्षक प्रकाश अर्यालले चुनावी सुरक्षामा नअल्मलिन नेपाल प्रहरीका उच्च अधिकृतहरूलाई निर्देशन दिएका छन्।

तीन पूर्व आइजिपीलाई जेल सजाय

सर्वोच्च अदालतले बहुचर्चित ‘सुडान मिसन भ्रष्टाचार’ मुद्दामा संलग्न नेपाल प्रहरीका तीन पूर्वप्रमुखसहित सात जनालाई जेल सजायको फैसला गरेको छ।

निलम्बन अघि प्रधान न्यायाधीश कार्कीको फैसला : सुडान घोटाला प्रकरणमा तीन पूर्व आइजिपीलाई जेल

सत्तारुढ दल नेपाली कांग्रेस र माओवादीले महाअभियोग प्रस्ताव प्रक्रिया अघि बढाएकी प्रधान न्यायाधीश सुशीला कार्कीसहितको इजालसले आइतबार तीन पूर्व प्रहरी महानिरीक्षकलाई भ्रष्ट्राचार मुद्दामा जेल साजयको फैसला गरेको छ।

आइजिपी विवाद किनारा पूर्ण इजलासबाट

सर्वोच्च अदालतले नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) नियुक्ति विवाद वैशाख १९ गते किनारा लगाउने भएको छ। उक्त विवादमा सर्वोच्चको एकल इजलासले बुधबार पहिलो सुनुवाइ गर्दै फैसला मिति तोकेको हो। फैसला पूर्ण इजलासबाट हुनेछ।

आइजिपी अर्यालको २९ नम्बरकोे संयोग

दाङका प्रकाश अर्याल २०४४ चैत २९ मा नेपाल प्रहरीको प्रहरी निरीक्षकमा पास भए। संयोग, प्रहरी संगठनमा प्रवेश गरेको ठ्याक्कै २९ वर्षमा उनी संगठनको २५औं प्रहरी महानिरीक्षक बनेका छन्। २९ को संयोगले नियुक्तिमा मात्रै उनलाई पच्छ्याएको छैन, प्रहरी नियमावलीमा कुनै संशोधन नभए २०७४ चैत २९ मा ३० वर्षे अवधिका कारण उनी सेवानिवृत्त हुनेछन्।

आइजिपीमा अर्यालको अग्रता

डिआइजी प्रकाश अर्याललाई प्रहरी महानिरीक्षक बनाउन सत्ताधारी घटकबीच सहमति भएको छ। सरकारमा रहेका माओवादी केन्द्र, नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुखबीच भएको छलफलमा अर्याललाई आइजीपी बनाउन सहमति भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्