१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

गन्तव्य हुँदाहुँदै नयाँ खाेजी

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमका उच्च अधिकारीहरु विदेशी वायुसेवा कम्पनीको प्रलोभनमा पर्दा पर्याप्त गन्तव्य हुँदा हुँदै पनि जहाज थन्क्याएर राखेको पाइएको छ।

नेपालमा लगानी : सेवा क्षेत्रमै खनिन्छ, अरूमा छैन

नेपालमा लगानीको वातावरण भएको तर्क गर्दै प्रधानमन्त्री ओलीले लगानीकर्तालाई भारत र चीनको बजारसमेत देखाए। सम्बोधनकै क्रममा उनले भने, ‘विदेशी लगानीकर्ताका लागि भौगोलिक हिसाबले पनि नेपाल उपर्युक्त छ।’ काठमाडौंको सोल्टी क्राउन प्लाजामा दुई दिन भएको सम्मेलनमा सात सय विदशी पाहुना सहभागी थिए।

नेवानिको बोइङ न उडान, न बिक्री

अन्तर्राष्ट्रिय उडान गर्ने बी ७५७–२०० सिरिजको एक सय ९० सिट क्षमताको बोइङ बिक्री गर्ने कि उडाउने भनेर निर्णय गर्न नसक्दा निगमलाई आर्थिक भार बढिरहेको छ। जहाजलाई हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा घाम तपाएर राखिएको छ, जसले गर्दा मासिक पार्किङ शुल्कमात्रै १८ देखि २० लाख रुपैयाँ तिर्नुपर्छ।

कन्सुलर सेवा आधा घन्टामै

तनहुँका एक युवकको २०७३ सालमा कतारमा मृत्यु भयो। उनकी पत्नीले रोजगारदाता कम्पनीसँग क्षतिपूर्तिका लागि पहल गरिन् तर लामो समयसम्म प्राप्त भएन। गत वैशाखमा उनले कन्सुलर विभागको अनलाइन प्रणालीमार्फत आवेदन गरिन्। त्यसको दुई दिनमै जवाफ आयो– सात हजार पाँच सय रियल परराष्ट्र मन्त्रालयमा पठाइएको छ, थप रकमका लागि पहल जारी छ।

चार दिन देखिको तालाबन्दिले नगरपालिकाको सेवा प्रवाह प्रभावित

छायानाथ रारा नगरपालिकामा जनप्रतिनिधिहरु बीचको आपसी विवाद बढेपछि जनप्रतिनिधिहरुकै तालाबन्दीले चार दिनदेखि नगरपालिकाबाट प्रवाह हुने सबै सेवाहरु ठप्प भएका छन।

चार गुणा बढी तलबमा विदेशी पाइलट

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले चारवटा एअरबस (दुई न्यारो बडी र दुई वाइड बडी) जहाजको लागि १६ जना विदेशी प्रशिक्षक पाइलट नियुक्त गर्न लागेको छ। अहिले एअर बस उडाइरहेका नेपाली पाइलटको क्षमता हुँदाहुँदै तिनलाई छाडेर विदेशी रोज्दा निगमलाई मासिक करोडौं व्ययभार थपिन्छ।

५० पाइलट माग्दा २६ को मात्र आवेदन

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले रिक्त पाइलटको पदपूर्ति गर्न ५० जना माग गरेकोमा २६ जनाको मात्रै आवेदन परेको छ।

कर्मचारी बयान सकियो, बोर्ड सदस्यको धमाधम

अख्तियार दुरुपयोग अनुसन्धन आयोगले वाइड बडी खरिद प्रकरणमा जोडिएका नेपाल वायुसेवा निगमका कर्मचारीहरुको बयान लिएर भ्याएको छ।

रुम्जाटार विमानस्थल दुई वर्षदेखि ठप्प

दुई वर्षपहिले अवरुद्ध ओखलढुंगाको एकमात्र विमानस्थल रुम्जाटारबाट अझै हवाई उडान सञ्चालनमा आउन सकेको छैन। रुम्जाटारबाट नेपाल वायुसेवा निगम र विभिन्न निजी हवाई कम्पनीले उडान गर्दै आएका थिए।

अछाम–धनगढी हवाई सेवा सुचारु, यात्रा १७ मिनेट

अछामको साँफेबगर र कैलालीको धनगढी पहिलो पटक हवाई सेवामा जोडिएका छन्। साँफेबगर बिमानस्थल कालोपत्रे भएपछि शुक्रबारबाट पहिलो पटक हवाई सेवा सुरु भएको हो। समिट एयरद्धारा पहिलो पटक धनगढीदेखि साँफेबगरसम्मको दोहोरो उडान भर्न सुरु गरेको छ।

प्रभावकारी बन्दै मोबाइल स्वास्थ्य कार्यक्रम

मातृ तथा नवजात शिशुको सुरक्षाका लागि जिल्लामा सञ्चालित मोबाइल स्वास्थ सेवा कार्यक्रम प्रभावकारी बन्दै गएको छ। मातृ तथा नवजात शिशुको मृत्युदर तथा घरमै प्रसूति हुने महिलाहरूको सङ्ख्यालाई शून्यमा पु-याउने उद्देश्यले धादिङमा मोबाइल स्वास्थ्य कार्यक्रम सञ्चाको छ।

निगम हतारै गर्दैन कोरिया र जापान उडानमा

नेपाल वायुसेवा निगमले लामो गन्तव्यमा उडाउन दुइटा वाइड बडी विमान खरिद गरेको छ। ती विमानलाई दक्षिण कोरिया, जापान, चीन, साउदी अरेबिया लगायत देशमा उडाउने भनिएको छ। तर, विमान खरिद गरिएको १० महिना पुग्दासमेत गन्तव्य नहुँदा न्यारो बडीकै गन्तव्यमा उडिरहेका छन्।

सवा लाख कुखुरा नष्ट

मुलुकका तीन जिल्लामा पालेका कुखुरामा बर्डफ्लूको संक्रमण देखिएको छ। मकवानपुर, काठमाडौं, पोखरामा बर्डफ्लूको संक्रमणले धमाधम कुखुरा मरेका छन्। कुखुरा मर्न थालेपछि शंका लागेर परीक्षण गर्दा बर्डफ्लू भाइरस एच५एन१ संक्रमण भएको पुष्टि भएको पशु सेवा विभागले जनाएको छ।

वक्यौता रकम खै?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले विमानस्थल परिसर भित्र  व्यवसायिक प्रयोजनका लागि भएका सम्झौता तथा वायु सेवा कम्पनीहरूले बुझाउन बाँकी रहेको वक्यौताप्रति संसद्को सार्वजनिक लेखा समितिले चासो देखाएको छ।

निजीका कर्मचारी पाइलट

नेपाल वायुसेवा निगमले ‘वाई१२–ई’ जहाज उडाउन निजी दुई वायुसेवा कम्पनीमा कार्यरत व्यक्तिलाई नियुक्त गरेको छ। निजी क्षेत्रको मकालु एअरमा अध्यक्ष र सीता एअरको प्रशिक्षक पाइलट रहेका फिजुनाथ नेपालीलाई निगमले पाइलट नियुक्त गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्