सडक पेटीबाट वृद्धको उद्धार
मानवसेवा आश्रम काठमाडौँले सिनामङ्गलस्थित सडक पेटीबाट एक असहाय वृद्धको उद्धार गरेको छ। खुकुलाल महर्जन नाम बताउने अन्दाजी ८० वर्षीय वृद्धलाई गएराति १२ बजे उद्धार गरिएको र अहिले उनलाई सामाखुशीस्थित आश्रममा राखिएको छ।
मानवसेवा आश्रम काठमाडौँले सिनामङ्गलस्थित सडक पेटीबाट एक असहाय वृद्धको उद्धार गरेको छ। खुकुलाल महर्जन नाम बताउने अन्दाजी ८० वर्षीय वृद्धलाई गएराति १२ बजे उद्धार गरिएको र अहिले उनलाई सामाखुशीस्थित आश्रममा राखिएको छ।
नेपाल वायुसेवा निगमले वाइड बडी एयरबसका लागि तालिममा पठाएका दुई पाइलट परीक्षामै असफल भएका छन्। बोइङ ७३७ का पाइलट राजन मानन्धर र सन्तोष शर्मालाई निगमले वाइड बडी विमान उडाउनको लागि तालिम गर्न सिंगापुर पठाएको थियो।
नेपाल वायुसेवा निगमले गन्तव्य विस्तारको लागि जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न अनुमति मागेको छ। यसअघि जापानकै ओसाका विमानस्थल उडान अनुमति मागेको थियो। तर, उक्त विमानस्थलका अनुमति पाउने वा नपाउने अझै टुंगो नलागेको निगमले जनायो।
धादिङको गजुरी गाउँपालिका वडा नम्बर ४, ढाडकुनाकी २१ वर्षीया ठमेली माया तामाङले सात महिनाअघि बच्चा पाउन नसकेर ज्यान गुमाइन्। गाउँमा स्वास्थ्यचौकी तथा टाढाको स्वास्थ्य संस्था जान एम्बुलेन्स नभएकै कारण उनले अकालमै ज्यान गुमाउनु पर्याे।
नेपाल वायुसेवा निगमले गन्तव्य विस्तारको लागि जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न अनुमति मागेको छ। यसअघि जापानकै ओसाका विमानस्थल उडान अनुमति मागेको थियो । तर, उक्त विमानस्थलका अनुमति पाउने वा नपाउने अझै टुंगो नलागेको निगमले जनायो।
भवन अभावमा खोटाङको रावाबेंसी गाउँपालिका कार्यालय व्यक्तिको घर भाडामा लिएर सञ्चालन भइरहेको छ। यसअघि रावाबेंसी वडा नम्बर २, खार्पामा रहेको गाउँपालिका कार्यालय वडा नम्बर १, कुभिन्डेको हरमटारमा सारिएपछि भवन अभाव भएको हो।
अधिकांश सांसदको प्रश्नमा संचालक समितिका सदस्यले संचालक समितिलाई जानकारी नभएको, भएका निर्णय व्यवस्थापनले गरेको जस्ता जवाफ दिएर उम्किन खोजे। सोधिएको प्रश्नको जवाफ प्रस्ट सँग नपाएपछि सांसदहरु आक्रोशित बन्दै गएका थिए। त्यहि आक्रोशको पोको खोले कांग्रेस सांसद मिनेन्द्र रिजालले।
संसद्को सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमका दुई जहाज मर्मतसम्बन्धी ठेक्का प्रक्रियामा न्यून बोलकबोल गर्ने कम्पनीलाई छनोट गर्न निर्देशन दिएको छ। समितिको साेमवारको बैठकले एयरबस ए ३३०–२०० र एयरबस ए ३२० मर्मतका लागि न्यून बोलकबोल गर्ने कम्पनीलाई नदिई बढी प्रस्ताव गर्नेलाई दिन लागिएको भन्दै त्यस्तो नगर्नसमेत निगमलाई निर्देशन दिएको हो।
इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकले एक वर्षभित्र मुलुकभरका १० हजार सार्वजनिकस्थलमा निःशुल्क वाइफाई दिने भएको छ। सार्वजनिकस्थलमा सेवा दिने उद्देश्यले सुरु गरेको योजनालाई मुलुकभर विस्तार गर्न लागेको कम्पनीले जनाएको छ। वर्ष दिनभित्र मुलुकभरका सार्वजनिकस्थलमा निःशुल्क वाइफाई सेवा उपलब्ध गराउन लागेको वल्र्डलिंकका निर्देशक लक्ष्मण यादवले बताए।
नेपाल वायुसेवा निगमसँग चार थान ‘वाई१२–ई’ जहाज छन्। यी जहाज नउडेको शनिबार ३८ दिन पुग्यो। दुर्गम क्षेत्रमा उडाउन चीनबाट ल्याइएका यी जहाज निगमको कमजोर व्यवस्थापनका कारण थन्किन पुगेका हुन्।
आधुनिक प्रविधिको विकास भएसँगै हुलाक सेवा ओझेलमा परेको छ । विगतमा सञ्चारको भरपर्दो माध्यम मानिने हुलाक सञ्चारको प्रविधिको विकास भएसँगै ओझेलमा पर्यो । कुनै बेला बिहान दस बजेदेखि बेलुकासम्म भीडभाड हुने काठमाडौं गोश्वारा हुलाक अचेल सुनसान देखिन्छ ।
दुर्गम क्षेत्रमा उडान गर्ने नेपाल वायुसेवा निगमका चार थान ‘वाई१२–ई’ जहाज तीन महिनादेखि ग्राउन्डेड छन्। यसअघि पाइलट नभएकाले जहाज उडाउन नसकिएको बताउने निगमले अहिले पाइलट भएर पनि जहाज उडाएको छैन्।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ लाई बेवास्ता गरिँदा यतिखेर एकातिर केन्द्रीकृत सरकारी निकायलाई सेवा प्रदान गर्न र अर्कोतर्फ सेवाग्राहीलाई सेवा लिन कठिन भएको हो।
सरकारले करिब आधा दर्जन प्रशासन कानुन बनाउन प्रक्रिया अघि बढाएको छ। संघीय सरकारले संघीय निजामती सेवा ऐन २०७५ संसद्मा लगेको छ भने अन्य ६ वटा प्रशासन कानुनको मस्यौदा तयार गरेको छ। सातवटा प्रदेश सरकार र ७ सय ५३ स्थानीय सरकारले बनाउने प्रशासन कानुनसम्बन्धी एकरूपता ल्याउन संघीय सरकारले प्रदेश निजामती सेवा मापदण्ड र स्थानीय सेवा मापदण्ड तयार गरेको हो।
कामना सेवा विकास बैंक लिमिटेडले भिसा डेबिट कार्ड सेवा सञ्चालनमा ल्याएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष सुदिप आचार्यले रिबन काटेर उक्त सेवा सुरु गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ ।