ट्याक्सी व्यवसायीद्वारा भाडा समायोजन गर्न सरकारलाई दबाब
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ७ वर्षयता यति धेरै मूल्यवृद्धि हुँदा पनि सरकारले ट्याक्सी भाडादर समायोजन नगरेको भन्दै आपत्ति जनाए।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ७ वर्षयता यति धेरै मूल्यवृद्धि हुँदा पनि सरकारले ट्याक्सी भाडादर समायोजन नगरेको भन्दै आपत्ति जनाए।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा ऐनको आधार र मापदण्ड बनाउने कामलाई तीव्रता दिएको बताएका छन्।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालय शिक्षाको व्यवस्थापनको जिम्मेवारी स्थानीय तहको भए पनि शिक्षक भर्तीको काम शिक्षक सेवा आयोगको प्रक्रियाबाट हुनुपर्ने बताएका छन्।
प्रसूति सेवामा कार्यरत अनमी तथा स्टाफ नर्सलाई मिडवाइफरी जनशक्तिमा रुपान्तरण गरिने भएको छ। मिडवाइफरी जनशक्ति अभावले सुरक्षित मातृत्व तथा प्रसूति सेवा सफल हुन नसकेपछि सो नीति लिइएको हो। राजधानीमा आयोजित तेस्रो मिडवाइफरी सम्मेलनलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतका परिवार कल्याण महाशाखाका प्रमुख आरपी विच्छा र नर्सिङ महाशाखाकी प्रमुख रोशनी ट्वीट्वीले सो बताएका हुन्।
कामना सेवा विकास बैंकले विविध विशेषता भएको परिमार्जित, आधुनिक र सरल मोबाइल बैंकिङ भी भाइभ सेवा सञ्चालनमा ल्याएको छ। ग्राहकको समयसापेक्ष आवश्यकता र प्रतिस्पर्धी बजारलाई मध्यनजर गर्दै हाल सञ्चालनमा रहेको सेवामा केही सुविधा थप गरी सो सेवा सार्वजनिक गरिएको बैंकले जनाएको छ।
विद्यालय जाने उमेर समूहका आफ्ना बालबालिकालाई विद्यालय नपठाउने अभिभावकलाई बर्दियाको एक नगरपालिकाले नगरबाट दिने सेवासुविधाबाट वञ्चित गर्ने भएको छ।
प्रदेश लोकसेवा सम्बन्धी विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भएपछि प्रदेश निजामती सेवा, प्रदेशका अन्य सरकारी सेवा, प्रदेश संगठित संस्थाको सेवा र स्थानीय सेवाको पदमा कर्मचारी नियुक्तिका लागि आयोगले परीक्षा लिनेछ।
प्रसूति सेवा लिन स्वास्थ्य संस्था नगएपछि ०७४/७५ मा नाम्खा गाउँपालिकाका स्वाथ्य चौकीमा सुत्केरी र प्रसूति महिलाका लागि आएको ४ लाख ५२ हजार रुपैयाँ फ्रिज भएको छ।
प्रदेश ५ मा लोकसेवा आयोगसम्बन्धी विधेयक संसदमा पेस भएको छ। संविधानको धारा २४४ मा प्रदेश लोकसेवा आयोग गठनसम्बन्धी व्यवस्था छ।
नेपाल वायु सेवा निगमले २ वाइड बडी जहाज खरिद गर्दा भएका अनियमितता छानविन गर्न सरकारले उच्चस्तरीय आयोग गठन गरेको ४ महिना पुगिसके पनि प्रतिवेदन आउन सकेको छैन। प्रतिवेदन नआएको मात्र होइन, आयोगका सदस्य नै यसबारे बेखबर छन्। सरकारले २०७५ पुस १९ गते पूर्वमुख्य न्यायाधीश गोविन्दप्रसाद पराजुलीको नेतृत्वमा ३ सदस्यीय शक्तिशाली छानबिन आयोग गठन गरेको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले ४५ दिनभित्र आयोगले प्रतिवेदन दिने घोषणा गरेका थिए। अहिले उनैंलाई थाहा छैन कि आयोग के गर्दैछ।
नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) ले पूर्वकोषाध्यक्ष प्रमोद वज्राचार्यको स्मृतिमा प्रदान गरिने राष्ट्रिय सेवा सम्मान नेपाल महिला राष्ट्रिय क्रिकेट टोलीकी सदस्य कविता कुँवरलाई प्रदान गरेको छ।
राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालका आधा दर्जनभन्दा बढी उपकरण बिगे्रपछि सेवा प्रभावित भएको छ। अस्पतालका अनुसार अत्यावश्यक फलोरस्कोपी (पेटको रोग पत्ता लगाउने) मेसिन, अल्ट्रासाउन्ड, एक्स–रे, इन्डोस्कोपी, चार वटा हेमोडाइलोसिस मेसिन, सिटिसक्यान मेसिन, इनएनटी माइक्रोसकोपी, ७ वटा भेन्टिलेटर मेशिन, १५ वटा डेन्टल चियर बिग्रेका छन्।
स्थानीय तहहरुले रिक्त कर्मचारी दरबन्दीको विवरण शुक्रबारसम्म संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाइसक्नु पर्ने भएको छ। प्राप्त विवरणका आधारमा मन्त्रालयले रिक्त पदमा कर्मचारी पूर्तिका लागि लोकसेवा आयोगलाई विज्ञापन आह्वान गर्न भन्ने छ।
नेपाल टेलिकमले प्रिपेड मोबाइलमा अन्तर्राष्ट्रिय रोमिङ सेवा सञ्चालनमा ल्याएको छ। प्रारम्भमा यो सेवा भारत र चीनमा लागू हुनेछ।
एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र लक्ष्मी बैंक लिमिटेडबीच जीवन बिमा सेवासम्बन्धी सम्झौता भएको छ।