९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

ट्याक्सी व्यवसायीद्वारा भाडा समायोजन गर्न सरकारलाई दबाब

काठमाडाैं - उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका महासचिव पूर्णलाल मोक्तानले तत्काल टयाक्सी भाडादर समायोजन गर्न सरकारलाई दबाब दिएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ७ वर्षयता यति धेरै मूल्यवृद्धि हुँदा पनि सरकारले ट्याक्सी भाडादर समायोजन नगरेको भन्दै आपत्ति जनाए। महासचिव मोक्तानले ट्याक्सी चालकहरुलाई प्रशिक्षण दिने व्यवस्था गर्न व्यवसायीहरुको पनि गम्भीर ध्यानाकर्षण गराए। ट्याक्सी व्यवस्थापनका लागि पनि सरकारले उचित व्यवस्था गर्नुपर्ने पनि व्यवसायी तथा चालकहरुको माग छ।

कार्यक्रममा यातायात व्यवस्था विभागका महानिर्देशक कुमार दाहालले भाडादर समायोजनमा ढिलाइ नगर्ने प्रतिबद्धता व्यक्त गरे। उनले व्यवसायीलाई मापदण्डभित्र रहेर मात्रै सञ्चालन गर्न पनि सचेत गराए। भाडादर समायोजनसम्बन्धी समस्या तत्काल समाधान हुन्छ,’ महानिर्देशक दाहालको भनाइ थियो।’ तर व्यवसायीहरुले मापदण्डभित्र रहेर सञ्चालन गरिदिनुप-यो।’ यातायात व्यवस्था विभागले वैज्ञानिक भाडादर निर्धारण गर्न समिति नै बनाएर कामलाई अघि बढाएको दाबी गर्दै आएको छ।

यसैबीच, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी वसन्तकुमार पन्तले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनमा सहयोग गर्न सम्बन्धित सबै पक्षलाई आह्वान गरे।

उनले ट्याक्सी चालक तथा व्यवसायीहरुले पनि काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने पनि स्पष्ट पारे। ट्राफिक प्रहरी ट्राफिक व्यवस्थापनमा लागि परिरहेकाले उनीहरुमाथि अभद्र व्यवहार नगर्न पनि एसएसपी पन्तले सबैलाई आग्रह गरे।

प्रकाशित: २७ वैशाख २०७६ ११:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App