काठमाडौं– एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र लक्ष्मी बैंक लिमिटेडबीच जीवन बिमा सेवासम्बन्धी सम्झौता भएको छ।
सम्झौतापत्रमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठ र बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहले हस्ताक्षर गरेका छन्।
अब लक्ष्मी बैंकको सबै शाखाबाट एसियन लाइफले प्रचलनमा ल्याएको जीवन बिमा योजना खरिद गर्न सकिने जारी विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित: १६ वैशाख २०७६ ०६:२३ सोमबार