५ आश्विन २०८१ शनिबार
image/svg+xml

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः जहाजसँग चरा ठोक्कियो, कुचोले बढारेर धावनमार्ग सफा गरियो

गत आइतबार ७२ जना यात्रुको ज्यान जानेगरि पोखरामा यती एयरलाइन्सको ९एन एएनसी कल साइनको एटिआर७२–५०० सिरिजको जहाज दुर्घटनामा प¥यो। दुर्घटनाको कारण अहिलेसम्म पहिचान भएको छैन। त्यही घटना सेलाउन नपाउँदै सोमबार फेरि अर्काे हवाईजहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा पर्नबाट जोगिएको छ। अवतरणको क्रममा चरासँग जहाज ठोक्किएको थियो। तर, त्यसले मानवीय र भौतिक क्षति भने पुगेन।

यती एयर दुर्घटना: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति आशंका उब्जिने खतरा

विमानस्थलका भौतिक पूर्वाधार बेलैमा निर्माण सम्पन्न भए पनि सञ्चालनका बेला गरिएको हतारोले नागरिकप्रति गुनासो थियो। वर्षाैंअघि गर्नुपर्ने काम पनि पूरा नगरी अन्तिममा हतारहतार गरिनुले सरकारी निकायप्रति नागरिकले प्रश्न उब्जाएका थिए।

दुर्घटनामा नपरेको भए १० सेकेन्डमा जहाजले धावनमार्ग ‘टच’ गर्दैथ्यो (अपडेट)

अन्तिम १० सेकेन्ड मात्र जोगाउन नसक्दा काठमाडौंबाट पोखरा आउँदै गरेको जहाज दुर्घटनामा परेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल श्रोतका अनुसार आइतबार यो जहाज पश्चिमतिरबाट अवतरण गर्दैगर्दा दुर्घटनामा परेको हो ।

यति एयरलाइन्स दुर्घटनाबारे जानकारी लिन त्रिभुवन विमानस्थल पुगे प्रधानमन्त्री र गृहमन्त्री

पोखरामा भएको यति एयरलाइन्सको एटिआर–७२ जहाज दुर्घटनाको जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री रवि लामिछाने त्रिभुवन विमानस्थल पुगेका छन्।

पोखराका वर्षभरिका हवाई यात्रु झन्डै नौ लाख

सामान्य अवस्थामा दिउँसो चारबजे अघि नै सबै उडान सकिसक्नुपर्ने, धानवमार्ग छोटो हुँदा पूर्ण भार क्षमतामा यात्रु बोक्न नसक्नु, सबै हवाई कम्पनिका जहाज आउजाउ गर्न नसक्नु जस्ता समस्याका बाबजुत पनि पोखराले वर्षभरिमा झन्डै नौलाख हवाई यात्रुलाई सेवा दिएको छ। सन् २०२२ मा सबैगरि ८ लाख ८३ हजार ५ सय ३६ जना हवाई यात्रुलाई पोखराको विमानस्थलले सेवा दिएको हो। ती हवाई यात्रुमध्ये ८१ हजार १ सय ७६ जना विदेशी हुन्।

माघे संक्रान्तिदेखि इलाम–काठमाडौं उडान

इलाम सदरमुकामस्थित फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको गतवर्ष स्थगित उडान पुनः चालु गरिने भएको छ।

खराब मौसमका कारण नेपालगञ्जबाट हुने दैनिक उडान प्रभावित

हुस्सु र शितलहरका कारण नेपालगञ्ज विमानस्थलबाट पहाडी भेगमा हुने दैनिक उडान प्रभावित बन्न थालेका छन्।

रेसुङ्गा विमानस्थलमा परीक्षण उडान

गुल्मीको रेसुङ्गा विमानस्थलमा परीक्षण उडान सम्पन्न भएको छ। रेसुङ्गा नगरपालिकासँगको सहकार्यमा तारा एअरको परीक्षण उडान सफलतापूर्वक सम्पन भएको हो।

६८ करोड लगानीमा पोखरामा हवाई इन्धन डिपो

पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरु भएपछि नेपाल आयल निगमले विमानस्थलमा करिब ६८ करोड रूपैयाँ खर्चिएर हवाई इन्धन डिपो निर्माण गर्ने भएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्ने सरकारको निर्णय

बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले विमानस्थलको भरपुर प्रयोगका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्न सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) गर्न पूर्वस्वीकृति दिने निर्णय गरेको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: सहज छैन खर्च धान्न

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पुरानाबाहेक नयाँ केही एयरलाइन्सले पनि उडान सुरु गरेका छन्। रात्रिकालीन उडान पनि भर्न सकिने भएकाले अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान संख्या केही थपिन सक्छ। त्यसले विमानस्थलको आम्दानी पक्कै बढ्नेछ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने पहिलो एयरक्राफ्ट हिमालय एअरलाइन्स्

एयरलाइन्सले बिहान १३ः११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) काठमाडौंबाट उडान भरेर १३ः४४ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (पीआईए) मा अवतरण गरेको थियो।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले आर्थिक समृद्धीको ढोका खोल्योः उपमहासचिव गुरुङ

आईतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन पश्चात उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी पर्यटक ल्याउनको लागि अन्य पर्यटन पूर्वाधारहरु निर्माण गरी पर्यटकको माध्यमबाट आर्थिक समृद्धि हासिल गरी गरिबी निवारण गर्ने ढोका खुलेको बताएका हुन्।

पोखरेली पुलकित: अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा, अन्तर्राष्ट्रिय उडान भने भएन

लामो संघर्षपछि आफ्नै आँगनमा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएपछि पोखरेली निकै खुसी देखिए। विमानस्थल उद्घाटनमा हजारौं पोखरेली सहभागी भए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्