१२ मंसिर २०८१ बुधबार
image/svg+xml

आइपिएलको मुख्य प्रायोजन संकटमा

भारत–चीन सीमा विवादपछि भारतमा शुक्रबार चाइनिज कम्पनीका उत्पादन बहिष्कार गर्ने चर्चा चुलिएसँगै इन्डियन प्रिमियर लिग(आइपिएल) मा चिनियाँ कम्पनीको मुख्य प्रायोजन संकटमा परेको छ ।

सामूहिक रुपमा कागतीको नर्सरी उत्पादन

खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका किसान सामूहिक रुपमा कागतीको बेर्ना उत्पादनमा लागेका छन् । हालसम्म छुट्टा–छुट्टै नर्सरी उत्पादनका काम गर्दै आएका तल्लो टोल बंगुर पालन कृषक समुहमा आवद्ध किसान गाउँपालिकाको आर्थिक सहयोगमा सामूहिक रुपमा कागतीको नर्सरी उत्पादनमा लागेका हुन् ।

जर्मनीको औद्योगिक उत्पादनमा १८ प्रतिशतको गिरावट

जर्मनीको औद्योगिक उत्पादन गत अप्रिल महिनामा १७ दशमलब ९ प्रतिशतले घटेको छ। युरोपकै सबैभन्दा ठूलो अर्थतन्त्र रहेको जर्मनीमा कोरोनाभाइरसको महामारीका कारण लकडाउन गरिएपछि औद्योगिक उत्पादनमा व्यापक ह्रास आएको सरकारी तथ्याङ्कमा उल्लेख छ।

विदेश जाने चिया गोदाममा

अर्गानिक उत्पादनको ख्याती कमाएका जिल्लाका टिस्टेटले उत्पादन गरेको चिया विक्रि हुन पाएको छैन । विभिन्न मुलुकमा निर्यात हुने चिया उत्पादको मुख्य सिजनमा बिक्री गर्न नसक्दा टिस्टेट तथा साना किसानलाई मजदुर, कर्मचारीको तलब लगायतका सुविधा, विद्युत, इन्धनको प्रबन्ध गर्न समेत समस्या हुने अवस्था आएको बताइएको छ ।

रसुवाको १६ स्थानमा आलुको बीउ उत्पादन सुरु

रसुवाको १६ स्थानमा आलुको बीउ उत्पादन सुरु भएको छ । जिल्लाको पाँचवटै गाउँपालिकाका कृषकलाई पूर्वमूल बीउ अनुदानमा दिएपछि मूल बीउ उत्पादन सुरु भएको हो ।

उत्पादन भएको चीज बिक्री भएन: १३ वर्षपछि डिडिसी पठाउन सुरु

नेपालको पहिलो चीज उत्पादन केन्द्रले गत वर्ष उत्पादन भएको चीज बिक्री नभएपछि खच्चडमा बोकाएर दुग्ध विकास संस्थान (डिडिसी) मा लैजाने कार्य अघि बढाएको छ। विगत १३ वर्षदेखि केन्द्रले उत्पादन भएको चीज स्थानीय स्तरमा नै बिक्री गर्दै आएको थियो। त्यो भन्दा पहिले डिडिसीमा नै लगिन्थ्यो।

लाङटाङ चीज उत्पादन केन्द्रद्वारा चीज उत्पादन सुरु

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४, क्यान्जिनमा रहेको लाङटाङ चीज उत्पादन केन्द्रले चीज उत्पादन सुरु गरेको छ । यसअघि बैशाख १ गतेबाट चीज उत्पादन गर्दै आएको भएपनि यसपटक लकडाउनका कारण ढिलो गरी उत्पादन सुरु गरेको हो ।

गरिब र उत्पादनमुखी बजेटको खाँचो

आगामी बजेट लोकतन्त्रको लडाइँमा सधैँ अगाडि तर प्रतिफल पाउने कार्यमा पछाडि परेका वर्ग समेटिने गरी कृषि, रोजगारी र गरिबकेन्द्रित कार्यक्रमका रूपमा आउन आवश्यक छ।

रसुवामा चीज उत्पादन अनिश्चित

रसुवामा यो वर्ष चीज उत्पादन अनिश्चित बनेको छ । यसअघि जिल्लामा बैशाख १ गतेदेखि चीज उत्पादन हुँदै आएको थियो । लकडाउनका कारण जिल्लामा सञ्चालनमा हुँदै आएका छ वटै उत्पादन केन्द्र अहिले बन्द छन् ।

भारतको औद्योगिक उत्पादनमा व्यापक गिरावट

कोरोनाभाइरस रोकथामका लागि मुलुकलाई लकडाउन गरिएका कारण भारतमा गत अप्रिल महिनामा समग्र औद्योगिक उत्पादनमा भारी गिरावट आएको छ। लकडाउनका कारण भारतका अधिकांश उद्योग प्रतिष्ठानहरु बन्द गरिएपछि यस्तो अवस्था सिर्जना भएको हो।

खाद्य संकट समाधान गर्न गाउँपालिकाले ल्यायो स्थानीय कृषि उत्पादन कार्यक्रम

स्थानीय उत्पादनलाई बढावा नदिने हो भने यो वर्ष जस्तै देखिएका महामारीले खाद्य संकट निम्तने निश्कर्षसहित ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले ‘खाद्यान्न संकटको समाधान, स्थानीय कृषि उत्पादन’ भन्ने नारा तय गरेको छ ।

राहतमा कोदो

कास्कीकाे अन्नपूर्ण गाउँपालिकाले उदाहरणीय काम गरेको छ। अन्नपूर्णले स्थानीय उत्पादनमा जोड दिँदै दिगो विकासमा सघाउने रणनीति लिएको छ।

कृषि उत्पादन बढाउने अवसर

सरकारले कृषिमा निजी क्षेत्रलाई समेत आकर्षित गरी यान्त्रिकीकरण, आधुनिकीकरण र व्यवसायीकरण गर्नुपर्छ । कृषिमा आकर्षित गर्न किसानलाई अनुदान, कृषिबिमा, सुलभ ऋण, ब्याजदरमा अनुदान, किसान कल्याणका योजना, किसान पेन्सनका कार्यक्रम ल्याइनुपर्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्