२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

सामूहिक रुपमा कागतीको नर्सरी उत्पादन

बाँझेच्यानडाँडाका किसानले लगाएको कागतीको बेर्ना निरीक्षण गर्दै गाउँपालिका अध्यक्ष अर्जुन खड्का । तस्बिर :नागरिक

खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका किसान सामूहिक रुपमा कागतीको बेर्ना उत्पादनमा लागेका छन् । हालसम्म छुट्टा–छुट्टै नर्सरी उत्पादनका काम गर्दै आएका तल्लो टोल बंगुर पालन कृषक समुहमा आवद्ध किसान गाउँपालिकाको आर्थिक सहयोगमा सामूहिक रुपमा कागतीको नर्सरी उत्पादनमा लागेका हुन् । गाउँपालिकाले दुई लाख आर्थिक सहयोग गरेपछि किसानले ३० हजार बराबरको श्रमदान गरेर कागतीको नर्सरी लगाएको गाउँपालिकाकाका अध्यक्ष अर्जुन खड्काले बताए ।  

गाउँपालिका कृषि पर्यटनको बिकास गर्ने निती तथा कार्यक्रम कार्यन्वयनमा लागेको अवस्थामा बाँझेच्यानडाँडाका किसानले पहिलो चरणमा कागतीका ४० हजार बेर्ना उत्पादन गर्ने लक्ष्य लिएका छन् । हाल किसानले कागतीको नर्सरीको जराको विकासका लागि जर्खराउने (उखालेर पुनः माटो खुकुलो पारेर रोप्ने विधि) काम गरिरहेका छन् । कागतीको बेर्ना उत्पादन, कागतीको खेती विस्तार एबं बिक्रीका लागि समुहमा आवद्ध २२ किसानले प्लाष्टिकको टनेलाभित्र कागतीको बेर्ना हालेको गाउँपालिकाका कृषि शाखा संयोजक गणेश राईले बताए ।  

गाउँपालिकाको सहयोगमा स्थानीय किसान चिया, नासपाती र कफीको बेर्ना उत्पादनमा समेत लागेका छन् । साकेला गाउँपालिका–३ खिदिमामा चिया, साकेला गाउँपालिका–४ मात्तिममा अनार र साकेला गाउँपालिका–२ रतन्छामा नासपातीको नर्सरी लगाइएको छ । हरेक नर्सरी उत्पादन सफल भएकाले चिया, कागती, नासपाती र कफीको बेना अन्यत्र खोज्नुपर्ने वाध्यता अन्त्य भएको गाउँपालिका अध्यक्ष खड्काले बताए । 

प्रकाशित: ३ असार २०७७ १४:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App