११ मंसिर २०८१ मंगलबार
image/svg+xml

चेपाङ बस्तीमा विद्यालय बनाउन जापानको सहयोग

मकवानपुरमा विद्यालय बनाउन भन्दै जापान सरकारले एक करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ। अति सीमान्तकृत समुदायको रुपमा रहेको चेपाङ बाहुल्य विकट राक्सिराङ गाउँपालिका–२ सरिखेतको कुडुलेमा रहेको प्रजा प्रगति आधारभूत विद्यालयको भवन बनाउन जापानी राजदूतावासले एक करोड रुपैयाँ सहयोग गर्ने सम्झौता गरेको हो।

यसरी हुँदैछ दिनानुदिन चुरे दोहन

चुरेको फेदीमा रहेका बस्तीहरुले वन क्षेत्र तथा चुरे क्षेत्रको दोहन गर्ने गरेको तथा अन्य क्षेत्रबाट पनि चुरेको दोहनले चुरे क्षेत्रकै बस्तीलाई समस्या भइरहेको देखिएको छ। जुन बस्तीको कारण चुरेको दोहन बढेको हो र जुन क्षेत्रले आफ्नै अगाडि चुरेको दोहन हुँदा पनि संगठितरुपमा दोहन हुनबाट रोक्न कुनै प्रयास नगरेको हो तिनै क्षेत्र उच्च जोखिमा रहेको देखिएको छ।

अव्यवस्थित सडक निर्माणले बस्ती जोखिममा

एक महिनाअघि सुनकोसी गाउँपालिका–३ सिस्नेरी भन्ज्याङदेखि वडा नम्बर २ दिपसिङ जोड्ने मोटरबाटो खनियो। सोही मोटरबाटोका कारण वडा नम्बर ३ खानिगाउँका १० घर जोखिममा परेका छन्।

बगर बन्दै धुर्सेनी बस्ती

रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–११, मङ्गरा गाउँबाट दिनहुँ झर्ने पहिरोका कारण धुर्सेनी बस्ती बगरमा परिणत हुन थालेको छ। यस वर्ष वर्षा शुरु भएसँगै अविरल रुपमा झर्ने पहिराले यहाँको बस्ती र उत्पादनयोग्य खेतबारी बगरजस्तै देखिन थालेका हुन्।

अर्गानिक गाउँबस्ती

मेरा एक साथीलाई खाना नपच्ने समस्या थियो। विभिन्न स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण तथा अनेक औषधि सेवन गर्दा पनि उनको स्वास्थ्यमा सुधार हुन सकेको थिएन। एक दिन उनी घर आएका बेला छिमेकीसँगको भेटघाट र भलाकुसारीका क्रममा गाउँका एकजना वृद्ध आमाले भाङको तेलमा कोदोको पिठो भुटेर खाली पेटमा हप्ता दिनसम्म खान सल्लाह दिइन्। बिरामीले आमाको सल्लाहअनुसार गरे। उनको स्वास्थ्यमा क्रमिक सुधार आयो। कोदो र भाङको तेलमा के शक्ति थियो, त्यसको वैज्ञानिक कारण त थाहा भएन। तर कोदो र भाङो तेलले उनमा देखिएको वर्षांैको समस्या समाधान भयो।

' कहिल्यै निको नहुने घाउ'

एघार वर्षअघि पूर्वी तटबन्ध भत्काएर बस्तीमा पसेको सप्तकोसी नदीले फेरि कुनै पनि बेला बिनाशलिला मच्याउन सक्ने त्रासमा छिन् कोसी गाउँपालिका ३ कि ६० वर्षीया तिलेश्वरी यादव। हरेक वर्ष बर्खा लागेपछि नदीहरूमा पानीको बहाव बढ्नु स्वाभाविकै हो तर सप्तकोसी नदीमा पानी बढ्नासाथ उनी चिन्तित हुन्छिन्।

एकीकृत बस्ती ठड्याउँदै थाक्लेवासी

बर्खे भलबाढी र खेतीपातीको चटारोका बीचमा पनि मेलम्ची नगरपालिका–१२ बाँसबारी थाक्लेका भूकम्पप्रभावितहरू यतिखेर एकीकृत बस्ती ठड्याउन जुटिरहेका छन्। घरभित्रै शौचालय, खानेपानी धारा र आँगनमै मोटर पुग्ने सडक सुविधा पाइनेगरी उनीहरू ३१ धुरीको एकीकृत बस्ती ठड्याउन लागिपरेका हुन्। हेलम्बु मार्गको बाहुनेपाटी बजार छाडेर ६ किलोमिटर कच्ची सडक छिचोल्दै थाक्ले पुग्दा आसपासका स्थानीय रोपाइँमा व्यस्त थिए। कतै धान रोपाइँको मैजारे हुँदै थियो त कतै कोदो रोप्ने चटारो देखिन्थ्यो। त्यस्तो अवस्थामा पनि त्यहाँका तामाङ समुदाय भने भूकम्पले ढालेको बस्ती जुरुक्कै ठड्याउने हतारोमा देखिन्थ्यो। ‘वर्ष दिनको मिहिनेतपछि अब बस्ती ठडिनै लाग्यो,’ थाक्ले एकीकृत बस्तीका अध्यक्ष खिलबहादुर तामाङले भने।

एकीकृत बस्ती ठड्याउँदै थाक्लेवासी

झुम्म देखिए पनि सडकसहितको फराकिलो आँगन। ‘इन्टरलक’ ईँटाका एकनासका घर। हरियो जस्तापाताको छाना। यतिमै बस्ती सुन्दर देखिन्छ।

खोलाले आफ्नो पुरानै बाटो खोज्यो (भिडियो)

केही दिनअघि परेको अविरल वर्षाका कारण आएको केही दिनअघि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट ९० जनाको ज्यान गयो भने २९ जना बेपत्ता छन्। बाढीका कारण देशभर ठूलो धनजनको क्षति भयो। पहाडमा पहिरो र तराई डुबानको चपेटामा पर्यो। यसपटकको बाढीले काठमाडौं र यस आसपासका क्षेत्रमा पनि असर गर्यो। ठूलो क्षति भएको क्षेत्र हो, कलंकी, नख्खु र बल्खु। जहाँ करोडौंको धनमालमा क्षति पुग्यो भने हजारौं मानिस प्रभावित भए। मुलपानीमा तीन जनाको मृत्यु नै भयो।, पहिरो र डुबानबाट ९० जनाको ज्यान गयो भने २९ जना बेपत्ता छन्। बाढीका कारण देशभर ठूलो धनजनको क्षति भयो। पहाडमा पहिरो र तराई डुबानको चपेटामा पर्यो। यसपटकको बाढीले काठमाडौं र यस आसपासका क्षेत्रमा पनि असर गर्यो। ठूलो क्षति भएको क्षेत्र हो, कलंकी, नख्खु र बल्खु। जहाँ करोडौंको धनमालमा क्षति पुग्यो भने हजारौं मानिस प्रभावित भए। मुलपानीमा तीन जनाको मृत्यु नै भयो।

बालविवाहलाई वैधानिकता दिन्छन् स्थानीय निकाय

हुम्लाका ग्रामीण बस्तीहरुमा अझै बालविवाह हुने गरेको छ। उमेर नपुग्दै सानै उमेरमा बालबालिका प्रेममा परेर विवाह गर्ने पाइएको छ। जिल्लाको दक्षिण क्षेत्रमा रहेको सर्केघाड गाउँपालिका–८ का वडाध्यक्ष ट्यारे रोकायाले बालविवाहलाई वैधानिकता दिएका छन्।

राहतका लागि हारगुहार, स्थानीय सरकारको तयारी फितलो

जिल्लाका विभिन्न नदीमा शुक्रबार राति आएको बाढी गाउँबस्तीमा पस्यो। घरखेत डुबानमा परे। पीडितले उद्धार र राहतका लागि स्थानीय सरकारलाई गुहारे। तर स्थानीय सरकारसँग विपद् व्यवस्थापनसम्बन्धी तयारी नहुँदा बाढीपीडित घन्टौं उद्धारको पर्खाइमा बस्न बाध्य भए।

सुकुमबासी बस्तीको सदाबहार बाढी दु:खान्त (भिडियो)

कमलानदीको पूर्वी सिँचाई नहर प्रणाली र कमलानदीको बीचमा लहरै छाप्रोहरु छन्। पूर्वपश्चिम राजमार्गको उत्तरपट्टी गहिँरो सार्वजनिक जग्गामा रहेका एउटा छाप्रोमा उद्ध्व राईको सात परिवार बस्दै आएका छन्। ०५९ सालदेखि यसै ठाउँमा बस्दै आएका राई शनिबार पहिलो पटक छाप्रोबाट बिस्थापित भएर पूर्वपश्चिम राजमार्गको उत्तरी किनारमा आश्रय लिन बाध्य भए। कमलानदीको भेल बस्ती पसेर घर डुबाउँदा ज्यान जोगाउन उनी परिवारसहित सडकमा आएका हुन्।

ढलको निकास थुनिँदा बस्ती डुबानमा

अर्बौं बजेट खर्च गरेर आयोजना सञ्चालन भए पनि डुबान समस्या समाधान नहुँदा नेपालगन्जवासीका लागि ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ भनेझैं भएको छ।

परनिर्भर बन्दै गाउँबस्ती

म सानो थिएँ। घरको नजिक चौर थियो। सूर्य अस्ताउने समयमा घरको छतमा उभिएर मुखियाले डाको लगायो। गाउँले छिनमै चौरमा जम्मा भए। दुई घन्टासम्म छलफल भयो। छलफलबाट कुलो निर्माण गर्ने निर्यण भयो। बिहान प्रत्येक घरबाट गाउँले घरेलु औजारहरू जस्तैः घन, साबेल, कोदालो आदि बोकेर कुलो निर्माण गर्नतिर लागे। महिनौँ दिनसम्म श्रमदान गरेर ७ किलोमिटर कुलो खने।

माझी बस्तीमा नदीको पानी

माझीबस्ती रहेको खोटाङको बडहरेस्थित घोपाटारमा दूधकोसीको पानी तानेर सिँचाइको प्रयास थालिएको छ। हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेको घोपाटारमा करिब ९० मिटर तल रहेको दूधकोसीको पानी निकालेर सिँचाइको प्रयास थालिएको हो। नगरपालिकाको दुई लाख ४० हजार र समुदायको लगानीमा १० हर्सपावरको डिजेल पम्पले पानी तानेर माझीबस्तीमा निकाल्ने योजनाको काम थालिएको वडाध्यक्ष किशोर बस्नेतले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्