११ मंसिर २०८१ मंगलबार
image/svg+xml

रौतहटको मौलापुर नमुना दलित बस्ती हस्तान्तरण गर्दै राष्ट्रपति

रौतहटको मौलापुर नगरपालिकाको मौलापुरमा मंगलबार नमुना दलित बस्ती सम्बन्धित समुदायलाई हस्तान्तरण गरिँदैछ। राष्ट्रपति विद्यादेवि भन्डारीले घर र लालपुर्जा एक साथ हस्तान्तरण गर्ने र दलित बस्तिको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

माझी महिलाले ठड्याए एकीकृत बस्ती

अविरल बहिरहेको इन्द्रावती नदी। नदी किनारनजिक सालको घना जंगल। हरियो जंगलको बीचमा हरियै रंगका जस्तापाताले सजिएका घरहरू। आधा रातो–कलेजी र आधा सेतो पोतिएका भित्ता। आधुनिक ‘युपिभिसी’ र ‘पिभिसी’ झ्याल, ढोकाजडित संरचना। हरियालीबीच हरियो, रातो–कलेजी र सेतो मिश्रणले रंगिन बनेर ठडिएको बस्ती टाढैबाट सुन्दर र चिटिक्क देखिन्छ।

थारू बस्तीमा धमाधम ‘भलवन्सा’ चुनिँदै

धनगढी उपमहानगरपालिका–६ जालीगाउँका थारू समुदायले भर्खरै झरीलाल चौधरीलाई आगामी वर्षका लागि भलवन्सा (गाउँका नेता) चुने। धनगढी–५ जाईका बासिन्दाले पनि कुलवीर चौधरीलाई भलवन्सा बनाए। गोदावरी–८ फकलपुरका लागि फुलाराम चौधरी नयाँ भलवन्सा बने। गोदावरी–८ मजगाउँमा नेतृत्व गर्ने जिम्मेवारी बुद्धिराम चौधरीलले पाए।

माझी बस्तीका ४६ घर उपयोगविहीन

सेतो रंग पोतिएको भित्तामा रातो–कलेजी घेरा। हरियो छाना। छानामाथि डिसहोमका एन्टेना। एउटै आकार र स्वरूपका झुरुप्प परेका घरहरूले टाढैबाट बस्ती चिटिक्क र सुन्दर देखिन्छ।

थारू समुदायमा माघी रौनक

थारू समुदायले जाँड कुल देउतालाई प्रसादका रूपमा चढाउनुका साथै पाहुना सत्कारमा पनि दिने गर्छन्। त्यही जाँडलाई मुख्य लयका रूपमा ढालिएको गीतले अहिले कैलाली कञ्चनपुरका थारू बस्ती गुञ्जयमान बनेका छन्।

थारु बस्तीमा माघीको रौनक

बाँके, बैजनाथ गाउँपालिका वडा नम्बर ७ टिटिहिरियाका बिनोद थारुको घरमा माघीको रमझम बेग्लै छ। एक साता अघिदेखि नै उनको परिवार माघीको तयारीमा जुटेको थियो। माघी नजिक आईसकेपछि भने टाढाका आफन्त, ईष्टमित्र जुटिसकेका छन्। घरलाई सिंगारेर चिटिक्क पारिएको छ। घरमा ढिंक्री, मासु, माछा, घोगी लगायत परिकार तयार गरिएको छ। ‘हाम्रो गाउँघर यतिबेला माघीमय बनेको छ, टाढा रहेका आफन्त, ईष्टमित्र जुटिसकेका छन्, माघीको उत्साह बेग्लै खालको छ,’ नागरिकसँग उनले भने।

हेलम्बुमा ठडिँदै एकीकृत बस्ती

शेर्पा र विक समुदाय समाजमा चलिआएको जातपातको भेदभावबाट धेरै माथि उठेर एकै थलोमा बस्ने बाचा गर्दै भूकम्पले तहसनहस बनाएको बस्ती ठड्याउँदै छन्।

चिटिक्क बन्यो थाक्ले एकीकृत बस्ती

चारवटा लहरमा ठडिएका मझौला आकारका एकै डिजाइनका घरहरू चिटिक्क देखिन्छन्। सबै घरमा लगाइएको हरियो रङको कर्कटपाताको छानाले चमक थपेकाले बस्तीको सुन्दरता झनै खुलेको छ। झट्ट हेर्दा उक्त बस्ती सैनिक ब्यारेकझैं लाग्छ।

महाकालीको कटानले भित्रि मधेशका बस्तीहरु जोखिममा

नेपाल भारत सीमावर्ती महाकाली नदीले गर्ने कटानका कारण भित्रि मधेश जोगबुढाका बस्तीहरु उच्च जोखिममा छन्। महाकाली नदीका साथै अन्य नदी र खोलाहरुको कटानका कारण भित्रि मधेस क्षेत्रको परशुराम नगरपालिका–६ का बस्तीहरु वर्षेनी उच्च जोखिममा पर्ने गरेका हुन्।

८ करोडको श्रमदान गरेर लाप्राक नमुना बस्तीबाट बाहिरियो सेना

उत्तरी गोरखाको धार्चे गाउँपालिका ४ स्थित लाप्राक नमुना बस्तीमा दुई वर्ष १० महिना पुनर्निर्माणको काम गरेर नेपाली सेनाले बुधबार (आज) बस्ती छाडेको छ। २०७२ बैशाख १२ मा केन्द्रबिन्दु बारपाक भएर गएको बिनासकारी भूकम्पमा ध्वस्त लाप्राक गाउँ पुनर्निर्माणको जिम्मा गैरआवासिय नेपाली संघ (एनआरएनए) ले लिएको थियो।

वन र बस्ती छियाछिया

मानव बस्तीमात्रै होइन, अवैध उत्खननको निसानामा हराभरा वनक्षेत्र पनि परेको छ। टीकाभैरव–लेले क्षेत्रमा रहेका देवीचौर सामुदायिक वन, दुम्सिडोल सामुदायिक वन र सिखर्पा राष्ट्रिय वनको सय रोपनीभन्दा बढी क्षेत्रफल अवैध उत्खननले सखाप भएको छ।

अझैं सुरु भएन एकीकृत बस्ती निर्माण

वर्ष बितिसकेको छ। भूकम्पका कारण क्षतिग्रस्त साढे सात हजार प्रभावितले घर निर्माण गरिसकेका छन्। बाँकीले पनि धमाधम घर निर्माण गरिरहेका छन्। तर, भूकम्पका कारण बस्ती नै जोखिममा परेर गाउँ छाडेका प्रभावितको व्यवस्थापन अझै गर्न सकिएको छैन।

विस्थापित बस्ती सेनाद्वारा पुनःस्थापना

‘२०७२ सालको भूकम्पपछि त्यो ढुंगा झर्लाझर्ला जस्तो स्थितिमा थियो। भदौ अन्तिमतिरको वर्षाले गर्दा त्यो केही तल स-यो, त्यसपछि यहाँ बस्नु ठीक छैन भनेर हामी सबै भागेका थियौं,’ स्थानीय सुकुमाया थिङले भनिन्।

विस्थापित बस्ती सेनाले पुर्नस्थापना गरायो

गत भदौ अन्तिम साता निरन्तर वर्षा भइरहेको थियो। बस्तीमाथि रहेको ठुलो ढुङगालाई पनि निरन्तरको वर्षाले प्रभावित बनायो। अन्य स्थानमा धमाधम पहिरो गइरहँदा बस्तीनै प्रभावित हुने उक्त बस्तीमाथिको ढुङगा केहि मिटर तल सरेको गाउँले सबैले देखे। यो देखेपछि सिन्धुलीको सुनकोसी गाँउपालिका–१ स्थित गणेशस्थानका २१ घरपरिवार घर छोड्न बाध्य भए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्