२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

पोखरामा दिनकै चार हजार हवाई यात्रु

चाडपर्व बिदा र आन्तरिक पर्यटकीय मौसम भएकाले विदेशी पाहुनाको आगमन बढेको छ । विदेशी पर्यटक बढ्दा पोखरा–काठमाडौं–पोखरा हवाईयात्रामा यात्रु चापसमेत बढेको छ।यतिबेला पोखरा–काठमाडौं रुटमा दिनमा विभिन्न एयरलाइन्सका २७ वटासम्म उडान हुँदा पनि यात्रुले चाहेको बेला हवाई टिकट पाउन सकेका छैनन् ।

पोखराका हवाई यात्रु दिनकै ४ हजार

चाँडबाँडको बिदाले आन्तरिक र पर्यटकीय सिजनको कारणले विदेशी पाहुनाको आगमन बढ्दा अहिले पोखरा–काठमाडौं–पोखरा रुटको हवाई यात्रामा यात्रु चाँप बढेको छ। यतिबेला पोखरा–काठमाडौं रुटमा दिनमा विभिन्न एयरलाइन्सका २७ वटासम्म उडान हुँदा पनि यात्रुले चाहेको बेला हवाई टिकट पाउन सकेका छैनन्। दिनमा चारहजार हाराहारीमा हवाई यात्रुको आउजाउ भईरहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले बताएको छ।

मकवानपुरमा स्कुटरको ठक्करबाट पैदलयात्रुको मृत्यु

मकवानपुरमा स्कुटरको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ। धरान–चतरा सडक खण्ड अन्तर्गत पर्ने मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१७ बाबुचोकमा शुक्रबार साँझ स्कुटरको ठक्करबाट स्थानीय ४३ वर्षीया गोपिनी विकको मृत्यु भएको हो।

भिभिआईपी मोमेन्ट भन्दै लुक्ला एयरपोर्टमा उडान रोकिँदा यात्रुहरू अलपत्र

लुक्ला एयरपोर्टमा नियमित उडान रोकिँदा यात्रुहरू अलपत्र परेका छन्। भिभिआईपी मोमेन्ट भन्दै लुक्ला एयरपोर्टमा उडान रोकिएको यात्रुहरूले गुनासो गरेका छन्।

कपिलवस्तुका सात ठाउँमा यात्रु सहायता कक्ष

कपिलवस्तुका सात ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। कपिलवस्तु प्रहरीले यात्रुको बढी आवतजावत हुने क्षेत्र सीमानाका बजारमा तीन र अन्य चार स्थानमा कक्ष स्थापना गरेको हो।

अग्रिम टिकट बुकिङले बसपार्कमा यात्रुको भीड थेगिनसक्नु

सरकारले दशैँमा घर जाने यात्रुलाई लक्षित गरी यही असोज २२ गतेदेखि सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुला गरेसँगै गोँगबुस्थित नयाँ बसपार्कमा टिकट लिनेको भीड लागेको छ।

पोखराबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना, १४ यात्रु घाइते

पोखराबाट सुर्खेत जाँदै गरेको ग१ख ८४८५ नम्बरको यात्रुबाहक बस दाङमा दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन्।

गोसाइँकुण्डबाट फर्कने क्रममा हराएको तीर्थयात्रु फेला

आफ्नी आमाको साथमा गोसाइँकुण्डबाट फर्कने क्रममा ढिम्सा क्षेत्र झरेपछि छुर्पी किन्न लाग्दा आमा छोराको दूरी फरक भई मुख्य बाटो भुलेर जङ्गलको बाटो पस्दा प्रवेश हराएका थिए।

बिहान उड्न नसकेको बुद्धको अर्को जहाजमा एमाले नेतासहितका ६८ जना यात्रु जनकपुर पठाइए

उनका अनुसार बिहान ७ः ४५ मा काठमाडौँबाट जनकपुर आउने विमानमा सामान्य प्राविधिक त्रुटी देखिएपछि उक्त विमान काठमाडौँ नै फिर्ता पठाइएको थियो।

घ्युखोलामा यात्रुबस पल्टिँदा २९ जना घाइते

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीपूर्व नवलपुरको विनयी त्रिवेणीस्थित घ्युखोलामा यात्रुबस दुर्घटना हुँदा २९ जना घाइते भएका छन्।

केदारनाथमा बेपत्ता कालिकोटका तीन जनाको शव फेला

साउन १९ को राति पहिरोमा परी भारतको उत्तराखण्ड राज्यअन्तर्गत केदारनाथ मार्गको गौरीकुण्डमा जुम्लाका ११ र कालिकोटका तीनसहित १४ नेपाली बेपत्ता भएका थिए। तीमध्ये कालिकोटको खाँडाचक्र नगरपालिकाका तीनजनाको शव फेला परेको छ।

नयाँबसपार्कमा यात्रुको झोला तान्दा...

नेपाल प्रहरीले काठमाडौँको नयाँ बसपार्कमा यात्रुको झोला जथाभावी तानेर यात्रुलाई दुःख हैरानी दिने व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले पछिल्लो समय गोँगबुस्थित नयाँबसपार्कमा यात्रुको झोला तानेर दुःख हैरानी दिने व्यक्तिलाई पक्राउ गरी कारबाही गर्दै आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्