१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

मकवानपुरमा स्कुटरको ठक्करबाट पैदलयात्रुको मृत्यु

मकवानपुरमा स्कुटरको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ। धरान–चतरा सडक खण्ड अन्तर्गत पर्ने मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१७ बाबुचोकमा शुक्रबार साँझ स्कुटरको ठक्करबाट स्थानीय ४३ वर्षीया गोपिनी विकको मृत्यु भएको हो।

ठूला दमारबाट हटियातर्फ आउँदै गरेको ना२५प ८३५६ नंको स्कुटरले ठक्कर दिँदा पैदलयात्रु स्थानीय ४३ वर्षीया गोपिनी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।उनका अनुसार, स्कुटरको ठक्करबाट गम्भीर घाइते विकको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले चालकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको छ।  

प्रकाशित: २ मंसिर २०८० ०४:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App