२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

टिकट बुकिङ आजदेखि

फाइल तस्वीर

दसैंमा घर फर्किनेहरूलाई लक्षित गर्दै पोखरामा आजदेखि गाडीको टिकट बुकिङ खुला हुने भएको छ। पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी लिमिटेडले दसैंका लागि यही असोज २१ गते आइतबारदेखि अग्रिम टिकट बुकिङ खुलाउने जानकारी दिएको हो।

नेपाल यातायात राष्ट्रिय महासंघले असोज २२ गतेदेखि मात्रै अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरे पनि पृथ्वी राजमार्गले एक दिनअगावै बुकिङ खुलाउने निर्णय गरेको हो। यसअघि पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले भाडा वृद्धि नभएसम्म अग्रिम टिकट बुकिङ नखुलाउने अडान लिएको थियो।

पोखरा–मुग्लिन सडकखण्ड र नारायणगढ–बुटवल सडकखण्डको स्तरोन्नतिको काम भइरहेकाले सडक जीर्ण भएको, जीर्ण बाटोमा बस चलाउँदा सवारीसाधनका पार्टपुर्जा, इन्जिन, गियर बक्सहरू खराब भई पटकपटक मर्मतसम्भार गर्नुपर्ने, पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि, पार्टपुर्जामा भएको मूल्य वृद्धि लगायतको अनुपातमा यातायात भाडा न्यून भएकाले भाडा समायोजन गर्नुपर्ने अडानमा कम्पनी थियो। तर दसैं मुखैमा आएपछि यात्रुहरूको आवश्यकता, मर्म, भावना र सुविधालाई ध्यानमा राखी अग्रिम टिकट बुकिङ खुलाउन लागिएको कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीद्वारा शनिबार जारी विज्ञप्तिमा जनाइएको छ। कम्पनीले दसैंका लागि अग्रिम टिकट बुकिङ पोखरा-८ फिर्के र कम्पनीका अन्य सेवा प्रदायक कार्यालयअन्तर्गत काउन्टरहरूबाट उपलब्ध हुने जनाएको छ।

प्रकाशित: २१ आश्विन २०८० ०२:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App