१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

सुमो दुर्घटनामा १३ भारतीय तीर्थयात्रु घाइते

भारतबाट नेपाल घुम्न आएका १३ तीर्थयात्री मकवानपुरमा दुर्घटनामा परी घाइते भएका छन्।

इन्द्रसरोवर गाउँपालिका-५ मकैबारीस्थित कुलेखानी-मातातीर्थ काठमाडौं जाने भित्री सडक खण्डमा आज बिहान ३ः३० बजे वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको मधेस प्र ०३–००१ज०२८३ नम्बरको सुमो आफैं अनियन्त्रित भई दुर्घटना भएको मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताए।

सुमो सडकबाट अन्दाजी २० मिटर तल खोल्सामा खसेको र सुमो चालक बारा जिल्लाको कलैया नगरपालिका-२१ बस्ने वर्ष २५ को अनिलकुमार शाह प्रहरीको नियन्त्रणमा रहेको उनले बताए।

सुमोमा सवार घाइते सबै भारतीय तीर्थ यात्रु रहेको र घाइतेको उपचारका लागि काठमाडाैं पठाइएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए।

प्रकाशित: ७ कार्तिक २०८० ०३:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App