व्यवसायीलाई घरभाडा छुट
लगातारको बन्दाबन्दीले आर्थिक स्रोत कमजोर भएको भन्दै मनकारी घरबेटीले सहुलियत गर्दै आएका छन् ।
लगातारको बन्दाबन्दीले आर्थिक स्रोत कमजोर भएको भन्दै मनकारी घरबेटीले सहुलियत गर्दै आएका छन् ।
स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले एक महिनाकोे घरभाडा छुट पाएको छ । दाङ शान्तिनगर गाउँपालिका स्थित धनौरीमा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको कार्यालय रहेको घरधनी तोपेन्द्रहादुर थापाले एक महिना बराबरको घरभाडा छुट दिएका छन् ।
देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि करिब सवा ६ अर्बको बजेट प्रस्तुत गरेको छ । महानगरको छैटौं नगरसभामा बुधबार महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले आर्थिक वर्ष २०७७/७८ का लागि ६ अर्ब १९ करोड ७१ लाख ७८ हजारको बजेट प्रस्तुत गरेकी हुन्। यो बजेट अघिल्लो वर्षको भन्दा ८५ करोड ६८ लाखले कम हो ।