३ मंसिर २०८१ सोमबार
image/svg+xml

अहिले नभए कहिले हुँदैन

प्रधानमन्त्री ओलीज्यू, दह्रो हुन सक्नुभो भने यो नेपालको माटो जोगाउने पावन काममा तपार्इँ सफल हुनुहुनेछ। दह्रो भए प्रधानमन्त्री पद गुम्छ भन्ने कृत्रिम भय र शंकाबाट बाहिर निस्कनोस्। समकक्षी मोदीसँग सशक्त वार्ता गरी नेपाली भूमि र माटो जोगाउनोस्।

चालीस वर्ष पुरानो नयाँपुल बजार खाली गरिदैं

दोलखा जिल्ला प्रशासन कार्यालयले सार्वजनिक जग्गा अतिक्रमण गरेर ४० वर्षदेखि बसालिएको एउटा बजारका घरटहरा हटाएर खाली गराउने तयारी थालेको छ।

सीमा सुरक्षामा राष्ट्रिय एकता

हालै भारतले नेपालको भूभाग कालापानी र लिपुलेकसमेत समेटेर आफ्नो देशको राजनीतिक नक्सा सार्वजनिक गरेपछि नेपालमा जनस्तर र सरकार दुवैबाट त्यसको प्रतिवाद भएको छ। जनस्तरबाट उच्च आत्मविश्वाससहित सीमा रक्षाका लागि जीउज्यान बलिदान गर्न तयार भएको अभिव्यक्ति र आक्रोश सार्वजनिक भएको छ भने सरकारी प्रतिक्रियामा सीमा रक्षाका निम्ति चट्टानी अडान र प्रस्ट दृष्टिकोण भने देखिएको छैन।

लिभरपुलसँग सिटी स्तब्ध

साबिक विजेता म्यानचेस्टर सिटीमाथिको सहज जितका साथ इङ्लिस प्रिमियर लिगको शीर्षता कायम राखेसँगै लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले खेलाडीले अद्भुत प्रदर्शन गरेको प्रतिक्रिया दिएका छन्।

सरकार उपस्थित नहुँदा सम्प्रभुतामा खलल

व्याँस क्षेत्रमा न त सुरक्षा निकायको उपस्थिति छ न अन्य सरकारी संयन्त्रको। स्थानीयलाई आफ्नै भूमि भएर खलंगा आउजाउ गर्ने बाटोसमेत त्यहाँ छैन।

भारतीय अतिक्रमण विरुद्ध नेविसंघको विरोध जुलुस

भारतले नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई आफ्नो नक्साभित्र समावेश गरेर सिमाना अतिक्रमण गरेको भन्दै नेबि संघको दिक्तेल बहुमुखी क्याम्पस ईकाइ समितिले सोमबार प्रदर्शन गरेको हो ।

भारतले कालापानीमा बलमिच्याइँ गर्‍यो, तथ्य र प्रमाणले नेपाली भूमि फिर्ता लिन्छौंः मन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कालापानी र लिपुलेक समावेश गरिएको भारतीय नक्सा स्वीकार्य नहुने बताएका छन्।

भारत ! नेपाली भूमि छोड

पृथ्वीनारायण शाहले नेपाल दुई ढुंगाको तरुल भनेका थिए। उनले भनेका कुरा अहिले नेपालीको गलामा अड्केको छ। नेपालको भूमि लिपुलेक दुई ढुंगाको तरुल बनेको छ। नेपाल सरकारलाई थाहै नदिई भारत र चीनले लिपुलेकमा व्यापारिक केन्द्र बनाएका छन्, तरुल लिपुलेकलाई दुई ढुंगाले थिचेका छन्। राजा महेन्द्रको निरंकुश शासनकालमा चीन र भारतबीच द्वन्द्व चलिरहँदा पञ्चायत टिकाउने नियतले भारतलाई खुसी पार्न सुरक्षाका दृष्टिले नेपालको भूमि कालापानीमा भारतीय अर्धसैनिक बल तैनाथ गरिएको थियो, जुन अहिले पनि त्यहाँ अड्डा जमाएर बसेको छ।

पुलिसलाई रोक्दै चर्च ब्वाइज फाइनलमा

मुख्य दाबेदार मानिएको नेपाल पुलिस क्लबलाई हराउँदै चर्च ब्वाइज युनाइटेड झापाको बिर्तामोडमा भइरहेको अन्नपूर्ण हाम्रो गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

नयाँ बसपार्कको आकाशे पुल भत्काइँदै

गोंगबुस्थित नयाँ बसपार्कको आकाशे पुल भत्काइने भएको छ। कलंकी–महाराजगन्ज सडक विस्तारका लागि पुल भत्काउन लागिएको काठमाडौं महानगरपालिका–२६ का वडाध्यक्ष खेम तिवारीले जानकारी दिए।

सर्वदलीय बैठकमा देउवाले भनेः हाम्रा सबै भुभाग फिर्ता हुनुपर्छ, सरकारको साथमा छौं

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतले अतिक्रमण गरेको कालापानी र लिपुलेक फिर्ता गर्न सरकारले चाल्ने जुनसुकै कदममा साथ दिने प्रतिबद्धता जनाएका छन्।

सर्वदलीय बैठकः बाबुराम, कमल थापा र खिलराज बालुवाटारबाट बाहिरिए

प्रधानमन्त्री निवास बालुवाटारको सर्बदलीय बैठकमा नेताहरुले सीमा विवाद राजनीतिक र कुटनीतिक माध्यमबाट सुल्झाउन सुझाव दिएका छन्।

‘त्रिदेशीय सीमामा तत्काल सुरक्षाकर्मी परिचालन गरौं’

भारतले हालै सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपाली भूमि कालापानी र लिपुलेक क्षेत्र आफ्नो भूमिका रुपमा समेटिएको विषयमा देशभर विरोध भइरहँदा दार्चुलाका जनप्रतिनिधिले समेत आफ्नो धारणा सार्वजनिक गरेका छन्।

कालापानी माग्दै भारतीय दूतावास अगाडि प्रदर्शन गरेर केही उपलब्धी हुन्नः मन्त्री सोनल

प्रदेश नम्बर २ का भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले कालापानी र लिपुलेक लगायतका नेपाली भूभागलाई भारत सरकारले आफनो नक्सामा पारेको भन्दै भारतीय दूतावास अगाडि प्रदर्शन गर्नु भन्दा कुटनीतिक माध्यमले सीमा विवाद टुङ्गयाउनु पर्नेमा सुझाव दिएका छन्।

सीमाका विषयमा सरकार अल्मलिदैनः प्रवक्ता बाँस्कोटा

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले लिपुलेक र कालापानीमा रहेको सीमाका विषयमा सरकार नअल्मिने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्