मोटोपनले अस्वस्थ महिला
अस्पतालमा नेपाली महिलाहरुको पेट, कलेजोको जाँच गर्दा ५७ प्रतिशत महिलाको कलेजोमा बोसोे जमेपछि भविष्यमा चाँहि स्वास्थ्यको समस्या आउन सक्ने सम्भावना हुन्छ । अ

अस्पतालमा नेपाली महिलाहरुको पेट, कलेजोको जाँच गर्दा ५७ प्रतिशत महिलाको कलेजोमा बोसोे जमेपछि भविष्यमा चाँहि स्वास्थ्यको समस्या आउन सक्ने सम्भावना हुन्छ । अ
निजी क्षेत्रले चलाएका अस्पताललाई धेरै डाक्टर बनाउने सिट दिने सरकारको कामबाट प्रष्ट भएको छ–सरकारी मान्छेलाई कसैले ‘उपहार’ दिएछन्।
सिनेमामा मृत्युशय्यामा परेका मानिसलाई कुनै देवीदेवताको हातबाट ‘किरण’ गएर व्यक्ति ‘उठेको’ चमत्कार देखिन्छ। वास्तविक जीवनमा देवीदेवताको हातबाट त्यसरी ‘किरण’ निस्केको देखिन्न।
एउटी कामकाजी महिला छिन्। घरको काम र जगिरका साथै उनी अन्य सामाजिक क्रियाकलापमा पनि सरिक हुन्छिन्। उनलाई लाग्छ, उनले हेरिनन् भने सबै कुरा लथालिङ्ग हुन्छ, सबै ठाउँमा उनले नै भ्याउनुपर्छ। त्यसैले भ्याउँछिन् पनि।
सोमत घिमिरेले ‘सामुदायिक समाजवाद’मा सिंहदरबारले गणतन्त्रपछि पनि जनता र समुदायका लागि काम गर्न नसकेको, काठमाडौंले जिल्ला, गाउँ, प्रदेशका जनताका समस्या बुझ्न नसकेको कुरा छर्लङ्ङ पारेका छन्।
जीवनमा केही असफलताहरू भोगेँ। यी असफलतालाई चिरेर काम गर्दा जीवन सहज बनाउन सहयोग मिल्यो।
रेडियो, टिभिमा बोल्दा वा कतै कार्यक्रम प्रस्तुत गर्दा कतिपयले मलाई ‘पोषणविद्’ भन्छन्। म वास्तवमा पोषणविद् होइन किनभने योबारे औपचारिक ज्ञान मेरो छैन। तर पोषणको ज्ञान मैले हजुरआमा र उहाँको भान्छाबाट, गाँउघरका महिला कुरा गर्दा, कुपोषित बालबालिकाका अभिभावकसँग कुरा गर्दा पाएकी हुँ।
यदि तिमीले स्वस्थकर खाना खायौँ भने औषधि जरुरत नै पर्दैन, स्वस्थकर खाना नखाए जस्तोसुकै औषधिले पनि काम गर्दैन–हिपोक्य्राट्सले भनेका थिए। उनी आधुनिक चिकित्सा विज्ञानका जनक मानिन्छन्।
गाजर, डल्ले खुर्सानी, हरियो खुर्सानी, लसुन, प्याज जस्ता वस्तु पनि ‘सुपर फुड’ नै हुन्। यिनीहरू धेरै औषधीय गुणले भरिपूर्ण हुन्छन्।
केहअिघि मकवानपुर जाँदा एक सानो चिया पसलमा लेखेको देखेँ– ‘कृपया, खानेकुरा खेर नफाल्नुहोला।’त्यो देखेर मलाई निकै रमाइलो लाग्यो।
स्कुलमा स्यानिटरी दिने कामले एउटा फाइदाचाहिँ गरेको छ। महिनावारी रजस्वला शब्द प्रयोग गर्दा किशोरीहरू लाजले भुतुक्क हुने स्थिति छैन।
‘हेर, मैले सरकारको भनाइअनुसार तिमीलाई आइरन चक्की, क्याल्सियम चक्की त लेख्नै पर्छ तर तिमीले स्वास्थ्यवर्द्धक खाना खायौ भने यस्ता चक्कीहरू नखाए पनि हुन्छ।’
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार सन् १९९६ मा २ प्रतिशत नेपाली मोटा थिए। तर २०१६ मा यो २२ प्रतिशत भएछ। त्यसमा पनि महिला बढी मोटा छन्। मोटोपन भएपछि उच्च रक्तचाप, मधुमेह, घुँडा दुख्ने, कलेजोमा बोसो जम्मा हुने जस्ता समस्या हुन सक्छन्। डाक्टरले औषधि दिए पनि दुःख त आफैँलाई हुन्छ नि। युवावस्थामा मधुमेह छ भने मिर्गौला र आँखामा समस्या पर्न सक्छ।
राष्ट्रियता, स्वतन्त्रता र भौगोलिक अखण्डताका विषयमा सिंगो नेपाल एकजुट भएको छ। सत्तापक्ष, विपक्ष, नागरिक समाज, मिडिया र पेसागत संघ÷संगठनहरू यतिबेला भारतको मिचाहा हर्कतविरुद्ध एकै सुर, ताल र लयमा आवाज बुलन्द गरिरहेका छन्। नेपाल स्वतन्त्र, स्वाधीन मुलुक हो र उत्तर वा दक्षिण कतैबाट पनि नेपाली भूमिमा हस्तक्षेप हुन्छ भने त्यसको रक्षार्थ सिंगो नेपाल एक ढिक्का छ भन्ने विषयमा राष्ट्रिय सहमति कायम भएको छ। देशका सबै दलले राष्ट्रियता र भौगोलिक अखण्डताका सवालमा दलगत स्वार्थभन्दा माथि उठेर एउटै आवाज बनाउनु खुसीको कुरा हो।
पृथ्वीनारायण शाहले नेपाल दुई ढुंगाको तरुल भनेका थिए। उनले भनेका कुरा अहिले नेपालीको गलामा अड्केको छ। नेपालको भूमि लिपुलेक दुई ढुंगाको तरुल बनेको छ। नेपाल सरकारलाई थाहै नदिई भारत र चीनले लिपुलेकमा व्यापारिक केन्द्र बनाएका छन्, तरुल लिपुलेकलाई दुई ढुंगाले थिचेका छन्। राजा महेन्द्रको निरंकुश शासनकालमा चीन र भारतबीच द्वन्द्व चलिरहँदा पञ्चायत टिकाउने नियतले भारतलाई खुसी पार्न सुरक्षाका दृष्टिले नेपालको भूमि कालापानीमा भारतीय अर्धसैनिक बल तैनाथ गरिएको थियो, जुन अहिले पनि त्यहाँ अड्डा जमाएर बसेको छ।
