बालकथा संग्रह छिरविरे छाताको विमोचन
कथा संग्रहको प्रकाशन सिर्जना अभियानले गरेको हो। संग्रहको मूल्य ६० रुपैयाँ तोकिएको छ
कथा संग्रहको प्रकाशन सिर्जना अभियानले गरेको हो। संग्रहको मूल्य ६० रुपैयाँ तोकिएको छ
आशाले आफ्नै मनसँग सोधिन्, ‘मैले चाहिँ किन बाल अधिकार नपाएको होला? बालअधिकार पाउन धनीको छोराछोरी भएर जन्मनु पर्ने हो कि?’
मधुमायाले एकोहोरो नातिको अनुहार हेरिरहिन् । आयानलाई अँगालोमा बाँधेर रोइरहिन् । मायालु आयानले सजिलै अनुमान गरे । हजुरआमासँग आफूले नै भोगेका थुप्रै दुःखका कथाहरू छन् । ती कथाहरू केही क्षणमा भन्न सकिँदैन । मधुमाया बोल्न नै सकिनन् । आयानको कमलो मनले भने अठोट गरिसकेको थियो । यसपालि काठमाडौँ फर्कंदा हजुरआमालाई जसरी पनि लग्छु, लग्छु । हो जसरी ...।’
‘मलाई पनि सामान्य विद्यालयमा पढाउनुभएको भए म पनि किसानकै छोरा भनिहाल्थेँ नि । म पढ्ने विद्यालयमा त डाक्टर, इन्जिनियर, मन्त्री जस्ता ठूलाका सन्तान छन् । अनि मलाई लाज लाग्दैन त ?’, विश्वनाथले झर्कँदै बोल्यो ।‘हेर बाबु , तिमी बाबुआमाको पेसाबाट चिनिने होइन । तिमीले त पछि आफैले काम गरेर चिनाउने हो । त्यसमाथि खेतीपाती नगरी अन्न कहाँबाट आउँछ, भन त ?’
चिया पिएपछि टिभी कोठामा गयो। जतिबेला पनि यही दिन्छ भनेर कार्टुन आइरहेको टिभी बन्द ग-यो। आमाको फोन हातमै लिएर युट्युबमा गीत हेर्न थाल्यो। गीत लगाए पनि उसको ध्यान जति सरिताको फोनको पर्खाइमै थियो।
बहादुर चङ्खवीरलाई कसरी बुद्धिले पछार्ने भन्ने सोच्न थाल्यो। बाँदरले मकै लिएर भाग्ने भीरमा हेर्यो। डीलमा उभिएर जताततै गौरसँग हेर्यो। बहादुरले भीरमा अरिङ्गालको ठूलो गोलो देख्यो। उसको मनमा एउटा अक्कल सुझ्यो।
लकडाउन खुकुलो भयो भनेर बिस्तारै अफिस पनि लाग्न थाल्यो तर स्कुल लाग्ने छाँट पनि थिएन। अभिभावकहरू आफ्नो छोराछोरीलाई यो स्थितिमा पठाउने पक्षमा पनि भएनन्। यही कारण रमा अफिस जान सकिनन्। प्राइभेट अफिस भएकोले उनले अफिस छाडेर छोरीलाई स्याहार्न घर नै बस्न थालिन्।
पैदलयात्रुहरू आफूसँग खुसी भएकोमा सोनु पनि निकै खुसी भयो । सानो भए पनि आपत्– विपत् परेको बेला आफूसँग जे छ त्यसैले सहयोग गर्न पाउँदा सोनु निकै खुसी भयो । सोनुको कामले खुसी बनेका पैदलयात्रुहरू देखेर उसका आमाबाबु पनि खुसी हुनुभयो ।
‘जसले बनाए पनि यो महान् कार्य हो । यस्तो उकालोमा चौतारो, पानीको धारा र पाटी बनाउने परोपकारीलाई सबैले श्रद्धापूर्वक नमन गर्नुपर्छ’ रमिलाले भनी ।
अघिपछिभन्दा मैले पिंजडालाई आज धेरैबेर नियालेर हेरें । थुनिएर बस्नुपर्दाको पीडा महसुस गरें र भनें , ‘पट्टु हेर न अहिले म पनि तिमीजस्तै भएको छु । तिमी पिंजडाभित्र थुनिएका छौ । म घरभित्र थुनिएको छु ।’
मकै दाइ, म सानो छु तर मेरो धेरै महत्व छ । म धामीको जोखना, देवताको अछेता, आशीर्वादको टीका, प्रसादमा अपुङ्गो र शुद्ध खानामा खीर आदि भएर लोकप्रिय छु । जहाँ म पुग्छु त्यहाँ कल्पनामा पनि पुग्न सक्नु हुन्न ।
‘त्यस्तो हुन्न नि जनावरले पनि आफूलाई माया गर्ने मान्छे चिन्छ । उसलाई माया दिन सके उसले पनि हामीलाई माया नै दिन्छ तर हामीले उसलाई अनावश्यक रूपमा जिस्काउने चलाउने गर्नु हुँदैन ।’ बाबाले आमालाई बुझाउँदै भन्नुभयो ।
‘स्वास्थ्य हाम्रो अमूल्य धन’ हो । हामी स्वस्थ भएमा रोगले हामीलाई आक्रमण गर्न सक्तैन । स्वस्थ मान्छे नै निरोगी हुन्छ । हामीले स्वस्थ रहन सफा पानी पिउनुपर्छ, सफा भाँडामा खानुपर्छ, सडेगलेको खाना खानु हुँदैन, घर वरिपरि सफा राख्नुपर्छ, फोहोर ठाउँमा खेल्नु हुँदैन, दिसा गरेपछि र खाना खानुअघि साबुनपानीले हात धुनुपर्छ । यति गरयो भने हामीलाई रोग लाग्दैन ।
कोभिड–१९ का कारण् हाम्रो बिद्यालय मात्र नभएर सिँगो देश नै लकडाउनमा छ। हामी बिद्यार्थीको पठनपाठन ठप्प छ। घरमै बस्नुपरेको छ। कोरोनाको अज्ञात भयले हामी जस्ता बालबालिका मात्रै नभएर संसारभरकै मानव गम्भीर त्रासमा बाँचेका छन्।