पाककलामा रमाउने गरेको छु
एक दिन हामी सपरिवार मिलेर नेपाली चर्चित खानेकुरा मम बनाएर खायौं । ममको डल्लो बनाउने कला आकर्षक नभए पनि मम निक्कै स्वादिलो बनेको थियोे । त्यसमा ममीले ठट्टा गर्दै भन्नुभएको थियो, परिश्रमको फल मीठो हुन्छ । हामी सबैको परिश्रमले गर्दा ममआकर्षक नदेखिए पनि मीठो र स्वादिलो भएको थियो । म अहिले ममबनाउन सक्ने भएको छु ।