२० जेष्ठ २०७७ मंगलबार
अन्य

पाककलामा रमाउने गरेको छु

कक्षा १० : श्री जुगल इङलिस मिडियम स्कुल  

कपन, काठमाडौं ।

प्रिय साथीहरू.

हामी निक्कै लामो समयदेखि घरमै बन्दाबन्दी ९लकडाउन०मा छौं । नियमित शिक्षण संस्था पुगेर शिक्षण क्रियाकलापमा सक्रिय रहनुपर्ने हामी विद्यार्थीहरु बिश्वब्यापी महामारी कोभिड( १९ को कहरबाट लामो समयदेखि ग्रसित छौं । यो अन्योल कहिलेसम्म लम्बिने हो रु त्यसको सहज उत्तर कोहि(कसैले दिन सक्ने स्थिति छैन ।

हामी बिद्यालय जानुपर्ने विद्यार्थीहरु बन्दाबन्दीका कारणले बिद्यालय जान पाएका छैनौं ।  जसले हामी जस्ता लाखौं विद्यार्थीहरु नियमित पढ्न लेख्नबाट बन्चित छौं ।  

यो बिश्वब्यापी महामारीको कुनै औषधि हालसम्म पत्ता नलागेको हुँदा बन्दाबन्दी एकमात्रै उपाय बनेको छ । हरेक ब्यक्तिसंग सामाजिक दूरी कायम गर्नु,  साबुन पानीले पटकपटक हात मिचिमिचि धुनु र घरबाट बाहिर ननिस्किनु नै कोरोनाबाट सुरक्षित हुने बिश्वस्वास्थ संगठनले बिश्वभरका नागरिकहरुलाई सूचित गरेको छ । हाम्रो देशले पनि यही मापदण्डलाई आधार बनाएर बन्दाबन्दीको निर्विकल्प  उपाय अपनाएको छ । तसर्थ आज म सरकारको यी सबै सर्तहरु पालना गर्दै घरमै बसिरहेको छु ।

कोरोनाले हाम्रो देश मात्रै नभएर संसारभरका बालबालिकाको शिक्षामा गम्भीर असर पारिरहेको छ ।

बिश्वनै यो महामारीबाट आतंकित छ । सन्सारका धेरै देशहरु यो महामारीको विरुद्ध घरभित्र कैद हुनुपरेको छ ।  यसर्थ म मात्रै होइन बिश्वभरका लाखौंलाख मजस्ता बिद्यार्थीको नियमित बिद्यालय गएर अध्ययन गर्न पाउने कुरा अनिश्चित बनिरहेको छ ।  

लामो समयदेखि बन्दाबन्दीमा रहनुपर्ने भएको हुँदा धेरै बिद्यालयहरुले ूअन्लाईन शिक्षणविधिू अबलम्बन गरिरहेका छन् । आधुनिक युगको प्रविधिमा पहुँच भएका बिद्यालयहरुले त आफ्ना विद्यार्थीहरुलाई अन्लाईन शिक्षा संचालनमा सम्भावना रहला । हाम्रो जस्तो मुलुकका धेरै गाउँठाउँमा त्यो कत्तिको सम्भावना रहला रु हाम्रो गाउँघरमा अझै पनि नेट(ईन्टरनेटको पहुँच  सहज हुन सकेको छैन ।

हाम्रो बिद्यालय श्री जुगल इङलिस मिडियम स्कुल कपनले पनि बन्दाबन्दीको सरुवातदेखि नै हामीलाई अन्लाईन शिक्षा दिदैँ आएको छ । यसले गर्दै बन्दाबन्दीमा केहीहदसम्म हामीलाई राहत मिलेको छ ।  

म हरेकदिन आफ्ना विषय शिक्षकसंग आफुलाई नआएको कुरा सोध्ने गर्दछु भने बिद्यालयले पनि आफ्ना सबै विद्यार्थीहरुलाई नियमित गृहकार्य दिएर हाम्रो यो खाली समयलाई शिक्षण क्रियाकलापको रूपमा सदुपयोग गराइरहेको छ ।

कोभिड( १९ को समय कति लम्बिने हो रु अनिश्चित बनिरहेको छ । नेपालमा दिनप्रतीदिन संक्रमणित हुनेको संख्या बढीरहेका छन भने संक्रमितहरुको मृत्युवरण गरिरहेको समाचार पनि आइरहेका छन् । यस्तो विषम परिस्थितिमा हाम्रा बिद्यालयहरु तत्काल खुल्ने संभावना देखिदैन । हामीले  चैत्र महिनामा दिनुपर्ने माध्यमिक शिक्षा परीक्षा ९ एस।ई।ई।० को पनि अनिश्चितता बढीरहेकोे छ । एकातिर बिश्वव्यापि महामारीको त्रास अर्कोतिर परीक्षा कहिले हुने हो रु भन्ने मनोविज्ञानले हामी विद्यार्थीहरु मर्कामा छौँ ।  

लामो समय घरमा रहनुपर्ने भएको हुँदा मनमा अनावश्यक त्रास नहोस भनेर मैले नियमित पठनपाठनका अलावा गीत संगीत सुन्ने । घर परिवारसंग अन्ताक्षरी खेल्ने । रमाइला रमाइला पुस्तकहरु पढ्ने ।   विभिन्न ज्ञानवर्द्वक कथाहरु वाचन गर्ने । नियमित शारीरिक व्यायाम गर्ने र केही  योगा गर्ने गरेको छु । यो बन्दाबन्दीमा मैले ममीसंगै  पाककलामा पनि निक्कै सहयोग पुर्याउन पाएँ । विभिन्न पाककलाका च्यानलहरु हेरेर मीठा(मीठा परिकार बनाउँन सिकें । अहिले मलाई रसभरी,लालमोहन, जुलेवी, गाजरको हलुवा र मासुका केही परिकार बनाउन आउँछ । यो पनि बन्दाबन्दीको महत्त्वपूर्ण उपलब्धि हो भन्नुपर्छ ।  

बन्दाबन्दीको सकसलाई कसरी सिर्जनात्मक बनाउँन सकिन्छ रु त्यो हामीले नै खोज्नुपर्छ । हाम्रो जीवनमा यी र यस्ता बिपत्ति धेरै आउँछन् । बिपत्तिमा त्रसित भएर बस्नुभन्दा कसरी रमाउन र सिर्जनाशील बन्न सकिन्छ रु भन्ने खोजी गर्नुपर्छ । यो समयमा मैले धेरै कविताहरु लेखेर कोरोनाको यो बिश्वव्यापि कहरबाट भुल्ने प्रयास गरेँ । पत्रपत्रिकामा यो लकडाउनमा आफुले गरेका, सिकेका, जानेका कुराहरु समेटेर लेखहरु लेखेर कष्टपूर्ण समयको सदुपयोग गरेँ ।  

मेरो परिवार वालमैत्री छ । म आफ्नो आमा(बाबासंग सबैकुराहरु सजिलोसँग शेयर गर्छु । बाबाले लेख्नेपढ्ने कुरामा सिकाउनु हुन्छ । ममीले खानेकुराहरु बनाउन सिकाउनु हुन्छ । परिवारका सबै सदस्यहरु मिलेर बनाएको सबैकुरा मीठो हुँदोरहेछ ।  

एकदिन हामी स(परिवार मिलेर नेपाली चर्चित खानेकुरा मस्मस् बनाए खायौं । मस्मस्को डल्लो बनाउने कला आकर्षक नभए पनि मस्मस् निक्कै स्वादिलो बनेको थियोे  । त्यसमा ममीले ठट्टा गर्दै भन्नुभएको थियो ( ूपरिश्रमको फल मीठो हुन्छ ।ू हामी सबैको परिश्रमले गर्दा मस्मस् आकर्षक नदेखिए पनि मीठो र स्वादिलो भएको थियो । म अहिले मस् मस् बनाउन सक्ने भएको छु ।

प्रिय साथीहरू १ मैले त यो लामो कोरोना कहरमा दिनहरु कसरी बिताएँ भन्ने लामै गनथन सुनाँए । अनि तपाईंहरुले चाहिँ कसरी बिताइरहनु भएको छ कुन्नि रु आगामी दिनमा तपाईंहरुको दैनिकी पनि सहज र सिर्जनशील भएर बितेको पढ्ने रहर छ ।    

हामीले बिपत्तिको समयमा एक्लै र एकान्तमा बसिरहँदा मनमा नचाहिँदो कुरा खेल्छ । त्यसले हामीजस्ता बालबालिकाको मनोबिज्ञानमा दीर्घकालीन असरहरु पर्नेगरेको सुन्न पाइन्छ ।  

तसर्थ यस्तो बेला जतिसक्दो आफ्नो परिवारसंग सहजै घुलमिल हुनुपर्छ । र बिपत्तिलाई सजिलोसँग सामना गर्नसक्नुपर्छ । मैले त यो महामारीको समयलाई निरन्तर सिर्जनात्मक र जीवन उपयोगी बनाउने प्रयास गरिरहेको छु । तपाईंहरु पनि यसैगरी जीवन उपयोगी काम गरेर यो महामारीबाट सहजै समय बिताउनु होला ।

प्रकाशित: ७ जेष्ठ २०७७ ११:३७ बुधबार

खुशी 100%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App